• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोना-स्थितिमा हाम्रो शिक्षा

सिद्धराज मिश्र सोमबार, वैशाख १५, २०७७  १४:००
1140x725

किसानहरुले बीउ छान्दा उत्तम बिरुवाको नश्ल छान्छन्। अर्थात् उत्तम जीव वा बिरुवाको उत्तम बीउबाट उत्तम फसल काट्छन्। मुलुकमा पनि स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग वाणिज्य, अर्थ, सञ्चार, कृषि, विज्ञान–प्रविधि, ऊर्जा, जलस्रोत तथा राजनीति सबैतिर चामत्कारिक विकास गर्ने हो भने त्यहाँका सञ्चालक वा प्रवर्द्धकहरु स्वास्थ्य, आदर्शवान र शिक्षित हुनु जरुरी हुन्छ।

त्यस्ता जनशक्ति उत्पादन गर्ने कारखाना भनेकै स्कूल हुन्। हालसम्मको अक्षम स्कुलिङकै कारण भ्रष्टाचार मौलाएको र देश समृद्ध हुन नसकेको हो भन्ने कुरो मनन गरी म शिक्षक भएको हैसियतले नैतिक जिम्मेवारी लिन चाहन्छु। 

जुन देशका सपूतहरुले आफ्नो मातृभूमिलाई प्रेम गर्छन्, त्यस देशको दूरगामी उन्नतिका लागि ती सपूतहरुले व्यक्तिगत इच्छाको बली दिएको देखिन्छ। छिमेकी देश भारतमै हेरौं न, जवाहरलाल नेहरुदेखि नरेन्द्र मोदीसम्मले आफ्नो देश र जनताका लागि के–केसम्म गरेका छन्।

हाम्रो नजरमा फरक नियत देखिए पनि मोदीजी यो उमेरमा पनि स्वदेशका लागि १८ घण्टा निरन्तर काम गरिरहेका देखिन्छन्। त्यसको उदारहण हो ३२ करोड जनसंख्या भएको अमेरिकामा कोरोनाका कारण हुने मृत्युदर र १७० करोड जनसंख्या भएको भारतमा भएको मृत्युदरको फरक। 

अनि, नेपालको अपार जलस्रोत र खानी हत्याई आफ्ना देशवासीलाई सुविधा दिन अर्काको देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर आफ्नोअनुकूल नीति तथा कार्यक्रम लागू गर्न बाध्य पार्छन्। त्यसका लागि नेपालमा नयाँ प्रधानमन्त्री बन्नेबित्तिकै भ्रमणको निम्तो दिँदै रातो कार्पेटमा घिसार्दै खल्तीमा केही करोड हालेर नबुझिने अग्रेजी भाषामा केही न केही सम्झौता लेखि मदिराको बेहोसीमा हस्ताक्षर गराइछाड्छन्।

कालान्तरमा टनकपुर सम्झौता, गण्डक सम्झौता, कोसी सम्झौता, समस्त नदिनाला सम्झौता, कालापानी सम्झौतामात्र गर्दैनन् तीनै तिरबाट मुसाले रोटी टोकेझैं सिमाना खुँडे पार्दा पनि सिंहदरबारभित्र ककटेल पार्टी चलाईरहन्छन् वा गाउँघरमा जाँदा पिर्कामै उभिएर पनि सलामी थापी बस्छन्। स्थानीयहरुको मुटु जलिरहँदा देशका ठेकेदारहरुलाई पोल्दैन। किनकि, यिनीहरु शासक होइनन्, विदेशीको तलब खाइरहेका दलालमात्रै हुन् कि जस्तो लाग्छ। 

अमेरिकाजस्तो विकसित मुलुकले संसारभरिबाट कुलमान घिसिङ, महावीर पुनजस्ता लाखौं उत्कृष्ट जनशक्ति र बुद्धिलाई डीभी पारेर हुन्छ कि सिधै अफर गरेर, आफ्नो देश भित्र्याउँछन्। र, आफ्नो  देशको संवेदनशील ठाउँमा नियुक्त गरेर विकास गर्छन्। पूरै अमेरिकाको विकास बाहिरबाट गएका बुद्धि र वर्कतले गर्दामात्रै भएको हो। दुबईले त त्यस्ता उत्कृष्ट विज्ञ जनशक्तिलाई करोडौंमा किनेर देशको मरुभूमिलाई डिज्नील्याण्ड बनाइसकेको छ।

तर हामीकहाँ चाकडी पनि नगर्ने, स्वार्थपरक काममा समर्थन नगर्ने र उल्टै पोल खोलिदिने भयले इमान्दार र योग्य जनशक्तिलाई तुरुन्तै हटाई यो दलको  यति, उ दलको त्यति, दलित, जनजाति, महिला, उत्पीडित, लोपोन्मुखका नाममा भोटर भर्तिकेन्द्र बनाइ सत्ता कब्जा गर्ने वा टिकिरहने ध्याउन्नमा रहन्छन्। अनि जनताको हीत र राष्ट्रको समृद्धि कहाँनेर कतिखेर गर्ने? हामीले यस कुरालाई विद्यालयस्तरको शिक्षामा राखेर पढाउन सकेनौं। हामीले उत्पादन गरेका जनशक्तिहरुलाई पलायनवादको शिक्षा दिएछौं।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना लकडाउनका बेलामा गड्डाचौकीको बाटो हुँदै मानव नदी दक्षिणबाट उत्तरतिर बगिरहेको दृष्यले झस्कायो। जीवनोपयोगी शिक्षा दिएको भए आज ७० लाख मानिसहरु घर परिवार छाडी विदेशिनु पर्ने अवस्था आउने थिएन। साथै यस्तो आपतका बेला उनीहरुसँगै कोरोना पनि भित्रिने थिएन। हाम्रा शासक र राजनीतिक अवस्थाले देशमै गरिखाने अवस्था बनाइदिएको भए पुर्खाले कहिल्यै नझुकाएको शीर आज पनि झुक्ने थिएन। हाम्रो शिक्षा प्रणाली शासक र शासित दुवै वर्गलाई परिपूर्ण पार्न असफलसिद्ध भयो। 

जो व्यक्ति सबैभन्दा निर्लज्ज हुन्छ, बलिष्ठ पाखुरी भएको हुन्छ, मूर्ख हुन्छ उसैले जिद्दी गर्न जानेको हुन्छ। लुट्न र हत्या गर्न जान्दछ। तर्साउन जान्दछ। सत्ता पनि कब्जा गर्न जान्दछ। नत्र त चित्रबहादुर केसी र रविन्द्र मिश्रको हालत भैहाल्छ नि। शुद्ध मन र उद्देश्यले खोलिने पार्टीसँग न त गुण्डा हुन्छन्, न त चन्दा आतङ्कको असुली रकम, न त झुटा आश्वासनका पोका। त्यसैले चामलको नाङ्लोलाई जति हल्लाए पनि माथि देखिने त भूसमात्रै त हो नि। 

त्यसोभए नेपालको उत्थान नहुने नै हो त?

सम्भव त छ। तर गरिदिने कसले? भ्रष्ट्राचारीलाई जेल हाल्न न त अख्तियारका पूर्व आयुक्त रामनारायण पाठकले नै सक्छन् न त भ्रष्ट कर्मचारी वा प्रहरीले नै। भ्रष्टहरुले दिएको लोकहीतविपरीतको आदेश पालना गर्न प्रहरीमा या त चेन अफ कमाण्डको साङ्लो बाधक छ या स्वयंको भ्रष्ट आचरण। अन्यथा संसारमै उत्कृष्ट नेपाल प्रहरीले निर्मलाको हत्यारा पत्ता लगाउन सक्दैन? कसले पत्याउने? सत्यकुरा बोल्न आँट्यो भने न्यायालयको समेत बलात्कार प्रयास हुन्छ भन्ने कुरा सुशीला कार्कीको महाअभियोग प्रकरणबाट ज्ञात हुन्छ। त्यही डरले मुलुकको उत्थान गाह्रो छ। अब यसका दुई वटामात्र उपाय देखिन्छन् मेरो नजरमा। ती हुन्ः 

Xtrem

Xtrem

१.सिंह गतिको राजनैतिक परिवर्तन (तर खतरनाक छ)।      

२.शंखेकिरा गतिको राजनैतिक परिवर्तन (तर पट्यारलाग्दो छ)।

शीघ्र परिवर्तनअन्तर्गत देशमा दलीय व्यवस्था तत्कालका लागि असफलसिद्ध भएको छ। २०१७ सालमा राजा महेन्द्रले दलहरुलाई लगाएको आरोप सुन्दा हाँसो उठ्थ्यो। तर शत प्रतिशत सत्य रहेछ भन्ने अहिले ज्ञात भयो। तसर्थ प्रत्येक जनताको मनबाट लालच नहटेसम्म, राष्ट्रप्रतिको वफादारिता नपलाएसम्म लोकतन्त्रमात्र होइन कि प्रजातन्त्रकै काम देखिएन।

भूकम्पमा राहतका त्रिपालहरु सांसदहरुले काखी च्यापेर हिँडेका देख्दा स्वास्थ्यकर्मीका लागि किनिएका पीपीईहरु एकातिर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले नपाई खतरा मोलेर ड्युटी गर्नु परेको र अर्कोतिर जनप्रतिनिधि र नातागोतासमेतले लगाएर फोटो खिचाएको देख्दा अनि पीपीई लगाएर लगाएर तास खेल्न बसेको देख्दा ‘बालकहरुले कण्डम फुकेर बेलुन खेलेजस्तो’ लाज पो लाग्छ त।

लकडाउनमा सामाजिक दुरी कायम गर्न र अनावश्यक रुपमा बाहिर ननिस्किन सरकारले गरेको आग्रहलाई खेलाँची गर्ने, आफू तास खेलेर बस्ने अनि रक्सी खाएर निरीह स्वास्नी कुट्न पल्केका साधारण जनतालाई भनौं वा सरकारी गाडी नै प्रयोग गरी यो त्रासदीको अवस्थामा समेत ३००० पर्ने थर्मल गन १५,००० मा बेच्दै कालोबजारी गर्ने कथित उच्च घरानियाहरुसमेतका लागि प्रजातन्त्रको काम छ र? त्यस्तै सोच भएका जनताले हालेको भोटले बनेका नव–राजाहरुको अहंकारले जनता सुखी हुन्छन् कि देश समृद्ध बन्छ? 

जुन मजदूरले पसीना बगाई कमाएको पैसाको रेमिट्यान्सले शासकहरु आलिसान जीवन बिताइरहेका छन्। तिनै नागरिक ७–८ दिन भोकै पैदल हिंडेर, उर्लंदो नदी तरेर कोरोनाबाट प्राण बचाउन आफ्नो जन्मभूमि छिर्न खोज्दा लाठीचार्ज गर्ने अनि संकट र त्रासको घडीमा समेत भ्रष्ट्राचार गर्न नछाडनेहरु र तिनको रक्षामा लागिपर्ने राष्ट्रका प्रमुख देखेर केही अरिगालहरुले त यस्ता कदम पचाउलान् तर २ करोड ९९ लाख ९५ हजार नेपाली जनताले भने किमार्थ पचाउँदैनन्। 

यस्तो प्रकृतिको लुट धेरथोर सत्तामा जाने सबै पार्टीले जानेका छन्, गरेका छन्। दलीय व्यवस्था, त्यसमाथि गरिब र अल्छी कार्यकर्ता, लालची र पराधीन नेताहरुले देश चलाउने होइनन्, तर कंगाल भने अवश्य पार्छन्। 

कुन दिन ‘सयौ थुँगा फुलका हामी...’ को सट्टामा अरु नै मुलुकका गीत गाउनु पर्ने दिन पो आउँछ कि भन्ने डरले सताउँछ। त्यसैले ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने हो भने रअ र सीआइएजस्ता खतरनाक 'कोरोना' हरुले नडसेका राष्ट्रभक्त नेपाली सेनाहरु संगठित गर्ने, राजालाई पुनस्थापित गर्ने र भारत–नेपाल बोर्डर सील गरी पासपोर्ट ब्यवस्था गर्ने  हो भने देशले काँचुली फेर्छ नै। जनता राम्ररी शिक्षित र चेतनशील भएपछि उचित समयमा जनतालाई शासन फर्काउन कुनै आपत नपर्नु पर्ने हो। तर यसमा स्वार्थ समूहबाट केही हिंसा हुने र भारतले नाकाबन्दीको क्षेप्यास्त्र हान्ने सम्भावना भने रहन्छ । 

दोस्रो तरिकाको परिवर्तन भनेको शिक्षामा आमूल परिवर्तन गरी जनतामा चेतनाको भेल बगाउने हो। १९९० सालदेखि एसएलसी दिन थालेको नेपालको शिक्षा प्रथाले जन्माएका उत्पादनहरु हाल आएर खाडीका कामदार वा स्वदेशका बेरोजगार र केही अरिंगालहरुमात्र उत्पादन गर्न सकेको छ। कि चाहिँ नालायक नेता जन्माउने खालको बन्न पुगेको छ।

अपवादमा केही सपूतहरुलाई यसमा मुछ्दा पाप लाग्ला। ‘चोरहरुले हतकडीको कारखाना सुरुमै बन्द गराउँछन्’  भनेजस्तै कु–दलविरोधी वा सरकारको कु–व्यवस्थाविरोधी स्वावलम्बी शिक्षासँग कि त पशुपति शर्माको गीतलाई प्रतिबन्ध लगाएझैं वा रवि लामिछानेलाई झुटा मुद्धा लगाएर जेल कोचेझैं वा ज्ञानेन्द्र शाहीलाई सांघातिक हमला गरेझैं कायरता नगर्लान् भन्न त सकिँदैन।

तर पनि विद्यालयहरुमा कुशल शिक्षक छनोट गरी, ऊर्जावान र सक्षम शिक्षकलाई रिचार्ज गरी सानै कक्षादेखि संस्कार, मूल्य मान्यता, सीप, आचरणसहितको निःशुल्क तर अनिवार्य प्रयोगात्मक शिक्षा लागू गर्ने हो भने अबको २० वर्षमा ‘यो देश मेरो हो, यो समाजको उत्थान मैले नै गर्ने हो, विदेशीको भन्दा हामी अघि हुनु पर्दछ, हाम्रो देशमा आँखा गाड्नेसामु घुँडा टेक्ने होइन कि कडा प्रतिकार गर्नु पर्दछ’ भन्ने भावनाका जनशक्ति उत्पादन गर्न सकिन्छ।

अनि सक्षम, निष्ठावान र उत्कृष्ट उत्पादनहरुलाई शिक्षक नै बनाउने, सत्तारुढ गराउने, नीति निर्माता बनाउने, कार्यान्वयनमा उतार्ने र कडा दण्डको व्यवस्था गर्ने, कानुनभन्दा माथि कसैलाई बस्ने छुट नदिने हो भने देशको समृद्धि ग्यारेण्टी हुन्छ। अन्यथा समृद्धि भन्ने कुरा काकाको टुक्कामामात्र सीमित रहन्छ। शिक्षाको विकासबाटै देश विकास सम्भव छ। यसका लागि सबै जनता जाग्नु जरुरी छ। तर यो विधि बुढेसकालमा पाएको छोराबाट गरेको आसजस्तै हुनसक्छ।  

  जसरी होस् नेपाललाई समृद्ध पार्नु छ। ढिलो वा चाँडो कुन विधि अपनाउने हो हामी सबैले रोज्ने बेला आएको छ। जय देश।
 

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही
सम्बन्धित सामग्री
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही शुक्रबार, असोज १६, २०८३
निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय शुक्रबार, असोज १६, २०८३
भोटेकोशी बाढीपीडित भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको आश्वासन : ‘तपाईंहरू एक्लो हुनुहुन्न’ शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्