• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनाको सकारात्मक पाटो : पारिवारिक मिलनले घरमा खुसीयाली

64x64
महेश न्यौपाने सोमबार, वैशाख १५, २०७७  ०८:२६
1140x725

रोल्पा- पुरुषहरु घर बाहिर हुँदा रोल्पाका कैयौं महिलाहरुले एक्लै खेती स्याहार्न बाध्य हुन्थे। कामका लागि घरका पुरुष सदस्यहरु घरगाउँभन्दा टाढा पुग्थे। उनीहरु दसैं तिहार जस्ता ठूला चाडपर्वमा मात्रै घर आउँथे। पारिवारिक मिलन त्यस्तै अवसरमा मात्रै सम्भव हुन्थ्यो।

यस वर्ष भने खेती किसानीको काममा महिलाहरुलाई घरका पुरुष सदस्यको पनि साथ मिलेको छ। कोरोना कहरले पुरुषहरु घर आएसँगै खेती किसानी र मेलापातमा महिला र पुरुष सँगसँगै देखिन थालेका हुन्।

रोल्पाका गाउँहरुमा अहिले गहुँ भित्र्याउने चटारो छ। साथै, मल बोक्ने र खनजोत गर्ने काम चलिरहेको छ।

खेतमा धानको ब्याड राख्नेदेखि मल पुर्ने सबै काम एकैचोटी परे पनि यहाँका महिलाहरुमा अघिल्लो वर्ष जस्तो कामको चाप भने छैन। तिनै मध्येकी एक हुन्, रोल्पा नगरपालिका ४ की रिता परियार। खेत नभएकाले ब्याड राख्ने चटारो नभए पनि पाखो बारी खनजोत गर्ने र मल बोक्ने काममा श्रीमानबाट सहयोग पाउने कुराले हौस्याएको छ, उनलाई। ‘अघिल्लो वर्ष सबै काम एक्लै भ्याउनुपर्थ्यो। यसपालि श्रीमान घर आएकाले काम गर्न सहज भएको छ’, उनले भनिन्, ‘धेरै वर्षपछि श्रीमानसँगै खेतबारीमा काम गर्न पाएका छौ।’

रोजगारीका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताले रोल्पाका गाउँहरु पुरुषविहीन मात्र होइन, कतिपय घर त बालबालिका र जेष्ठ नागरिकका भरमा चलेका छन्। श्रम गर्न सक्ने जनशक्ति रोजगारीमा जिल्लाबाहिर जाँदा रोल्पाका धेरै घरको दैनिकी महिला, बालबालिका र जेष्ठ  नागरिकको भरमा चलेको बताउँछिन्, महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्य। 

‘ग्रामीण भेगका रोल्पाली महिला हलो जोत्न बाध्य थिए। घरमा काम गर्ने छोरानाती रोजगारीका लागि बाहिर गएसँगै आराम गर्ने उमेरका जेष्ठ नागरिकहरु मेलापात देखिन्थे’, आचार्य भन्छिन्, ‘कोरोनाको त्राससँगै जिल्ला भित्रिएका युवायुवतीका कारण यस वर्षको खेतीपातीमा सहजता भएको छ।‘

आधिकारिक  तथ्यांक नभए पनि १० हजारभन्दा बढी रोल्पाली युवायुवती रोजगारीका लागि काठमाडौं, ललितपुर र भक्तपुरका इँटाभट्टामा रहेको बताइन्छ। भारत जानेहरुको पनि आधिकारिक तथ्यांक छैन। त्यहाँ पनि दसौं हजार रोल्पाली रोजगारीका लागि गएको हुन सक्ने बताइन्छ। खाडी तथा तेस्रो मुलुक जाने रोल्पाली युवायुवतीको संख्या झण्डै ४० हजार रहेको बताइन्छ। जिल्ला प्रशासन कार्यालय रोल्पाबाट ५० हजार बढीले राहादानी लिएका छन्।

गत वैशाख ५ देखि ११ गतेसम्म उद्धार गरिएका तथा आफैं आएका समेत तीन हजार ८ सय ८ जना रहेको जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ। त्यसयता समेत जोड्दा जिल्ला भित्रनेको संख्या ५ हजार बढी हुन सक्ने बताइन्छ। शनिबार बेलुकासम्म  रोल्पाको रुन्टीगढी गाउँपालिकामा मात्रै १ हजार २ सय २४ जना भित्रिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिए। उनीहरुलाई ४० वटा विद्यालय, २ वटा स्वास्थ्य संस्था र ८ वटा सामुदायिक भवन समेत गरी ५० वटा क्वारेनटाइनमा राखिएको बताइएको छ। त्यसरी बसेकामध्ये अधिकांश दिउँसोको समयमा आफ्नो खेती किसानीमा सहयोग गर्न जाने गरेको बताइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जिल्लामा हालसम्म ६ सय ८८ जना भारत तथा तेश्रो मुलुकबाट आएको देखिएको छ। देशबाहिरबाट यसरी जिल्ला भित्रिनेमा सबभन्दा धेरै गंगादेव गाउँपालिकामा २ सय ६७ जना छन्। 

यसैगरी सुनिल स्मृति गाउँपालिकामा २१८, रोल्पा नगरपालिकामा २०, त्रिवेणी गाउँपालिकामा ४०, परिवर्तन गाउँपालिकामा २६, रुन्टीगढी गाउँपालिकामा १८, माडी गाउँपालिकामा १२, लुग्री गाउँपालिकामा ५४, थवाङ गाउँपालिकामा २३, सुनछहरी गाउँपालिकामा १२ जना रहेको नेपाली सेनाको खड्क दल गण रोल्पाले जानकारी दिएको छ।

महिनावारी व्यवस्थापनमा समस्या
क्वारेनटाइन बस्दाको समयमा महिनावारी हुने महिलालाई थप समस्या हुने गरेको छ। महिनाबारी  व्यवस्थापनका लागि सेनेटरी प्याडको व्यवस्था नहुँदा महिलाहरुले त्यस्तो समस्या भोग्ने गरेको महिला मानव अधिकार रक्षक सञ्जाल रोल्पाका अध्यक्ष आचार्यको भनाइ छ।

‘महिनावारीको वेला महिलालाई सुरक्षित ठाउँ चाहिने भए पनि रोल्पाका अधिकांश क्वारेनटाइनमा त्यस्तो व्यवस्था र संरचना छैन’, आचार्यले भनिन्।

Xtrem

Xtrem

विपदको समयमा पनि मानव अधिकार संरक्षण सबैको सरोकारको विषय हुनुपर्ने आचार्यको भनाई छ। तर, रोल्पाका कुनै पनि क्वारेनटाइन महिलामैत्री नदेखिएको उनको भनाइ छ। ‘क्वारेनटाइमा बस्नेहरुका लागि खाना नास्ता र बसाइँको जस्तै महिलाहरुका लागि महिनावारी  व्यवस्थापनमा ध्यान दिनुपर्छ’, आचार्यले भनिन्।

महिनावारी मात्रै होइन, गर्भवती महिलाहरुले समेत समस्या भोगिरहेको आफूले सुनेको आचार्यको भनाई छ। बच्चा जन्माउने मिति नजिकिएकी एक महिलालाई रोल्पाको त्रिवेणी गाउँपालिकाको बुढागाउँ सिम्पानीमा राखिएको उनले जानकारी दिइन्। गर्भवती महिलाहरुको कोरोना संक्रमण परीक्षण गरी होम क्वारेनटाइनमा पठाउनुपर्ने उनको सुझाब छ।

क्वारेनटाइनमा रहेका गर्भवती महिलाको आरडिटी परीक्षण गरेर होम क्वारेनटाइनमा पठाइने त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले बताए। ‘आरडिटी परीक्षणमा यस्ता महिलालाई प्राथमिकतामा राखेका छौं’, अध्यक्ष वलीले भने।

रोल्पाका विभिन्न क्वारेनटाइनमा १ हजार ५ सयभन्दा बढी महिला छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  ०८:२६
  • #कोरोना_अपडेट
  • #पारिवारिक_मिलन
  • #खुसियाली

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्