काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सामाखुसी टाउन प्लानिङमा रहेको टाउन प्लानिङ छाप्रो मिटसपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ। उक्त मासु पसलले बढी मूल्यमा मासु बिक्री गरिरहेको पाइएपछि जरिवाना तिराइएको विभागले जनाएको छ।
विभागको अनुगमन टोलीले अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) भन्दा बढी मूल्यमा सामान बेच्ने स्वयम्भुस्थित बुद्ध बजार प्रालिलाई पनि २ लाख रुपैयाँ जरिवाना गरेको थियो।
यी दुइवटै पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।