काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले वर्तमान विवादको अन्त्य प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा रहेको बताएका छन्। प्रधानमन्त्री ओलीले आफूखुशी अध्यादेश ल्याएर विवाद सिर्जना गरेको बताउँदै यसको समाधान पनि उनले नै खोज्नुपर्ने बताएका हुन्।
नेपाल लाइभसँग कुराकानी गर्दै नेता पौडेलले पार्टी र सरकारलाई नै हानी पुग्ने गरी गरिएका कामकारबाहीको सचिवालय र स्थायी कमिटी बैठकमा छलफल हुनुपर्ने उनको माग छ। प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि दिएको प्रष्टीकरणबाट आफू सन्तुष्ट नरहेको बताउँदै आन्तरिक बैठकमा छलफल हुनुपर्ने बताए।
पार्टीको शक्ति सन्तुलन र कार्यशैलीका विषयमा समीक्षा गरेर फेरि एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए। कोरोना संकटसँग लड्नुपर्ने बेला आन्तरिक विवादमा सरकारको नेतृत्व गरिरहेको पार्टी फसिरहेकाले यसको समाधान चाँडो भन्दा चाँडो हुनुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीविरुद्ध हस्ताक्षर अभियान चलेकोबारे आफूलाई जानकारी नभएको बताउँदै त्यसो गर्न नहुने उनको भनाइ थियो।
हेर्नुहोस् उनीसँगको भिडियो वार्ता
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।