काठमाडौं– टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा नभए रद्द हुने भएको छ।टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले पछिल्लो पटक तोकिएको नयाँ मितिमा पनि ओलम्पिक खेलकुद नभए रद्द हुने जानकारी दिएका हुन्।
यही वर्षको जुलाई २४ देखि अगष्ट ९ तारिखसम्म आयोजना हुनुपर्ने टोकियो ओलम्पिक खेलकुद कोरोना भाइरस (कोभिड–१९) को कारण एक वर्ष पर सारिएको छ।
अब नयाँ मितिअनुसार २०२१ को जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलकुद आयोजना हुनेछ। तर ओलम्पिक खेलकुदको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै रहनेछ।
कोरोना भाइरसको अवस्था यस्तै रहे ओलम्पिक खेलकुद २०२२ को लागि सर्छ? भन्ने प्रश्नमा अध्यक्ष मोरीले भनेका छन्, ‘हुँदैन।’ ‘यदि त्यस्तो भएमा टोकियो ओलम्पिक नै रद्द हुनेछ’, उनले थपेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।