नयाँ दिल्ली- भारतमा कोरोना भाइरस संक्रमितकाे संख्या ११,४३९ पुगेकाे छ। परिवार तथा स्वास्थ्य कल्याण मन्त्रालयको तर्फबाट सहसचिव लभ अग्रवालले पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार काेराेनाका कारण ३७७ जनाकाे मृत्यु भएकाे छ।
१,३०५ जना उपचारपछि निकाे भएका छन्। देशका सबै जिल्लाहरूलाई तीन वर्गमा वर्गीकृत गरिएको छ। हटस्पट, नन्हटस्पट र ग्रीन जाेन क्षेत्रका रुपमा विभाजन गरिएकाे हाे।
देशका १७० जिल्लालाई हटस्पटमा राखिएकाे छ। यी क्षेत्रहरूमा अप्रिल २० पछि पनि कुनै किसिमको छुट हुने छैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशमा अहिलेसम्म कम्यूनिटी ट्रान्समिशन भएकाे छैन। काेराेनाकाे संक्रमण फैलिन नदिन भारतमा ३ मेसम्म लकडाउन गरिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।