Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

काेराेनाबाट सिर्जित तनाब व्यवस्थापनमा आयुर्वेद चिकित्सालाई अग्रपंतिमा ल्याउँदै प्रदेश ५ सरकार

64x64
दीपक घिमिरे मंगलबार, वैशाख १६, २०७७  ११:५९
1140x725
सुदर्शन बराल, सामाजिक विकासमन्त्री (दायाँ)

बुटवल- महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बढ्दै गएको तनाब व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंतिमा ल्याउने तयारी गरेको छ। विश्वका कतिपय मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद चिकित्सा पद्धतिलाई अंगिकार गरेको र सफल हुँदै गएको पाइएपछि प्रदेश ५ सरकारले यसलाई दीर्घकालीन योजनासहित अगाडि बढाउन खोजेको हो।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोनाको लडाईंमा परिचालन गर्ने जनाएको छ। आयुर्वेद चिकित्सामार्फत् मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गर्न लागेको मन्त्रालयले जनाएको हाे।

मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्ययाेजना बनाइएको बताए। आयुर्वेदिक औषधिको सेवनले मानिसमा राेग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाब व्यवस्थापनकाे कामसमेत गर्ने उल्लेख गर्दै अहिलेबाटै आयुर्वेद चिकित्सालाई अग्रपंतिमा राखेर काम गर्न लागिएको उनले बताए।

'प्रदेशभित्र रहेका आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं,’ मन्त्री बरालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र तनाब व्यवस्थापमना सहयोग पुग्ने छ।' मन्त्री बरालले आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताए।

मन्त्रालयले जारी गरेको श्रोत सामग्रीमा कोरोना भाइरसका संक्रमित तथा संभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई निगरानीस्थलमा तथा एकान्तबासमा बस्ने, कोरोना भाइरस संक्रमण पुष्टि भएका लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका आहार-विहार (योग, ध्यान, नृत्य, हास्य विधि) तथा स्थानीय स्तरमा उपलब्ध जुडिबुटिबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गर्नु रहेको जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसका लागि जिल्लामा मनोचिकित्सक र योग प्रशिक्षकको जनशक्ति पहिचान गर्ने काम भइरहेको बताइएकाे छ। प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको मन्त्री बरालले बताए। मन्त्री बरालले जिल्ला स्तरका आयुर्वेदहरुलाई ११ लाख रुपैयाँ निकासा गरी सबै ठाउँमा पठाई सकेको बताए।

उनले प्रदेश ५ को बुटवल र दाङमा आयुर्वेद औषधि उत्पादन गर्ने गरी काम अगाडि बढाएको समेत बताए। बरालले भने ‘आयुर्वेदको प्रोटोकल बनाउन लागेको छौं।’ प्रदेश ५ मा एउटा प्रादेशिक आर्युवेद चिकित्सालय, २ वटा अञ्चल तहको, ८ वटा जिल्ला तहको र ३९ स्थानीय तहमा ५४ वटा आयुर्वेदक केन्द्रहरु रहेका छन्। जहाँ २ सय ७३ जना स्वास्थ्यकर्मीहरु रहेको र त्यसमध्ये १५ जना चिकित्सक रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका डा. पुष्पराज पौडेलले जानकारी दिए।

उनीहरुले मनोचिकित्सक तथा योग प्रशिक्षकहरुलाई समेत समेटेर होम क्वारेन्टाइन, क्वारेन्टाइनमा रहेका आम नागरिक, त्यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उपयुक्त आहार-विहार (योग ध्यान, नृत्य, हास्य विधि) तथा घरेलु औषधिजन्य वनस्पतीको उपयोगबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउनुको साथै पेशागत तनाब व्यवस्थापनमा सहजीकरण गर्ने छन्।

Xtrem
Xtrem

आयूर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्सामार्फत् कोरोना नियन्त्रण सम्भव हुने भएकाले प्रदेशमा पहिलो पटक आयुर्वेद स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताए। कोरोनाको तनाब व्यवस्थापन, निगरानी स्थल, एकान्तबासमा रहेका सर्वसाधरण तथा ती स्थलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई, तनाब व्यवस्थापन, रोग प्रतिरोधात्मक उपायहरु, सरसफाईका उपायहरु, सामाजिक दूरी राख्ने लगायतका विषयमा जानकारी गराउने विधिकोबारेमा उनीहरुलाई परिचालन गर्ने डा. पौडेलले बताए।

मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीलगायतले आयुर्वेद र त्यस्का बारेमा छलफल गरेका थिए। सामाजिक विकास मन्त्रालयले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामग्री–२०७७’ समेत जारी गरेको छ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारले आयुर्वेद चिकित्सा विज्ञानलाई दीर्घकालीन रुपमा अगाडि बढाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  ११:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
त्रिविको बजेट ३० अर्ब ८७ करोड ११ लाख बिहीबार, असोज २२, २०८३
विश्वविद्यालयका परीक्षा र नतिजा एक महिनाभित्र टुंग्याउन शिक्षामन्त्रीको निर्देशन बिहीबार, असोज २२, २०८३
वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेस गर्ने निर्णय बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बिहीबार, असोज २२, २०८३
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्