• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जहाँ वडाध्यक्षलाई लाग्छ - यहाँ सरकार छैन!

ऋग्वेद शर्मा/शिव बोहरा सोमबार, वैशाख ८, २०७७  १४:४५
1140x725

नागढुँगा- ‘अघिल्लो दिन राति खिचेको फोटो भिडियो, भोलिपल्ट ५ः२२ बजे अपलोड गरियो। त्यतिबेलासम्म त्यसको ब्यवस्थापन भइसक्थ्यो तर सरकारलाई थाहा भएन। त्यस्तो स्थितिमा मेरो आग्रह अनुरोध छ सरकारलाई जानकारी गराउनुहोस्’ यो भनाइ प्रधानमन्त्री केपी शर्मा ओलीको हो।

सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकबारे यदि सरकारले जानकारी पाएमा त्यस्तो दुःख भोग्नुपर्ने थिएन भन्ने प्रधानमन्त्रीको आशय र सरकारको काम गराइमा भने मेल देखिँदैन। आइतबार सरकारी सञ्चार माध्यमका सम्पादकसँगको कुराकानीमा प्रधानमन्त्रीको कुरा सुन्दा सरकार आफ्ना नागरिकबारे जानकार नहुँदा नागरिकले दुःख पाएको बुझिन्थ्यो। 

‘सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई म अनुरोध गर्न चाहन्छु कुनै ठाउँमा मान्छे अलपत्र परेको देख्नु भयो भने पर्खिएर त्यो अलपत्रताको, त्यो दुःखको प्रसारण भोलिपल्ट गर्ने होइन, हेलो सरकारको नम्बर त उहाँहरुलाई थाहा होला त्यसमा बताइदिए हुन्थ्यो। उहाँहरुले निन्दाको फेहरिस्त, गालीगलौजको फेहरिस्त दिनुभन्दा सरकारको कुनै निकायमा यस्तो छ यसको व्यवस्था होस् भनेर एउटा टेलिफोन गरिदिए हुन्थ्यो’ प्रधानमन्त्रीकै कुरा हो यो। 

तर तीन तहको यो शासन व्यवस्थामा नागरिकको दैलोमा नै सरकार छ। सरकार मातहतका अरु निकाय त नागरिक निगरानीमा हरक्षण छँदैछन्। यस्तोमा सडकमा निस्किएर घर फर्कने यात्रुका ताँति लागेको यतिका दिनसम्म सरकारलाई थाहा थिएन, पत्रकारले मात्र कहाँबाट थाहा पाए भन्नु हाँस्नसमेत नसकिने विषय हो। 

हिँडेर जाने यात्रुहरुलाई सिन्धुली, धादिङ, चितवन लगायतका केही स्थानमा स्थानीय तहले मिलेसम्मको बाटो गाडीमा पठाइदिने काम पनि गरिरहेकै छन्। ठाउँ ठाउँमा स्थानीय तह र नागरिकको समेत प्रयासमा खाना, पानीको व्यवस्था पनि भइरहेको छ। गएको शनिबार थानकोटबाटै पनि त्यही क्षेत्रकी नेकपाकी सांसद अञ्जना विशंखेलगायतको पहलमा अलपत्र केही नागरिकलाई गाडी चढाएर गन्तव्यमा पठाइएको थियो। 

गएको शुक्रबार सर्वोच्च अदालतले पनि बाटोमा हिँडिरहेका मजदुरका लागि निःशुल्क यातायात व्यवस्था गरेर घर लैजानु भन्ने आदेश दिएको थियो। स्थानीय तहसँग समन्वय गरेर जान चाहनेलाई लगत राखिकन पठाउनु भन्ने सर्वोच्चको आदेश आएको केही घन्टामै प्रधानमन्त्री ओलीले भने वालुवाटारमा केही मन्त्री राखेर ‘मजदुर जहाँ छन् त्यहीँ राख्नु, खाने कुरा नभए पुर्याउनु’ भन्ने निर्देशन दिएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

यता र उताका यस्ता रनभुल्लमा सडकमा दुःख पाइरहेका धेरै श्रमिकहरु दुःखमै छन्। थानकोटबाट नै शनिबार बेलुका तीन सय दुई जनालाई गाडीमा पठाएपछि आइतबार पनि दुई सयभन्दा बढी मजदुरहरु त्रिभुवन पार्कमा पुगेका थिए। तर हरेक दिन त्यसरी पठाउन सम्भव नहुने बताइयो। यतिका दिनदेखि हिँडिरहेका अरु जस्तै उनीहरु पनि हिँड्न कस्सिए। 

यसरी धुलिखेलको बाटो हुँदै पूर्व जानेहरु र थानकोटको बाटो हुँदै पश्चिम जानेहरुको ताँति सरकारले नदेखेको भने होइन। कि त प्रधानमन्त्रीलाई फेरि पनि झुक्याइएको छ कि त सरकार भनेको प्रधानमन्त्री मात्रै हुन्। होइन भने स्थानीय सरकारका केही अधिकारी त्यसरी हिँडेका गएका नागरिकको सहयोगका लागि पहिलो दिनदेखि लागिपरेका पनि छन्। 

त्यसरी नै हिँड्ने यात्रुहरुको सहयोगमा लागिरहेका चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठ नागढुंगामा चाउचाउ र पानी बाँडिरहेका भेटिन्छन्। 

प्रधानमन्त्रीले भनेका छन्- ‘भोकाएकालाई सरकारले उपयुक्त व्यवस्था गरेको छ। सरकारले थाहा पाउने वित्तिकै सडकमा मान्छे देखिँदैन किनभने त्यसको व्यवस्था सरकारले गरेको छ, गर्छ।’ तर काठमाडौंको प्रमुख नाका नागढुंगामा नै प्रकाश श्रेष्ठ जस्ता वडाध्यक्ष चाउचाउ र पानी बाँड्दै राम्ररी जानुहोला भनेर बस्न बाध्य छन्। किन त? 

काठमाडौंमा बस्न मुस्किल भयो भन्दै सयौँ किलोमिटर पैदल हिँडेका श्रमिकहरु उनीहरुले देखिरहेका छन्। त्यसैले सडकमा निस्किएर सकेको केही गरौँ भन्नेमा छन्। तर स्थानीय तहकै एक अंग उनीहरु आफू स्वयम नै सरकार हौँ भन्ने नजाने जस्तो ‘यो देशमा सरकार नै छैन’ भनेजस्तो प्रतिक्रिया दिइरहेका छन्। तीन तहको शासन व्यवस्थामा को सरकार हो र को होइन भन्ने यस्तो रनभुल्ल हुन नहुने हो। 

नागढुंगामा पैदल हिँडिरहेका श्रमिकलाई चाउचाउ र पानी बाँड्दै गर्दा भेटिएका चन्द्रागिरी नगरपालिकाका वडा नम्बर १२ का वडाध्यक्ष प्रकाश श्रेष्ठसँग हामीले केहीबेर कुराकानी गरेका छौँ-

यो बाटो श्रमिकहरु हिँड्दै घर जान थालेको त धेरै दिन नै भयो होइन र? कस्तो देखिन्छ अवस्था? 
कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउनमा छ। विगत २७/२८ दिनदेखिको लकडाउनले आवागमन समेत रोकिएको अवस्था छ। यसले मजदुर वर्गलाई निक्कै मार परेको देखिन्छ। त्यसैले सयौं मानिसहरु हिँडेरै आफ्नो घर जान तयार भएर हिँडिरहेका छन्। एक हप्ता अघितिर भन्दा जानेको संख्या अहिले भने कम छ। 

चन्द्रागिरी नगरपालीका काठमाडौं भित्रने र बाहिरिने सबैभन्दा ठूलो नाका भएकाले हामीले यहाँबाट हिँडेर घर जानेहरुका लागि पानी तथा चाउचाउ र विस्कुट उपलब्ध गराइरहेका छौं। चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ र सामाजिक संस्था सद्भाव नेपालले संयुक्त रुपमा यो काम गर्दै आएका छौं। हामीले यो काम मानिसहरु हिँडेर जान थालेदेखि नै गर्दै आएका हो। 

यसरी सामाजिक संस्थासँग चाउचाउ पानी बाँढ्ने भन्दा पनि नहुनेका लागि स्थानीय तहले अहिले राहत उपलब्ध गराउनुपर्ने होइन र?
लकडाउनको दोस्रो सातादेखि हामीले हाम्रो वडामा राहत वितरण थालेका हौं। वडामा खान मुस्किल भएकाहरुलाई हेरिरहेकै छौँ। त्यसलगत्तै बाटोमा बसेर हिँड्दै घर जाने पैदल यात्रुलाई निःशुल्क पानी तथा केही चाउचाउ वितरण गरिरहेका छौं। यसरी पानी वितरण गर्ने काम थानकोटमा ४ नम्बर वडाले पनि गरिरहेको छ। यो कामका लागि हामीले नेपाल प्रहरीसँग समन्वय गरेर गर्दै आएका छौं। 

दुःख नै पाएर हिँड्न बाध्यहरुलाई कतै पहल गरेर गाडीमा पठाउन सकिन्थ्यो कि?
५ सय किलोमिटरभन्दा बढीसम्म हिँडेर जान तयार भएका मानिसहरुलाई हामीले प्रहरीसँग समन्वय गरेर भेटिएसम्म मालबाहक ट्रकमा राखेर पठाइदिने गरेका पनि छौं। बर्दिया जाने मानिसलाई उता जाने ट्रक भेटिएन भने हेटौंडा जाने ट्रकलाई नारायानघाटसम्म भने पनि छोडिदिनु होला भनेर पठाउने गरेका पनि छौं। 

बिहान कमाएर बेलुका खानुपर्ने श्रमिक वर्ग लकडाउन लम्बिएसँगै हिँडेरै घरजान तयार भएजस्तो लाग्छ मलाई। यहाँ भोकै मर्नभन्दा घरै गएर मरौं भन्ने लागेर मानिसहरु हिँड्न तयार भएका हुन्। मानिसहरुले ज्यादै नै दुःख पाइरहेका छन् उनीहरुलाई कुनै व्यवस्था गरेर राख्ने वा सुरक्षित पठाउने भन्नेमा राज्यले पनि सोच्नुपर्ने हो, यस्तो देख्दा त लाग्छ कि यहाँ सरकारै छैन।

वडाध्यक्ष प्रकाश श्रेष्ठ

यसरी हिँडेर जानेहरुलाई तपाइँकै १२ नम्बर वडामा पर्ने नागढुँगा वरपर कतै सुरक्षित हिसाबले राख्ने व्यवस्था गर्न सकिँदैन?
हामीले मानिसहरुलाई यहाँ क्वारेन्टाइनमा राख्ने कि भन्ने पनि सोचेका हौं। तर यो त देशभरिकै नाका हो। यहाँ त हजारौं मानिसहरुको आवतजावत हुन्छ। उहाँहरु सबैलाई सुरक्षित रुपमा राखेर खाना खुवाउन त हामीबाट मात्र सम्भव छैन। 

त्यसमा पनि कोठाबाट आएकाहरु यहाँ बस्न तयार छैनन्। उनीहरु जसरी हुन्छ घरै जाने भन्ने छ। त्यही भएर हामीले सकेको सहयोग र सहजीकरण गरिरहेका छौं। यसका लागि आवश्यक पर्ने पैसा नगरपालिका र विभिन्न सामाजिक संस्थाबाट जोहो गर्दै आएका छौं। 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १४:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्