काठमाडौं–दक्षिणी सीमा नाकामा थप ८ हजारभन्दा बढी सशस्त्र प्रहरी खटाइएको छ। लकडाउन उल्लंघन गरेर भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न भन्दै थप जनशक्ति खटाइएको हो। कारोना भाइरस (कोभिड १९) को संक्रमण जोखिम कम गर्न भन्दै सरकारले विभिन्न बाहिनीबाट तराईमा सुरक्षाकर्मी खटाइएको छ ।
जस अनुसार सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीबाट १ हजार ५ सय ४९, २ नम्बर छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट ३ हजार २ सय ६२, ३ नम्बर गढीमाई बाहिनी मुख्यालय मकवानपुरबाट १९, ४ नम्बर मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीबाट १८, ५ नम्बर बिन्धबासिनी मुख्यालय रुपन्देहीबाट २ हजार ४ सय २० र ७ नम्बर वैद्यनाथ बाहिनी मुख्यालय कैलालीबाट १ हजार १ सय १५ गरेर ८ हजार ३ सय ८३ सशस्त्र प्रहरी खटाइएको गृह मन्त्रालयले जानकारी दिएको छ।
यसअघि कोरोना संक्रमणलगत्तै पाँच हजार जनशक्ति सीमामा थप गरिएकोमा बैशाख १ गते गृहमन्त्रीले पहाडी र हिमाली जिल्लाका समेत दरबन्दी घटाएर सीमामा खटाउन निर्देशन दिएका थिए।
गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालय सम्हालेपछि सीमा क्षेत्रका ८७ वटा बिओपीबाट १२० पुर्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।