• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

होटल, स्टिल र एयरलाइन्सको ऋण 'वाच लिस्टमा'

64x64
अरुण सापकोटा आइतबार, वैशाख १४, २०७७  १५:१३
1140x725

काठमाडौं- होटल, स्टिल र एयरलाइन्स कम्पनीको ऋणको रेटिङलाई 'वाच लिस्ट'मा राखिएको छ। कोरोना भाइरस र लकडाउनले होटल व्यवसाय, स्टिल उद्योग र एयरलाइन्स व्यवसाय समस्यामा पर्ने देखिएसँगै रेटिङ एजेन्सीहरूले पुरानो रेटिङ घट्न सक्ने भन्दै केही समयका लागि शुक्ष्म निगरानी (वाच लिस्ट)मा राखेका हुन्। 

दुई रेटिङ एजेन्सीले १५ वटा कम्पनीको ऋणको रेटिङलाई केही समयका लागि वाच लिस्टमा राखेका हुन्। इक्रा नेपालले यस अगाडिका ६ वटा रेटिङलाई र केयर रेटिङ नेपालले ९ वटा ऋणको रेटिङलाई वाच लिस्टमा राखेको हो। 

व्यवसायमा कोरोनाका कारण नकारात्मक असर देखा पर्न थालेसँगै रेटिङ एजेन्सीले होटल र एयरलाइन्स कम्पनीको रेटङलाई वाच लिस्टमा राखेका छन्। बैंकहरूले कम्पनीको रेटिङ हेरेर मात्रै ऋण प्रदान गर्छन्। 

रेटिङ गर्दा कम्पनीको व्यावसायीक योजना, लगानी, लगानीको भविष्य, लगानीकर्ताको क्षमता, राज्यका नीति, लगानीको संभाव्यतालगायतका विषयका आधारलाई हेरिन्छ। तर दैविक प्रकोप तथा नसोचिएका घटनाहरूलाई पूर्ण रूपमा हेरिएको हुँदैन। अहिलेको असामान्य अवस्थाले कम्पनीहरूको वित्तीय सूचकहरू धेरै नै नकारात्मक देखिने अनुमान गरिएको हो। 

स्रोतः इक्रा/केयर रेटिङ नेपाल

रेटिङ एजेन्सीले सबैभन्दा धेरै प्रभावित भएका क्षेत्रलाई हेरेर तत्काल होटल र एयरलाइन्स कम्पनीहरूको ऋणलाई उच्च जोखिमको क्षेत्रअन्तर्गत राखेको हो। भविष्यमा अन्य क्षेत्रलाई पनि हेरेर वाच लिस्टमा राख्ने तयारी गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा एयरलाइन्स कम्पनीको आम्दानी शून्य छ। अर्बौ रुपैयाँ कर्जा लिएर व्यवसाय सञ्चालन गरिरहेका एयरलाइन्स व्यवसायी अबका दिनमा सबैभन्दा धेरै मारमा पर्ने छन्। व्यवसाय नभए पनि कर्जाको ब्याज अनिवार्य भुक्तानी गर्नुपर्ने हुन्छ। 

त्यस्तै विदेशी पर्यटक आउनै नसक्ने भएपछि होटल व्यवसायीको कर्जा सबैभन्दा धेरै जोखिमा परेको हो। नियमित सञ्चालनपछिको आम्दानीले कर्जाको ब्याज तिर्नुपर्ने अवस्थामा रहेका उनिहरूले साँवा र ब्याज भुक्तानी गर्न सक्दैनन्। विदेशी पर्यटकको चाप अझै केही वर्ष पर्ने सक्ने भएकाले होटलमा गरिएको लागि सबैभन्दा धेरै समस्यामा पर्ने रेटिङ एजेन्सीले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

छायाँदेवी कम्प्लेक्सले दुई अर्ब ५ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ। उक्त ऋणले यस अगाडि पाएको रेटिङ तल झर्न सक्नेछ। त्यस्तै होटल मिस्टिक माउन्टेनले ५४ करोड रुपैयाँको ऋणको रेटिङ पनि वाच लिस्टमा परेको हो। 

कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि विश्वमै लकडाउन अवधि लम्बिदै गएको छ। यसले विश्वकै अर्थतन्त्रमा ठुलो प्रभाव पार्ने आकलन गरिएको छ। विश्व बैंक, एशियन डेभलपमेन्ट बैंक लगायतले विश्वकै अर्थतन्त्र घट्ने अनुमान गरिरहेका छन्। यस सँगै नेपालको आर्थिक बृद्धिदर घट्न सक्ने आकलन गरिएको छ। 

सबै कम्पनीको वित्तीय अवस्था कमजोर हुने आकलन गरिए पनि कतिसम्म तल झर्छ भन्ने तथ्याङ्क सार्वजनिक हुन बाँकी छ। कोभिडको प्रभाव अझै कति लामो समयसम्म रहन्छ टुङ्गो छैन। सूचक घट्न सक्ने आकलन सँगै कतिपय कम्पनीहरूको रेटिङलाई वाच लिस्टमा राख्न थालिएको इक्रा नेपालका सहायक उपाध्यक्ष किशोर बिमलीले जानकारी दिए। अहिले कुनै पनि कम्पनीको सञ्चालनलाई नजिकबाट हेर्ने अवस्था छैन तर रेटिङ एजेन्सीले समग्र व्यावसायिक वातावरणलाई नजिकबाट नियाली रहेको उनले बताए। 

वातावरण सहज हुँदै गए पछि कम्पनीहरूले पुरानै रेटिङ प्राप्त गर्न सक्ने एजेन्सीले जनाएको छ। समग्र वित्तीय अवस्था हेरे पछि मात्रै कम्पनीको रेटिङ झार्नु पर्ने हो या उहि अवस्थामा राख्दा हुन्छ भनेर मूल्यांकन गर्नेछ। रेटिङ एजेन्सीले कम्पनीहरूको अवस्था बिग्रँदै गएको छ भन्दै सतर्क गराएका हुन्। 

Xtrem

Xtrem

रेटिङ एजेन्सीले तत्कालै कम्पनीको रेटिङ घट्यो भन्दै प्रतिवेदन सार्वजनिक गर्न सक्ने अवस्था छैन। कुन कम्पनीको के-केमा घाटा लाग्यो भन्ने प्रतिवेदन आउन बाँकी छ। यसका साथै नेपाल राष्ट्र बैंक र सरकारले व्यवसायीहरूलाई के कस्तो राहात प्याकेज ल्याउँछन् त्यो हेरेर मात्रै अर्को रेटिङ दिने तयारीमा छ।

यदि राष्ट्र बैंकले होटल र एयरलाइन्सतर्फको कर्जाको ब्याज र सावा भुक्तानीमा खुकुलो वा छुटको प्याकेज ल्याइदिएमा रेटिङ यथावत रहन सक्नेछ। तर सरकारले कुनै पनि संवोधन गरेन भने व्यवसायीहरू लामो समयसम्म नोक्सानमा देखिने छ। 

केही समय होटल, रड उद्योग र एयरलाइन्सको ऋणलाई शुक्ष्म निगरानीमा राखिए पनि निर्माण कम्पनीलाई पनि वाच लिस्टमा राख्ने तयारी गरेको छ। निर्माण गर्ने समयमा लकडाउनले काम हुन नसकेपछि यसको प्रभाव भोलिका दिनमा ‍देखिने भन्दै वाच लिस्टमा राख्ने तयारी गरेको हो।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
ट्रम्पले दिए सीलाई राजकीय भोज, मस्क–बेजोसदेखि जेन्सेन हुआङसम्म सहभागी शुक्रबार, असोज ९, २०८३
महेन्द्र राजमार्गको रजैया क्षेत्रमा पहिरो, प्रहरी टोली घटनास्थलमा शुक्रबार, असोज ९, २०८३
एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ शुक्रबार, असोज ९, २०८३
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्