एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासी प्रवेशमा अस्थायी रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्।
सोमबार मध्यरातमा उनले यससम्बन्धी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन्। अदृश्य शत्रुको आक्रमण अर्थात् कोरोना महामारीबाट बचाउन र अमेरिकी नागरिकको रोजगार बचाउन यस्तो निर्णय लिइएको उनले जनाएका छन्।
तर उनले आप्रवासनमा प्रतिबन्ध लगाउन कस्तो संयन्त्र प्रयोग गर्नेछन् र कति लामो समयसम्म यो लागू हुनेछ भन्नेबारेमा स्पष्ट भइसकेको छैन।
ट्रम्पको यो निर्णयको आप्रवासी समर्थक समूह र कारोबारी र उनका वैचरिक आलोचकहरुले विरोध गर्ने आँकलन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।