• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २९, २०८३ Sun, Nov 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रतिनिधी सभाका सांसदले पाउने ६ करोड आगामी वर्ष स्वास्थ्य र शिक्षामा मात्रै लगाउन पाइने

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १९:३५
1140x725

काठमाडौं- प्रतिनिधिसभामा निर्वाचित सांसदहरु मार्फत् खर्च हुने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा खर्च नभएको रकम कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकमान्तर हुने भएको छ। संघीय संसद्ले सरकारलाई यस वर्ष खर्च हुन बाँकी उक्त कोषको रकम उक्त कोषमा लैजान सुझाव दिने तयारी गरेको छ। 

आगामी आर्थिक वर्षको भने कोरोना कोषमा नराख्ने तर उक्त बजेट निश्चित शिर्षकमा मात्रै खर्च गर्न पाउने व्यवस्था गर्न समेत संसद् सचिवालयले सरकारलाई सुझाउन लागेको हो। सरकारलाई शुक्रबार उक्त सुझाव पठाउने तयारी गरेको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए।  

मंगलबार दिउँसो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त कोषको बाँकी रकम खर्च हुने अवस्था नरहेकाले कोरोना कोषमा जम्मा गर्न सकिने प्रस्ताव गरिएको थियो। उक्त प्रस्तावमा अधिकांश सहभागी सहमत भएका थिए।  बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्का र कार्यवाहक महासचिव, सचिवलगायतको उपस्थिति थियो।

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबारको सहमतिपछि बुधबार संसद् सचिवालयले  सरकारलाई दिने सुझाव तयार पारेको हो। बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई उक्त सुझाव प्रदान गर्ने तयारी गरिएको छ।

स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७/०७८ को रकमसमेत कोरोना कोषमा राख्ने सहमति भएपनि यसमा केही हेरफेर भएको हो। यो वर्षको उपचार कोषमा र  आगामी वर्षको बजेटलाई फरक ढंगले उपयोग गर्ने गरी सुझाव दिन लागिएको प्रवक्ता डा पाण्डेले बताए। उनले भने,  'आगामी वर्षको उक्त रकम स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने गरी विनियोजन गर्न समेत सरकारलाई सुझाव दिने तयारी भएको छ।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

कोरोनालगायत महामारीको समयका लागि स्वास्थ्यमा पूर्वाधार पर्याप्त नभएको यतिबेला देखिएपछि उक्त कोषको रकमको प्राथमिकतामा स्वास्थ्यलाई राख्ने तयारी भएको हो। स्वास्थ्यपछि शिक्षाका पूर्वाधारमा उक्त रकम खर्च गर्न दिइनेछ।

कोभिड १९ को जोखिम बढ्दै गएपछि प्रतिनिधी सभा सदस्यले योजना छनोट गर्न पाउने उक्त रकम कोरोना कोषमा रकमान्तर गर्नुपर्ने विभिन्न क्षेत्रबाट सुझाव आइरहेको छ। सत्तारुढ पार्टीका साथै प्रतिपक्ष दलका सांसदले पनि उक्त कुरामा सहमति जनाइरहेका छन्। सोही कुरालाई मध्यनजर गर्दै परामर्श समितिमा यो विषयमाथि छलफल भएको थियो।

प्रतिनिधिसभामा निर्वाचित १ सय ६५ जनालाई ६ करोडको दरले छुट्याइने गरिएको छ। करिब १० अर्ब बराबर हुन आउने उक्त रकमको केही प्रतिशत मात्रै यस वर्ष खर्च भएको छ। कोरोना भाइरसको प्रकोपका कारण उक्त कोषबाट सञ्चालित योजना अलपत्र परेका छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास !
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी
विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित कार्यक्रमसहितमा भाग लिएर फर्किए अर्थमन्त्री
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
इनमसँग कुमार बेनको कनेक्सनः सरकारले एक्सन लिने रास्वपाका महामन्त्री र प्रवक्ताको विश्वास ! आइतबार, कात्तिक २९, २०८३
चितवनविरुद्ध कर्णाली याक्स २४ रनले विजयी आइतबार, कात्तिक २९, २०८३
विश्वकै १०० प्रभावशाली व्यक्तित्वहरुको सम्मानमा आयोजित कार्यक्रमसहितमा भाग लिएर फर्किए अर्थमन्त्री आइतबार, कात्तिक २९, २०८३
स्पेसएक्सको  १५औँ परीक्षण उडान सफल, प्रक्षेपणस्थलमा पहिलोपटक सुरक्षित अवतरण आइतबार, कात्तिक २९, २०८३
अन्तरिक्षमा परमाणु चिस्याउने प्रविधिमा चीनको छलाङ्ग आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
इनम कनेक्सन : कांग्रेस नेता उमेश श्रेष्ठका भाई पक्राउ शनिबार, कात्तिक २८, २०८३
मिनिबस पल्टँदा दुई जनाको मृत्यु, १५ घाइते शनिबार, कात्तिक २८, २०८३
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्