काठमाडौं- नेपाल एयरलाइन्सको दुईवटा वाइडबडी जहाज बिहीबार साँझ मेडिकल सामग्री लिन चीन जाने भएको छ।
बिहीबार साँझ सात बजेको हाराहारीमा दुईवटै वाइडबडी जहाज गौन्जाओ जाने भएको निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। उनका अनुसार एउटा चार्टर सांग्रिला फ्रेस र अर्को जहाज फ्ल्यास फ्रेड लजिस्टिकले गरेको हो।
दुवै जहाजमा निजी क्षेत्रमा व्यवसायीको मेडिकल सामग्री आउनेछ। यसअघि पनि निगमको वाइडबडी जहाजले दुई उडानबाट २० टनको हाराहारीमा मेडिकल सामग्री ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।