एजेन्सी–कोरोना भाइरसको सुरुवाती केन्द्रविन्दु चीन अहिले संक्रमण र मृत्युका हिसाबले सातौं नम्बरमा झरेको छ।
चीनमा कूल ३३४६ को मृत्यु भएको छ भने ८३ हजार ३ सय ६७ संक्रमति भएका छन्। चीनमा बुधबार ४६ नयाँ संक्रमित देखिएका छन् भने एक जनाको मात्र मृत्यु भएको छ।
अवस्था सामान्य हुँदै गएपछि चीनले कोरोनाको इपिसेन्टर वुहानलाई आंशिक खुल्लासमेत गरिसकेको छ।
चीनभन्दा अगाडि १ नम्बरमा अमेरिका छ, जहाँ ३० हजार ८ सय ४४ जनाको मृत्यु भएको छ भने ६ लाख ३८ हजार १ सय ११ संक्रमित छन्। दोस्रो नम्बरमा रहेको स्पेनमा १८ हजार ८ सय १२ मृत्यु र १ लाख ८० हजार ६ सय ५९ संक्रमित, तेस्रोमा रहेको इटालीमा २१ हजार ६ सय ४५ मृत्यु र १ लाख ६५ १ सय ५५ संक्रमित, चौथो नम्बरमा रहेको जर्मनीमा ३ हजार ८ सय ४ मृत्यु र१ लाख ३४ हजार ७ सय ५३ संंक्रमित छन्।
यस्तै, पाँचौ नम्बरमा रहेकोको फ्रान्समा १७ हजार १ सय ८८ मृत्यु र १ लाख ३४ हजार ५ सय ८२ संक्रमित तथा छैटौंको बेलायतमा १२ हजार ८ सय ९४ मृत्यु तथा ९९ हजार ४ सय ९८ संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।