• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ २५, २०८२ Sun, Feb 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

सांसदलाई बधुवा मजदुर कसैले नठानोस्, हामी पनि जनप्रतिनिधि हौं : प्रदीप यादव [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १२, २०७७  १९:४२
1140x725

कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिनयता नेपाली राजनतीति वृत्तमा सरकारले ल्याएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी भइसकेपछिका घटनाक्रम चर्चामा छन्। यद्यपी यी अध्यादेश शुक्रबारै राष्ट्रपति विद्या भण्डारीले खारेज गरिसकेकी छन्। अध्यादेश आएलगत्तै बुधबार मात्रै राजपा र समाजवादी पार्टीबीच एकताको घोषणा भयो। तर समाजवादी पार्टीका केही सांसदहरु पार्टी विभाजन गर्न लागेको समाचार पनि चर्चामा आयो। सांसद प्रदीप यादवको नाम पनि समाजवादीबाट छुट्टिर जाने भन्नेमै थियो। यसै विषयमा केन्द्रित रहेर न्युज एजेन्सी नेपालका संवाददाताले सांसद यादवसँग गरेको कुराकानीको सम्पादित अंश।

पछिल्लो समयको राजनीतिक घटनाक्रममा तपाईंको नाम अगाडि नै आयो। यसको कारण के हो?
नाम आउनुको कारण के हो भने पार्टी भित्र असन्तुष्टि हाम्रो थियो। हामी १०/११ जना माननीय सांसदज्यूहरु एउटा समूह बनाएका थियौं। असन्तुष्टहरु भेला भएर एउटा समूह बनाएका थियौं। हाम्रो जुन पिडा छ, हाम्रो जुन दर्द छ र पार्टी भित्र हाम्रो विभिन्न ठाउँमा आलोचना भएको छ खासगरी पार्टी नेतृत्वबाट। त्यसलाई कसरी पार्टीलाई नेतृत्वप्रति दवाव दिने पार्टीलाई कसरी सही ट्रयाकमा ल्याउने, पाटीको नेतृत्वले जिल्लामा गएर अपमानित गर्ने गरेकोमा त्यसलाई नियन्त्रण गर्न समुह बनाएका थियौं र यसै बिच खासगरेर सरकारबाट अध्यादेश आयो त्यसबाट हामी चर्चामा आयौं।

यस्तै उहाँहरुले पार्टी फुटाउन लाग्दै हुनुहुन्छ भन्ने मिडियामा आयो एकातिर अध्यादेश जुन आएको थियो सरकारबाट यो समाजवादी पार्टीलाई फुटाउनका लागि आयो यसबाट हामी चर्चामा आएका हौं। तर हामीले पार्टी फुटाउनका निमित्त समूह बनाएका होइनौं। यो किन बनायौं भने पार्टीमा सामूहिक नेतृत्व गराउनको निमित्त र कसैलाई काखापाखा पार्टीले नदेखोस, सबैको समान इज्जत गरोस त्यसको लागि हामीले समूह बनाएको सही हो, असन्तुष्ट रहेको सही हो। तर पार्टी फुटाउनको निमित्त हामी अगाडि बढेको होइन्। तर केही साथीको राय सल्लाह थियो। त्यो पनि होइन कि रायसल्लाह थिएन। किनकि मौका आएको छ, अध्यादेश पनि आइसक्यो। यस्तो मौका कहिले आउँदैन, हामी अगाडि बढौं भन्ने पनि थियो। त्यस कारण हामी चर्चामा आएको सही कुरा हो।

तपाईहरुको पार्टीभित्र असन्तुष्टि थियो भन्नुभयो। यसमा अलि प्रष्ट पारिदिनुहोस न्। पार्टीभित्र कस्तो असन्तुष्टि थियो?
अप्ठेरो के थियो भने नेतृत्वले कुनैपनि जिल्लाको निर्णय गर्दा जिल्लामा कुनै कार्यक्रम गर्दा, त्यस क्षेत्रमा कार्यक्रम गर्दा सांसदलाई थाहै नहुने, कार्यक्रम भइहाल्ने। मेरो जिल्लामा बाबुराम भट्टराई र तत्कालीन संघीय समाजवादी पार्टीको एकता घोषणा गर्ने कार्यक्रम थियो जिल्लाको त्यहाँ कार्यक्रम भयो, मेरो क्षेत्रमा भएको कार्यक्रम हो। मलाई मेरो नेतृत्वकर्ताले बोल्न पनि मौका दिएन। म निर्वाचित सांसद, पार्टीको जिल्ला अध्यक्ष बोल्न पनि दिइएन। धेरै सांसदहरुको त्यस्तै पिडा थियो। 

त्यो मात्रै होइन, तपाईलाई याद होला कि म एक कार्यक्रमका लागि युरोप गएको थिए, म लगायत हामी दुई जना माननियहरु गएका थियौं। त्यो कार्यक्रममा गए सरिक भएको सही हो हलमा छिरेको सही हो तर हलमा छिरेपछि हामी १० मिनेटमै निस्केका छौं। त्यसपछि हामी घुमफिर गरेर नेपाल आयौं। पार्टी अध्यक्षलाई जानकारी गरायौं। विदेश विभाग प्रमुखलाई जानकारी गरायौं। कि हामी गएका थियौं झुकिएका थियौं। सभामुख जीले बोलाउनुभयो मलाई विज्ञप्ति निकालिदिनुहोस् एउटा, केही फरक पर्दैन मान्छे झुक्किएर जान्छ। त्यसपछि एउटा सांसदलाई कारबाही भएन। तर पार्टीमा मलाई छ महिनाका लागि सस्पेन्ड गरियो र गरिएपनि पार्टीको म सिपाही दिए। पार्टीबाट निर्वाचित सांसद हुँ। पार्टी निर्माण गर्ने मध्येको म पनि एउटा हुँ। हामी जब भनिरहेका छौं कि हाम्रो कुनै गल्ती छैन। मलाई सफाइको मौका पनि नदिने, एक्कासी निलम्बन गरिदिने र मिडियामा सार्वजनिक गरिदिने अनि इज्जतको धज्जी उडाइदिने? पार्टीको एउटा सिपाहीलाई यो हर्कत! त्यो लगायत अरुपनि धेरै घटनाक्रम छ ताकि पार्टीका व्यक्तिहरु सांसदहरु असन्तुष्ट हुन पुगे। म मात्रै एउटा पात्र होइन त्यसमा अरुपनि असन्तुष्ट हुनुहुन्छ।

असन्तुष्टि भइरहँदा अहिले चर्चामा आएजस्तो पार्टी भन्दा बाहिर अवसरहरु खोजिएको थियो?
जब हामीमाथि प्रहार भयो नेतृत्व पङ्तिबाट। हामीले डा. बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका घरमै गयौं। हाम्रो पिडा सुनायौं। हाम्रो यो कुरा उपेन्द्रजीलाई लगेर राखिदिनुहोस् भन्यौं। तर कसैको आँट भएन। त्यस कारणले गर्दा हामी विद्रोहमा पुगेका हौं। सही कुरा यही हो।

पछिल्लो समय डा. सुरेन्द्र यादवको कुरा आइरहेको छ। अनि केही उहाँका कुराहरुले तपाईंलाई पनि छोएको छ। उहाँ व्यक्तिगत रुपमा के हुनुहुन्छ भन्ने कुरा त मिडियामा आएको छ। त्यसमा कति कुरा सत्य छन् कति असत्य छन्। अहिले वहाँ कहाँ के गर्दै हुनुहुन्छ? हिजोसम्म सरकारले वहाँलाई लगेको भन्ने समाचारमा आएको छ। आज दुई दिन भयो वहाँ कहाँ हुनुहुन्छ थाहा छैन। यसबारे केही जानकारी छ?
डा. सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो। त्यो बेला ओलीजी को सरकारले वहाँलाई पदमुक्त गर्‍यो। त्यो बेला वहाँ अस्पतालमा भर्ना हुनुहुन्थ्यो। त्यसपछि उहाँलाई धेरै चोट पुग्यो। त्यसपछि हाम्रा अध्यक्षजी दिल्ली हुनुहुन्थ्यो। दिल्लीबाट नेपाल आउनुभयो उहाँले फोन सम्म पनि गर्नुभएन। 

Ncell 2
Ncell 2

यो कुरा सुरेन्द्रजीले हामीलाई बताउनुभएको थियो कि मलाई पदमुक्त गर्दा केही भन्नुभएन। आफू गएर सपथ लिनुभयो। त्यहाँदेखि नै उहाँ असन्तुष्ट हुनुभयो र सबैभन्दा पहिला आफ्नो असन्तुष्टि हामीसँग राख्ने उहाँ नै हो। मेरो बेइज्जत भयो, अपमान भयो। पार्टीले केही बोलेन। उल्टै अध्यक्षले सपथ लिनुभयो कानुनमन्त्रीका लागि। वहाँले यी असन्तुष्टि जाहेर गर्दै आउनुभयो। र हाम्रो जुन असन्तुष्ट समूह बन्यो, त्यसको मुख्य पात्र वहाँ नै हुनुहुन्छ। र लकडाउनबीचमै अध्यादेश जारी भयो र हामी सबै सांसद एकठाउँ जम्मा भयौं। सल्लाह गर्‍यौं। एकदुईजना साथीको कुरा थियो पार्टी फुटाऔं। हामी दुई चार जनाको कुरा थियो पार्टी नफुटाऔं। यसको निकास खोजौं। यो कुरा पनि थियो। 

डा. साब जिल्ला हुनुहुन्थ्यो। र जिल्ला हुँदा पूर्व आइजिपीले अपहरण गरेको कुरा आइरहेको छ। यो कुरा सरासर हावादारी कुरा हो। साँचो कुरा के हो भने उहाँको घरमा उहाँहरु जानुभएको थियो वहाँले बोलाएपछि। मासुभात खुवाउनुभयो। अनि म सँग साधन छैन, तपाईंको साधनमा काठमाडौं जान्छु भनेर सँगै आउनुभएको हो। आफ्नो स्वार्थको मन्त्री पनि खोजेको हो। लिस्ट पनि मागेकै हो टिममा। हामीले त मन्त्री पनि मानेनौं। खुशी मनले आएको हो। 

फेरि उहाँ एकजना मात्रै पनि आउनुभएको छैन, उहाँसँग तीन जना आउनुभएको थियो। वहाँको आफ्नो बडीगार्डसँगै, वहाँको एकजना नातेदार, र उहाँको प्रमुख सचेतक समेत आउनुभको छ। चारजना वहाँहरु र पूर्व आइजिपीसँगै तीनजना वहाँहरु आउनुभएको थियो। अब तीन जनाले चार जनालाई अपहरण गरेर ल्यायो। अब यो हावादारी कुरा हो की होइन। यो मिडियामा आउनलाई देखाउनलाई अपहरण भयो भन्ने यो ठीक होइन सांसदको लागि। सांसद भनेको त गरिमाको पद हो। जनताको प्रतिनिधि हौं हामी। हामी हावादारी कुरा गर्ने होइन। हामी जायज सत्य कुरा बोल्ने हो। त्यस कारण यो अपहरणको चर्चा छ यो कुनै कुरा नै भएको छैन। 

दोस्रो कुरा डा. साब जिल्लाबाट यहाँ आउनुभयो। काठमाडौंमा वहाँ फाइभस्टारमा सुत्नुभएछ। सबैलाई एक एकवटा रुम लिएर अनि बिहान मर्निङ वाल्कमा निस्कनुभएछ। राति जब थाहा भयो कि पार्टीको एकता भयो, जनता समाजवादी पार्टीको उदय भयो र हामीसँग कुरा गर्दा पनि अब पार्टी फुटाउन हामी जाँदैनौं। अब मन्त्री पनि बन्दैन, पार्टीबाट पनि गयो। पार्टीले के सोच्ने भयो यो त खराब छ। अनि पार्टीमा हिरो बन्नको लागि, नेताको अगाडि देखाउनको लागि मलाई अपहरणमा पारियो। बिचरा नेताहरुलाई नै फसाइदिनुभयो। तर साँचो कुरा के हो भने उहाँले नेताजीहरुलाई पनि फसाउनुभएको छ। नेपालको जनतालाई पनि ढाँटनुभएको छ डा. सुरेन्द्रजी ले। किनकी यो अपहरण हुँदै होइन।

अहिले कहाँ हुनुहुन्छ? कसको घरमा हुनुहुन्छ? यो त मिडिया लाइभ गर्ने सबैलाई थाहा होला। मभन्दा बढी तपाईंहरुलाई थाहा होला। त्यसैले तपाईंहरुले पनि खोजिदिनु पर्‍यो।

अब तपाईंहरुको सम्बन्ध पार्टीमा के हुन्छ? असन्तुष्टिहरु त अझै छन्? त्यस्तै नयाँ पार्टीले दर्ताका लागि निवेदन पनि दिइसकेको छ। अब कसरी अगाडि बढनुहुन्छ?
हामी पार्टीको सिपाही हौं। हामी पार्टीमै छौं। हामी असन्तुष्ट भएपछि पार्टीको नेतृत्वले हामीलाई सम्पर्क गर्नुभएको छ। उहाँहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र यादवले सम्पर्क गर्नुभयो। अर्कोतर्फ पनि राजेन्द्र महतो, महेन्द्र यादवलगायतका नेताले हामीलाई सम्पर्क गर्नुभयो। उहाँहरुले देशलाई एउटा बलियो पार्टी दिउँ, जनताको सेवा गरौं, नयाँ पार्टी बनाउँ। नयाँ तरिकाबाट जाउँ भन्ने उहाँहरुको कुरा आयो। हामी पनि सहकार्य गर्न तयार भयौं र हिजो एक चरणको छलफल भयो। तत्कालीन समाजवादी पार्टीका सबै नेताहरू र सांसदहरुको छलफल भयो। उहाँहरुले आफ्नो गल्ती स्वीकार गर्नुभयो र हामीले पनि स्वीकार गर्‍यौं। हामीले चाहेको पनि सामूहिक नेतृत्व नै हो। त्यसपछि के सल्लाह भयो भने महन्थ ठाकुरजी, राजेन्द्र महतोजी, सरदसिंह भण्डारीजी, महेन्द्र यादवजी, उपेन्द्र यादवजी, अशोकजी, बाबुरामजी, राजेन्द्रजी लगायत हामी सांसदहरु सामूहिक बस्छौँ। बसेर यसलाई एउटा निकास दिन्छौँ। हाम्रो आन्तरिक कुरा मिलिसकेको छ। जुन प्रकारको द्वन्द्व हिजो थियो , आज छैन। अब हामी मिलेर अगाडि बढ्छौँ।

दुबै दलहरु मिलेर हाम्रो यो कुरा भयो। जनतामा जान जरुरी छ। हामीले असन्तुष्टि पनि राखेकै थियौं। पार्टी फुटाउन होइन सुधारका लागि संघर्ष गरेका थिायौँ। पार्टीमा सुधार होस्। सामूहिक नेतृत्व होस्। कसैलाई काखापाखा नहोस् भनेरै हामीले संघर्ष गरेका हौँ। सांसदलाई बधुवा मजदुर कसैले नठानोस्। हामी पनि जनताको प्रतिनिधि हौँ। हामी पनि पार्टीमा रहेर जनताको सेवा गर्न पाउनुपर्छ भनेर संघर्ष गरेका हौँ। पार्टीको सिद्धान्त र विधान मानेर नै अगाडि बढ्नुछ। त्यही भएर नेतृत्वकर्ताले पनि हामीलाई समान रुपले हेरोस भनेर संघर्ष समिति बनाएका हौँ। पार्टीमा अलिकति मत मतान्तर सच्याउनका लागि समिति बनाएका थियौँ।

कुनै बेलामा पार्टीमा तपाईको चरम असन्तुष्टि थियो। संसदमा बोल्ने कुरामा होस् वा पार्टीबाट निष्कासित हुँदाको अवस्थामा। अब यो पार्टीमा बस्नु उचित छैन भन्ने लागेको थियो? 
गम्भीर कुरा गर्नुभयो। भावनात्मक प्रश्न छ। म पार्टीको निर्माणकर्तामध्येको एक हुँ। मधेश आन्दोलनको कमान्डर म थिएँ। आन्दोलन परिचालन समितिको संयोजक थिएँ। मेरो संयोजकत्वमा पर्साको आन्दोलन भएको छ। त्यहाँको नाका अवरोधदेखि लिएर सबै कुरा मेरो नृतत्वमा भएको छ। त्यति मात्रै होइन, स्थानीय निकायको चुनाव हुँदा मलाई इगो थियो पार्टीलाई राम्रो सफलता दिलाउँ भन्ने। दिलाएँ पनि। पर्साका अधिकांश गाउँपालिकासँगै महानगर पनि कब्जा गरेँ। जिल्ला समन्वय समितिको सभापति पनि जितियो मेरो नेतृत्वमा। अहिले जुनसुकै स्थानीय प्रतिनिधिलाई सोध्नुहोस्, सबैले भन्छन् यसको जश प्रदीप यादवलाई जान्छ। उसको मेहनतलाई जान्छ। मैले त्यो मेहनत गरेको छु। 

त्यसपछि लगत्तै चुनाव भयो प्रतिनिधिसभा र प्रदेशसभाको। त्यसमा पनि एक नम्बर पार्टी बनायौँ। कांग्रेस कम्युनिस्ट सबैलाई क्लिन स्विप गर्ने हामी हो। पर्साका ४ वटै क्षेत्र हामीले कब्जा गर्‍यौँ। प्रदेशको ८ मा ६ सिटमा जित भयो। स्थानीय निकाय, प्रदेश र संघको निर्वाचनमा मेरो नेतृत्वमा जीत हासिल भएको हो।

तर केही दिन नबित्दै एउटा सानो मिस्टेकले म जस्तो पार्टीको सिपाहीलाई पानी पनि पिउने मौका नदिई निलम्बन गरियो। त्यसले मलाई धरै सतायो। मलाई लाग्यो कि म राजनीतिक कोमामा गइसकेको थिएँ त्यो समयमा।

जुन पार्टी मेरो आमा हो, मैले जसलाई आमा ठानेको छु। त्यो आमालाई किन लात हान्ने त। यो पार्टीमा मैले यति मेहनत गरेको छु। मलाई पार्टीलाई किन यस्तो सजाय दियो। मैले कुन पाप गरेको थिएँ र भन्ने लागेको थियो। यो के थियो भने जुन पार्टीको नेतृत्वपंक्ति छ। त्यो केही गणेश प्रवृत्ति गर्ने पात्रहरुद्वारा मलाई बिना कारण दण्डित गर्‍यो।

कुनै पनि नेताहरुको घर जाने स्वभाव मेरो छैन। डा. बाबुराम भट्टराईको घर त्यो पीडामा एकपटक मात्रै गएको छ। असोक राईज्यूको घर तीन पटक मात्र गएको छु। राजेन्द्र श्रेष्ठको घरमा एक पटक मात्रै गएको छु। पार्टी एकता भएको कति धेरै भयो। म कामप्रति विश्वास गर्छु। दिउँसो हेर्नुहुन्छ भने म संसदमा भेटिन्छु। बेलुका निर्वाचन क्षेत्रमा गएर जनताका समस्या सुन्छु। जनतासँग हुन्छु। म कामप्रति विश्वास गर्छु। नेताहरुले रुचाएपनि नरुचाएपनि नेताको घरमा गएर विश्वास गर्ने मान्छे म होइन। तर त्यसको फाइदा केही गणेश प्रवृत्तिका मान्छेहरुले लिए। ममाथि गलत डिसिजन भयो। त्यति मात्रै होइन। नयाँ मान्छे आएपछि पुराना मान्छेलाई हेर्नै छोड्ने। मन पर्दैन नेतृत्वलाई त्यो प्रवृत्ति थियो। फेरि २, ३ महिनामा नयाँ मान्छेपनि पुरानो भएपछि त्यो पनि मन पर्न छोड्ने। यो ठिक भएन नयाँ पुरानोलाई मिलाएर जानुपर्छ भन्ने मात्रै हो। यो तरिकाले कहीँ न कहीँ चोट लाग्छ नै।

सारा पार्टी छाडेर गइसके। विजय गच्छदार पनि छोडेर गए। जयप्रकाशजी पनि छोडेर जानुभयो। सबै सखाप भएको थियो केही थिएन बाँकी। त्यो बेलादेखि हामीले एक एक कडी जोडेर ठूलो पार्टीको चेन बनायौँ र आज आज रिजल्ट पनि आयो। आज ठूलो नेताको पनि इज्जत छ, यति सांसद छ मेरो पार्टीमा भनेर।

चुनाव प्रचारमा कोही नेता आएका छैनन्। सबै नेताहरु आफ्नो सिट बचाउन लागेको थियो। हामीले जितेको छ की हारेर बसेको छ के अवस्था भन्ने पनि कसैलाई मतलब थिएन्। हामीले कसरी जितेर आयौँ त्यो पीडा हामीलाई थाहा छ। राजपा र सांसदको एकता किन भयो आज। ठूलो पार्टी बनाउन न भयो। एउटा सन्देश दिनका लागि एकता भएको हो नि।

अब ठूलो पार्टी भइसक्यो। यसले लोकतन्त्र बलियो बनाउन सहयोग पुग्छ। संघीयता बलियो बनाउन पनि सहयोग पुग्छ। भोलिको दिनमा देशलाई झन् पहाड मधेश मिलाएर राम्रो काम गर्यो भने फड्को पनि मार्न सक्छ। नेपाली जनताको मत जित्यो भने।  काँग्रेस कम्युनिस्टलाई पछाडि पारेर एक नम्बर पार्टी बन्न सक्छ। काला गोरा निला सबै अनुहारका नेता हाम्रा छन्। सबै मिल्यो भने सबै जातजातीका छन्। सबै मिलेर गयो भने ठूलो पार्टी बन्न सक्छ।

हामीलाई पनि माया छ। माया नभएको होइन्। पार्टीलाई आफ्नो आमा ठान्छौँ। पुलिसको डण्डा, लातजुता खाएर योगदान गरेको मान्छेलाई सामान्य गल्तीले कारबाही गर्छ भने निश्चित रुपमा एक छिनका लागि पार्टीमा किन बस्ने भन्ने कुरा आएकै थियो। अध्यक्ष नै पछाडि परेपछि भोलीको भविष्य मेरो कहाँ त भनेर डुब्ने मान्छेले किनारा त खोज्छ। खोजेको अवश्य हो। सबै साथीहरुको सरसल्लाह आयो। पार्टीमा सुधार हुन्छ। तपाईहरुले गलत कदम नचालनुहोस्। तर्पाइहरू आफ्नो कदम सच्याएर पार्टीमा सुधारका लागि हामी कदम गर्छौं भनेर। अब निकास आउँछ। मजबुत हामी बनाउँछौँ। पार्टीलाई देशकै राम्रो पार्टी बनाउनलाई हामी प्रयास गर्छौ। सानो कार्यकर्तालाई पनि गाली गरेर होइन, फकाएर काम लिनुपर्छ भनेर नेतृत्वलाई सल्लाह दिन चाहन्छु। 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश
रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
सूर्यकुमारको उत्कृष्ट पारीमा भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य शनिबार, माघ २४, २०८२
गलोपाका २ समानुपातिक उम्मेदवारसहित ५ नेता कांग्रेस प्रवेश शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डको ह्याट्रिकसहित पाँच विकेटमा स्कटल्यान्डविरुद्ध वेस्टइन्डिज ३५ रनले विजयी शनिबार, माघ २४, २०८२
रोमारियो सेफर्डले बने २०२६ विश्वकपमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी शनिबार, माघ २४, २०८२
फागुन ६ गते जनकपुरमा कांग्रेसले मधेस सभा गर्ने शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
इरान–अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा शनिबार, माघ २४, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्