• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पश्चिम बंगाल सरकारले मेची नाका बन्द गरायो, नेपालले खोल्न पहल गर्दै

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ४, २०७७  १३:३०
1140x725

काठमाडौं-नेपालसँग जोडिने मेची नाका एकतर्फीरुपमा बन्द गरिएको छ। मानिसहरुको आवतजावतमात्रै रोक्ने गरी भएको लकडाउनविपरीत पश्चिम बंगाल सरकारले नाका बन्द गरिदिएको हो। 

नेपालले वैशाख ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउन अवधिभर मानिसहरुको आवतजावत रोके पनि मालवस्तु ढुवानीमा अवरोध नपुर्‍याउने उल्लेख छ। ‘भारतको केन्द्र सरकारले पनि मालवस्तु ढुवानी सहजीकरण गर्नु भनेको छ,’ भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने, ‘तर त्यसविपरीत प्रदेश सरकारले सीमा बन्द गराएको जानकारी आएको छ, अब खुलाउने प्रयास गर्छौँ।’ 

मेची नाका बन्द भएको जानकारी पाएपछि दाहालले अर्थमन्त्री, अर्थसचिव र वाणिज्य सचिवलाई यसको जानकारी गराइसकेका छन्। वाणिज्यले नाका खुलाउन पहल अघि बढाउने छ। 

मेचीनगरका जनप्रतिनिधिकै दबाब

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै केही दिनअघि मेचिनगर नगरपालिकाका प्रतिनिधि भन्सार पुगेर वैदेशिक व्यापार बन्द गर्न दबाब दिएका थिए। उनीहरुले भारतबाट सामान भित्र्याउँदा रोग संक्रमणको पनि डर बढेको भन्दै भन्सार बन्द गर्न दबाब दिएका हुन्। 

स्थानीय जनप्रतिनिधिको दबाबकाबीच चलिरहेको भन्सार भारतले आयात–निर्यात रोकिदिएपछि बन्द भएको छ। 

के हुन्छ भन्सार बन्द हुँदा?

चालु आर्थिक वर्षको चैत महिनामा ३८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य भन्सार विभागले राखेको थियो। गत वर्ष २७ अर्ब रुपैयाँ राजस्व संकलन भएकाले यो वर्ष केही धेरै रकम उठ्छ भन्ने अनुमानका आधारमा यो लक्ष्य राखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन हुनुअघि अर्थात् चैत १० गतेसम्म भन्सारले दैनिक १ अर्ब रुपैयाँ राजस्व उठाइरहेको थियो। अर्थात् १० दिनमा १० अर्ब रुपैयाँ राजस्व उठेको थियो। तर त्यसपछिको २० दिनमा जम्मा २ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। 

‘व्यापार बन्द हुनु भनेको देशको मुटु बन्द हुनु हो,’ महानिर्देशक दाहाल भन्छन्, ‘अहिले त्यही अवस्था आउन लाग्यो।' भारतले नाका बन्द गरिदिएपछि नेपाल आउन लागेका करिब १५० ट्रक भारतीय भूमिमा रोकिएका छन्।’ 

तीमध्ये एलसी खोलिएका गाडीको बैंकमार्फत् गन्तव्य परिवर्तन गराउने र ड्राफ्ट टिटीमार्फत् आएका सामान वाणिज्य विभागमार्फत् गन्तव्य परिवर्तनको तयारी गरिएको दाहालले जानकारी दिए। 

अन्यत्र फैलिने जोखिम

Xtrem

Xtrem

भन्सार विभागले यो समस्या अन्यत्र फैलिन सक्ने जोखिमका रूपमा विश्लेषण गरेको छ। मेची नाकामा जस्तै समस्या वीरगञ्ज, विराटनगर र भैरहवामा आए त्यसले नेपालको अन्तर्राष्ट्रिय व्यापार नै ठप्प पार्ने भएकाले समयमै समस्या पार्ने विभागको बुझाइ छ। 

‘अहिले मेचीमा देखिएको समस्या यस्तै कुनै बहानामा अन्यत्र फैलियो भने हाम्रो व्यापार बन्द हुन्छ,’ दाहाल भन्छन्। मेचिनगर तुलनात्मकरूपमा कम व्यापार हुने नाका हो। यस्तै समस्या अन्यत्र फैलिए नेपालको विदेशी व्यापार ठप्प हुन्छ। 

‘सरकारले मानिसको आवातजावत रोके पनि मालवस्तु ओसारपसार नरोकिने स्पष्ट पारिसकेको अवस्थामा स्थानीय तह वा प्रदेशले त्यसको समन्वय नगर्नु दुखद हो,’ दाहालले भने।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १३:३०
  • #Novel Corona Virus
  • #mechinaka

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्