• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ठुँची, प्रेमबहादुर र प्रधानमन्त्री  

रोगको चिन्तामा भोक कसरी बिर्सने?
ऋग्वेद शर्मा/विश्वास खनाल बिहीबार, वैशाख ४, २०७७  १४:०५
1140x725

काठमाडौं- प्रधानमन्त्रीले भनिरहेका छन्- यो भावुक हुने समय होइन। तर दुई छाक खानै मुस्किल भएर लकडाउन पालना गर्न नसकेका नागरिकको दुःख वालुवाटारबाट सायद देखिएको छैन। होइन भने त विकल्पविहीन भएर हिँडेरै घर जान तयारले प्रहरीको लाठी खानुपर्ने थिएन। भोको पेटमा ‘लाठीको स्वाद’ झनै कडा लाग्दो रहेछ। 

शान्त भएर पटुका कसेर कोठाभित्रै सुतिरहन नसकेकैले होला उनीहरु सयौँ किलोमिटर पैदल हिँडेर आफ्नै थातथलो फर्कन लागिपरेका। लकडाउनमा रहेको सरकारले भावुक नहुन भनिरहँदा पनि सडकमा बेहाल देख्नेको मन सम्हालिन सक्दैन। प्रश्न सोध्न बर्जित जस्तो यो समयमा प्रश्न अझ कडा बनेको छ- ‘रोगको चिन्तामा भोक कसरी बिर्सने?’

भोको पेटमा सरकारको कुरा मानेर लकडाउन पालना गर्न बर्दियाकी ठुँची थारुलाई जस्तै समस्या हुनेहरु अहिले बढिरहेका छन्। बास भएको ठाउँमा गास छैन, गास मिल्ने ठाउँमा बास छैन। कोठामा भएको चामलतामल सकियो, कति दिन भोकै बस्नु? यसैले ठुँची ललितपुर धापाखेलबाट हिँड्दै बर्दिया जान बुधबार दिउँसो चार बजेतिर कलंकी पुगेकी थिइन्। 

कलंकी पुगेपछि उनमा आश जागेको थियो- ‘मेरो दुःख देखेर सरकारले ट्रक चढाएर पठाइदेला।’ तर ठुँचीलाई ट्रक चढाइदिन होइन त्यहाँ सरकारको उपस्थिति उनीहरुको बाटोमा तगारो बन्न मात्र थियो। साथ दिन थिएन। 

ठुँची थारु

ठुँची जस्तै सँगसँगै रहेका झण्डै ५० जनाले बुधबार बेलुकी हिँडेर घर जाने सोच पूरा गर्न सकेनन्। प्रहरीले लाठी हानेर उनीहरुलाई आएकैतिर फर्कायो। बेहाल उनीहरु सडकपेटीमा अझै पनि घर पठाइदिने ‘सरकारको ट्रक’ पर्खिरहेका थिए। बिहीबार बिहानसम्म पनि पर्खिरहेकै छन्।

ठुँचीलाई नै त अझ खुट्टामा समस्या छ। लकडाउनअघि त्यसैको उपचारका लागि उनी काठमाडौं आएकी थिइन्। 

‘औषधी गराउन पनि पाइनँ, मेरो उपचार गर्ने डाक्टर नै भेट्न सकिनँ। मेरो खुट्टा असाध्यै दुख्छ बाबु’ उनले सुनाइन्। प्रधानमन्त्रीले भावुक हुने समय होइन भनेको ठुँचीले सायद सुनेकी छैनन्। होइन भने उनले सडकमा त्यसरी दुःख देखाउने थिइनन्। 

‘मेरो त यहाँ नागरिकता नभएकाले वडा कार्यालयले दिएको रासन पनि पाइनँ। छोरी ज्वाईंसँग बसिरहेको थिएँ, अब त पैसा पनि सकियो। उनीहरु पनि मजदुरी गरेर नै खाने हुन्। म त हिँडेरै जान पनि मुस्किल छ, बिरामी मान्छे अब सरकारले नहेरे कसले हेर्छ मलाई?’ 

Ncell 2
Ncell 2
nimb
nimb

आश गरौँ, ठुँचीको प्रश्नबाट सकिएको दुःखेसोको जवाफ सरकारले सोचिरहेकै होला। अझै ढिला नहोस्।

                                                                    ०००
ठुँची नजिकै थिए प्रेमबहादुर चौधरी पनि। दुःख उही- यहाँ सबै सकियो घर जान पाए हुने हो। 

प्रेमबहादुरको काखमा सानो नानी मामु भन्दै निरन्तर रोइरहेकी थिइन्। बर्दिया जान लागिपरेको त्यो समूहमा लालाबाला, बुढाबुढी र बढिजसो महिला थिए। आफू जसोतसो सम्हालिएकालाई पनि सन्तानको मन बुझाउन मुस्किल थियो। 

यसैले प्रेमबहादुरले भनिरहेका थिए- ‘ट्रकमा पठाइदिनुहुन्छ वा हिँडेरै जान दिनहुन्छ, कसरी पठाइदिनुहुन्छ त्यो तपाइँहरुको कुरा, तर यहाँ केही छैन, बाँच्नका लागि पनि घर त पुग्नैपर्छ।’

प्रेमबहादुर चौधरी

काम हुञ्जेल र खाने कुरा नसकिँदासम्म प्रेमबहादुरले यसरी सरकार गुहारेका थिएनन्। अहिले त मुस्किल भएरै हो, उनी सडकमा निस्किएका। परिवारको जिम्मेवारी लिएका उनले आफ्नो बारेमा मात्र सोच्न पो कहाँ सकछन् र! होइन भने त कोरोना भाइरस (कोभिड १९) को डर उनलाई पनि छ। 

‘पहिले त लकडाउन छिटै खुल्ला भन्ने सोच्यौँ। एक हप्ता, दुई हप्ता भन्दाभन्दै यत्रो दिन बित्यो। पर्खंदा पर्खंदै रासन पनि सकियो। अब बच्चाहरु कसरी पाल्ने? कोठा भाडा कसरी तिर्ने?’, प्रेमबहादुरले एक मेसोमै सबै दुःख सुनाउँदै थिए, ‘वडाबाट पाँच किलो चामल पाएको थिएँ, त्यसले चार दिन त खायौँ। पैसा नहुँदा तरकारी त कसरी खानु, विकल्प नभएपछि अब हिँडेरै घर जान लागेका हौँ। तर हिँडेरै जान पनि पुलिसले लखेटिहाल्यो।’

हुन त प्रेमबहादुरले आफूले मजदुरी गर्ने ठाउँका ठेकेदारलाई पनि नगुहारेका होइनन्। ठेकेदारको जवाफ थियो- ‘कामै नगरी मैले तिमीहरुलाई पैसा कसरी दिनु? मलाई पनि त सरकारले दियो भने त हो।’

खोजिएका विकल्पहरु सबै बन्द भएकाले नै प्रेमबहादुरले हिँडेर बर्दिया जाने विकल्प रोजेका थिए। ठुँचीले जस्तै। ठुँची र प्रेमबहादुरले जस्तै अरु धेरैले। 

कति हिँडेरै घर पुगिसके, कति घर पुग्ने बाटोमा नै छन्। तर ठुँची र प्रेमबहादुर भने जान पाएनन्। यसैले प्रश्न गर्न बाध्य भएका हुन्- ‘हामि त दैनिक ज्याला मजदुरी गरेर खाने मानिस अब कसरी बाँच्ने? काम भएन भने त के गरी बस्ने?’

प्रेमबहादुरले कोरोना भाइरस (कोभिड १९) को जोखिम पनि बुझेका छन्। त्यसबाट जोगिन गर्नमिल्ने प्रयास पनि। सरकारले गरेको लकडाउनको निर्णय पनि। तर पनि उनी सडकमा ननिस्कि बस्न सकेनन्। लकडाउनको समय दुई पटक थपिँदासम्म त जसोतसो अडेकै थिए, तेस्रो पटक पनि लकडाउन थपिएपछि भने उनले विकल्प देखेनन्। 

‘सरकारले यो लकडाउन नियम गरेको त ठिकै हो तर हामी बिच्चल्लीमा परेकाले गाह्रो भयो। बरु हामीलाई घर जाने व्यवस्था मिलाइदिए हामी त्यहिँ नै क्वारेन्टाइनमा बस्न तयार छौँ अनि घरमै जे पाउँछौँ त्यहि खान्छौँ’ प्रेमबहादुरले भने। 

                                                                                       ०००
मुस्किलको यो समय सहरको ठाउँमा ठुँची र प्रेमबहादुर जस्ता धेरैले विकल्प देखिरहेका छैनन्। मन नहुँदा नहुँदै पनि पैदलै घर फर्कन सडकमा निस्कन बाध्य छन्। बुढाबुढी र केटाकेटी लिएर कसरी कति दिनमा घर पुगिएला त्यो त थाहा छैन, तर पनि हिँडिरहेकै छन्।

उनीहरु भावुक बनिरहेका हुन् या समस्यामा परेका हुन् सरकारले खुट्याएकै होला। उनीहरुको आश पनि सरकारसँग नै छ। आफ्नै सरकारसँग। आफैले भोट हालेको सरकारसँग। 

यदि प्रधानमन्त्रीले भनेजस्तै मानिसहरु बढी नै भावुक भइरहेका हुन् भने पनि अझ बुझिने गरी भनिदिनुपर्यो- अहिले भावुक नभइ कोठामा नै बसिरहनुहोस्, कोरोना कहर सकिएपछि चन्द्रागिरीमा गएर भावुक हुँदै कविता लेखौँला!

भिडियोमा हेर्नुहोस्,

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०७७  १४:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्