राजविराज– रियल टाइम पोलिमरेज चेन्ज रियाक्शन (पिसिआर) टेस्टका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका सप्तरीका सात जनाकाे रिपोर्ट नेगेटिभ आएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले उनीहरुकाे रिपाेर्ट नेगेटिभ आएकाे जानकारी दिएका हुन्।
अस्पतलमा मंगलवार ७ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकोमा खडक नगरपालिका– ११ का ५१ वर्षीय पुरुष र तिलाठी कोइलाडी गाउँपालिका १ का ५४ वर्षिय पुरुषको रिपोर्ट पोजिटिभ आएपछि सबैको थ्राेट स्वाब संकलन गरी परीक्षण गर्न धरान पठाइएको थियो।
प्रतिष्ठानले दिएको जानकारी अनुसार सातै जनाको रिपोर्ट नेगेटिभ आएको हाे। गजेन्द्रनारायण सिंह अस्पतालमा बुधवार पनि १७ जनाको आरडिटी टेस्ट गरिएको छ। आरडिटीमा सबैको रिपोर्ट नेगेटिभ आएको मेसु दासले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।