काठमाडौं- कुवेतमा मंगलबार थप ६ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार ६ जना नेपालीमा कोरोना पुष्टि गरेसँगै संक्रमित नेपालीको जम्मा संख्या ५१ पुगेको हो।
पछिल्लो समय कुवेतमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। मंगलबारमात्रै १ सय ५२ नयाँ संक्रमित भेटिएका छन्। कोरोनाबाट मृत्यू हुनेको संख्या २३ पुगेको छ। संक्रमितमध्ये १ हजार १ सय ७६ निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।