काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आवश्यक स्वास्थ्य सामग्री दिन कतारले निर्देशिका जारी गरेको छ।
‘कतार ट्राइव्युन’का अनुसार कतारका राजा तमिम बिन अहमद अल थानीले नेपाल लगायत रुवान्डा र ट्युनिसियालाई अत्यावश्यक स्वाथ्य सामग्री दिन निर्देशिका जारी गरेका हुन्।
महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय योगदान स्वरुप कतारले इरान, गाजा र इटालीमा पनि स्वास्थ्य सहयोग पठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।