एजेन्सी-कोरोना भाइरस संक्रमणसँग जुधिरहेको स्पेनले आपतकाल लम्ब्याउँदै मे ९ सम्म पुर्याएको छ। बिहीबार स्पेनका राष्ट्रपतिले राखेको प्रस्ताव संसदले पास गर्दै आपतकालको अवधि मे ९ सम्म कायम गरेको हो।
स्पेनले तेस्रो पटक आपतकालको अवधि बढाएको हो। उसले मार्च १४ मा पहिलोपटक कोरोना संक्रमण फैलन नदिन आपतकालको घोषणा गरेको थियो। संसदले स्पेनभित्र र बाहिर हिँडडुलमा समेत कडाइ जारी नै राखेको छ।
स्पेन कोरोना भाइरस संक्रमित देशको सूचीमा दोस्रो स्थानमा छ। पछिल्लो समय नयाँ संक्रमित फेला पर्ने र अस्पताल भर्ना हुने दर घटे पनि संक्रमण फैलने जोखिम कम भइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।