• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनले विश्वका सहरहरुकाे वायुको गुणस्तरमा सुधार

64x64
प्रजु पन्त सोमबार, वैशाख ८, २०७७  १२:०२
1140x725
सिंगापुरको एउटा सडकको दृश्यलाई यहाँ सांकेतिक रुपमा प्रयोग गरिएको हो।

काठमाडाैं- लकडाउनका कारण विश्वका विभिन्न सहरहरुको वायुको गुणस्तरमा सुधार आएको पाइएको छ। लकडाउनपछि ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका नेपालका तीनजना र जर्मनी तथा अष्ट्रेलियाका तीनजना अनुसन्धानकर्ताहरुले करिब तीन हप्ता गरेकाे अनुसन्धानले विश्वका सहरहरुमा वायु प्रदूषण उल्लेख्य घटेको देखाएको हाे।

ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता र अनुसन्धानमा संलग्न वैज्ञानिक उतमबाबु श्रेष्ठका अनुसार वायु प्रदूषणको मात्रा उस्तै पाइएको हो? ‘हामीले विश्वका ३५ देशका ४० सहरमा भएका ३०१ वटा स्टेशनबाट संकलित ६ वटा वायु प्रदूषण गर्ने रासायनिक तत्वहरू धुलोको कण, नाइट्रोजन डाइ अस्काइड, ओजन, कार्वन मोनोअक्साइड, सल्फरडाइ अस्काइडको तथ्यांकहरु केलायौं,' ’श्रेष्ठले भने, ‘यसअघि स्याटलाइटबाट संकलित तस्बिरको विश्लेषण गरेको मात्रै कुराहरू आएका थिए। सम्भवत यो धेरै सहर समेटिएको र जमिनमा भएको वायु प्रदूषण मापन गर्ने उपकरणमार्फत् संकलित तथ्यांकलाई विश्लेषण गरिएको पहिलो अध्ययन होला। विश्वभर केहि सहरमा प्रदूषणको मात्रा घटे पनि केहिमा नघटेको पायौं।’

डा. अषेश्वर मान श्रेष्ठ, डा. उत्तमबाबु श्रेष्ठ, रोशन शर्मा, डा. सुरज भट्टराई, हान ट्रान र डा. महेश्वर रुपाखेतीको संयुक्त टोलीले विश्वका ६ वटै महादेशका ३५ देशका ४० सहरको वायु प्रदूषणको अवस्था बारेमा अनुसन्धान अर्थ आर्जिभमा प्रिप्रिन्टको रुपमा प्रकाशित छ। उक्त अनुसन्धान पियररिभ्यू हुन बाँकी नै छ।

'हामीले गत वर्षको फेब्रुअरी, मार्च र यो वर्षको फेब्रुअरी र मार्चको वायु प्रदूषणको कारक मानिने धुलोको कण, कार्वनमोनो अक्साइड, नाइट्रोजन डाई अक्साइड, सल्फरडाई अक्साइड, ओजन गरी छ प्रकारका रासायनिक तत्वहरुको वायुमा भएको मात्राको तुलनात्मक अध्ययन गरेका हौं,' ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लीनरी स्टडिजका अनुसन्धानकर्ता डा. अषेश्वर मान श्रेष्ठले भने, 'त्यसको साथै हामीले गत एक सय दिन यताको प्रदूषणको अवस्था र लकडाउनको कारण त्यसमा आएको फरक पनि विश्लेषण गरेका छौं।'

यसअघि विभिन्न संचारमाध्याममा स्याटलाइट तस्बिरहरुको आधारमा प्रदूषण घटेका तथ्य आएका थिए।

'स्याटलाइट तस्बिरहरु त्यसरी आखाँले हेरेर गरेको विश्लेषणमा त्रुटी पनि हुनसक्ने भन्ने आशंका आइरहेका छन्,' अष्ट्रेलियाको आरएमआइटी विश्वविद्यालयमा पिएचडी अध्ययन गरिरहेका रोशन शर्माले भने, ' त्यसैले हामीले सहरमा राखिएका प्रदूषण मापन गर्ने उपकारणले संकलन गरेका तथ्यांक प्रयोग गरेर अनुसन्धान गरेका हौं। सम्भवत यो धेरै सहरको वायु प्रदूषणको अवस्था हेरिएको पहिलो अध्ययन होला।' उनले ३०१ वटा स्टेशनबाट लिइएको तथ्यांकलाई केलाएकाे बताए।

अनुसन्धान अनुसार २.५ माइक्रोग्राम भन्दा साना साइजका धुलोका कण गत वर्षको फेब्रुअरीमा भन्दा अहिले १७ सहरमा र गत मार्चभन्दा यसपालीको मार्चमा १४ सहरमा कम भएको छ।

भिएना, लन्डन, आर्मस्ट्रेडम, न्युयाेर्क, सिड्नीजस्ता सहरहरुमा धुलोको मात्रामा उल्लेख्य कमी आएकाे छ।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउनका कारण संसारकै प्रदुषित सहरहरु बैगलोर, बैंकक, वेइजिङ, दिल्ली, नांनजिङ, वुहान, उलनवटोरमा धुलोको मात्रामा उल्लेख्य कमी भएको छ। ती सहरहरुमा ठूलो साइजका धुलोको कण पिएम १० को मात्रामा पनि उलेख्य फरक आएको छ। काठमाडौंको वायुमा गत वर्ष फेब्रुअरीको भन्दा यसपाली फेब्रुअरीमा बढे पनि मार्चपछिको वायुमा विषेश गरी लकडाउनपछि उल्लेख्य सुधार भएको छ।

त्यसैगरी विभिन्न सहरहरुमा गाडी र कलकारखानाहरुबाट निस्कने नाइटोजन डाई अक्साइडजस्ता धुँवाको अनुपातमा पनि उल्लेख्य कमी आएको छ। लकडाउनपछि संसारका १९ सहरमा नाइटोजन डाई अक्साइडको प्रदूषणमा कमी आएको छ।

त्यसैगरी कार्वनमोनो अक्साइडमा पनि उल्लेख्य कमी आएको छ।

यद्यपि याे प्रदूषणकाे मात्रा संसारका सबै सहरमा एकैनासले कमी भएको छैन। लकडाउन नभएका सहरमा भने बढेकाे छ। सल्फरडाइ अक्साइड, ओजनजस्ता हानीकारक रसायन पनि कतै बढेकाे छ कतै घटेकाे छ।

Xtrem

Xtrem

'यसरी प्रदूषण घटबढ हुनुमा स्थानीय प्राकृतिक स्रोतहरु जस्तैः आगलागी, कृषिका लागि लगाइने आगोले पनि ठूलो भूमिका खेल्छ। जुन दक्षिण एशियामा झनै प्रभावकारी हुन्छ,' जर्मनस्थित इन्स्टिच्युट फर एडभान्सड् सस्टनिविलिटी स्टडिजका अनुसन्धाकर्ता डा. महेश्वर रुपाखेतीले भने' 'त्यसको साथै यूरोपियन सहरहरुमा घरबाट निस्कने प्रदूषण पनि प्रमुख हुन्छ जुन अहिले घटेको छैन्।'

कोभिड १९ बाट मानवीय, आर्थिक र सामाजिक मूल्यमा ठूलो क्षति छ। याे क्षति रोक्न गरिएको लकडाउनले संसारभर वायु प्रदूषण घटाएको छ। यद्यपि संसारका कोहि पनि मान्छे वायु प्रदूषण यसरी घटोस् भन्ने चाहदैनन् लेखमा उल्लेख गरिएको छ।

ध्यान दिनुपर्ने कुरा वायु प्रदूषणले वर्षेनी ७ लाख मानिसको ज्यान लिन्छ। विश्वको १० मध्ये ९ जना मानिस विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा बढी प्रदुषित ठाँउमा बस्छन्। अमेरिकामा गरिएको पछिल्लो अध्ययनले वायु प्रदूषणका कारण कोरोना भाइरस लागेको बिरामी मर्ने संभावना बढी हुने देखिएको छ।

'त्यसैले निरोगी बन्न मात्रै होइन, रोग लाग्दासमेत मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने वायु प्रदूषण घटाउन पनि संसारका सरकारहरु गम्भीर बन्नु पर्छ भन्ने हाम्रो अनुसन्धानको सन्देश हो,' डा. उत्तम बाबु श्रेष्ठले भने, 'यतिखेर नेपालका अनुसन्धानसंस्थाहरु विश्वविद्यालयहरु अलमलमा परेका छन्। तर, हामीले नेपालमा बसेर सानै भए पनि विश्वस्तरिय बिषयको अनुसन्धान गर्न सकिन्छ भनेर प्रयास गरेका हौं।'

'नेपालमा बसेर न्युयाेर्ककाे वायु पनि त विश्लेषण गरौं न त भन्ने भावनाले हामीले लकडाउनको समयमा करिब तीन हप्ता दिनरात नभनी स्वंयसेवी रुपमा काम गरेका हौं', ग्लोवल इन्स्टिच्यूट फर इन्टरडिस्प्लीनरी स्टडिजका डाइरेक्टर डा उत्तमबाबु श्रेष्ठले भने।

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १२:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
भारतीय सेनाका एडजुटेंट जनरल कौशिक नेपाल भ्रमणमा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिममा एकै वर्ष दोस्रोपटक बजेट, ३७ अर्ब ७० करोड विनियोजन आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
अस्ट्रेलियाका प्रधानमन्त्रीले भने– विजया दशमीको शुभकामना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्