एजेन्सी–कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले एसियाको आर्थिक वृद्धिदर ६० वर्य यताकै कमजोर हुने प्रक्षेपण सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले यो क्षेत्रको आर्थिक वृद्धिदर ६० वर्षकै कमजोर रहने जनाएको हो।
यो क्षेत्रको सेवा क्षेत्रमा भएको ह्रास र यहाँका निर्यात गन्तव्यमा कोरोनाको उच्च प्रभाव रहँदा एसिया प्रभावित बनेको हो। मुद्रा कोषले कोरोना संक्रमणको जोखिमका कारण यात्रा प्रतिबन्ध र अन्य निर्णयका कारण परिवारहरुमा परेको प्रभाव कम गर्न विशेष सहयोग दिइनुपर्ने पनि जनाएको छ।
‘ुविश्व अर्थतन्त्रमा ठूलो चुनौती र अनिश्चितता देखिएका छन्। एसिया प्रशान्त क्षेत्र यसको अपवाद हुन सक्दैन। यो क्षेत्रमा कोरोना भाइरसको असर भयानक हुने देखिन्छ। अझ भनौँ निकै कडा हुनेछ,’ मुद्रा कोषका निर्देशक च्याङयोङ रिले भनेका छन्।
विश्व अर्थतन्त्रको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण गरेको मुद्रा कोषले सन् २०२० मा एसियाको वृद्धिदर शून्य हुने पनि जनाएको छ। यो अवस्था ६० वर्षयता पहिलोपटक देखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।