• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बुटवल : लकडाउनयता ५ हजारको स्वास्थ्य परीक्षण, ७ हजार परिवारलाई राहत

१३०० पैदल यात्रुको उद्दार, ३७ जनाको पीसीआर टेष्ट, सबैको नेगेटिभ
64x64
दीपक घिमिरे सोमबार, वैशाख ८, २०७७  ०७:४२
1140x725

भैरहवा–बुटवलमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सचेतना, सजगता र स्वास्थ्य परीक्षणका काम भइरहेका छन्। सँगसँगै राहत वितरणका काम पनि चलिरहेका छन्।

बुटवल उपमहानगरपालिकाले निर्माण गरेका क्वारेन्टाइनमा रहेका र उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा आएकाहरु सबैको परीक्षण गरिएको छ। बुटवलले १९ वटै वडालाई लक्षित गरेर फिभर क्लिनिक सञ्चालन गरेको छ भने स्वास्थ्यकर्मीलाईं हटलाइन सेवामा खटाएको छ।

उपमहानगर प्रमुख शिवराज सुवेदीले परीक्षणको दायरा बढाउनु र लकडाउनको पूर्ण पालना गराउनु नै अहिलेको मुख्य चुनौती रहेको बताउँदै नगरमा राहत वितरण, सचेतना र सावधानीका काम भइरहेको जानकारी दिए।

‘फिभर क्लिनिकमार्फत् अवस्था पहिचान र दर बढ्न नदिन देशैभरि परीक्षणको दायरा बढाउँदै लगिएको छ र समुदायस्तरमा सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिएको छ’ प्रमुख सुवेदीले भने। निजी क्षेत्र, समाजसेवी र मनकारीहरुको सहकार्यमा पैदल यात्रीको उद्दार, खानपान र यातायातकोसमेत व्यवस्था मिलाएको उनले बताए। 

झण्डै १३ सय पैदल यात्रीको उद्दार

यो अवधिसम्म बुटवलले विभिन्न ठाउँबाट पैदल यात्रा हुँदै बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका पैदल यात्रुलाई उद्दार गरेको छ। उनीहरुलाई बुटवल १ र १२ मा त्यहाँका वडाध्यक्षहरुकै नेतृत्वमा खाने, बस्ने र बसमार्फत् आ–आफ्ना ठाउँमा पठाउने काम भइरहेको छ।

शनिबारमात्रै एक सय ७५ जनालाई बस र टिपरमार्फत् बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं. १२ का अध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए। आइतबारसम्म एक हजार तीन सय जनासम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको उनले बताए। 

बुटवलले वडा नं. १२ तामनगरमा रहेको कोरियन टेक्निकल कलेजको खाली भवनमा क्वारेन्टाइन निर्माण गरेको छ। त्यहाँ १६ जनालाई राखिएको छ। सोही ठाउँमा क्यान्टिन सञ्चालन गरेर अर्गानिक खाना खुवाउने काम भइरहेको बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । उनले लकडाउन र परीक्षणले नै संक्रमणको दिशा र दशा तय गर्ने भन्ने कुरालाई राम्रोसँग बुझिएको बताए।

nimb
nimb

३७ जनाको पीसीआर टेष्ट, सबै नेगेटिभ

क्वारेन्टाइनमा रहेका र त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पतालमार्फत् कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएका बिरामीको भने पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट नमुना परीक्षण भएको छ। आइसोलेशनमा रहेका ३७ जनाको उक्त विधिबाट नमुना परीक्षण भएको र यी सबैको नतिजा नेगेटिभ आएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले बताए।

क्वारेन्टाइनमा बसेकाको आरडीटी टेष्ट

यसैगरी बुटवलले निर्माण गरेको क्वारेन्टाइनमा हाल १६ जना रहेका छन्। उनीहरुलाई बुटवल–१२, तामनगरमा राखिएको छ। उनीहरु त्यहाँ बसेको १६ दिन पुगेको छ। यतिञ्जेलसम्म उनीहरुमा कुनै संक्रमणको लक्षण देखिएको छैन । उनीहरुलाई र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गरिएको उपमहानगरका स्वास्थ्य शाखाका प्रमुख सिंहले जानकारी दिए। यो परीक्षणमा पोजेटिभ देखिएमा मात्रै पीसीआर विधिबाट परीक्षण गर्नुपर्ने हुन्छ । 

लकडाउन यता झण्डै पाँच हजारको स्वास्थ्य परीक्षण

बुटवल उपमहानगरका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुसहित लुम्बिनी प्रादेशिक अस्पतालमा गरेर हालसम्म झण्डै पाँच हजार जनाको स्वास्थ्य परीक्षण भएको छ। ज्वरो आएका, रुघाखोकी लागेर कोरोनाको आशंका लागेकासहित अन्य विभिन्न रोगका बिरामीहरु स्वास्थ्य परीक्षणका लागि ती संस्थामा आएका हुन् । बुटवलका स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि प्रादेशिक अस्पतालमा पठाइएका उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको र कसैमा पनि कोरोनाको लक्षण नदेखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले जानकारी दिए ।

झण्डै सात हजार परिवारलाई राहत वितरण

बुटवलमा दैनिक ज्यालादारी गर्ने विपन्न अवस्थाका श्रमिकका परिवारको लगत संकलन गरि राहत वितरण गरिएको छ। लकडाउनको पहिलो चरणमै उनीहरुको लगत संकलन गरेर राहत वितरण सुरु गरिएको थियो । जसअनुसार करिब सात हजार परिवारलाई अहिले दोस्रो चरणमा राहत वितरणको काम भइरहेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए। राहत वितरणको कामलाई प्रभावकारी, व्यवस्थित र लक्षित समुदायमा सहजै पु¥याउनका लागि बुटवलले नै मुुलुकमै पहिलोपटक कार्यविधि बनाएको प्रवक्ता रेग्मीको दाबी छ । सोही कार्यविधि अनुसार सामाजिक निजी क्षेत्र र संघसंस्थाको सहकार्यमा राहत संकलन तथा वितरणका काम भइरहेका छन्।

भैरहवासहित देशका ११ ठाउँमा प्रयोगशाला

देशभर भैरहवाको राष्ट्रिय गहुँ बाली अनुसन्धान केन्द्रसहित विभिन्न ११ ठाउँमा पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट नमुना परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा छन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधामको जनकपुर प्रादेशिक अस्पताल, पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित प्रादेशिक अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल, हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, धुलिखेलको काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल तथा चितवनको भरतपुर कोभिड–१९ डाइग्नोस्टिक प्रयोगशाला र विराटनगरको कोसी अञ्चल अस्पतालमा परीक्षण भइरहेका छन्।


 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  ०७:४२
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अप्पर त्रिशुली हाइड्रोको टनेलमा फसेका ३५० सहित सेनाद्वारा ८८३ जनाको उद्धार बिहीबार, भदौ ११, २०८३
भीषण बाढीका कारण थप पत्रकार परिवारसहित सम्पर्कविहीन : खोजी र उद्धारका लागि माग बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : अहिलेसम्म ३८९ शव फेला, सबैभन्दा बढी चितवनमा १३७ भेटिए बिहीबार, भदौ ११, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाढी प्नभावित क्षेत्रमा एनसेलले १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्यायो बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्