• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओली निवासबाट सरकारको प्रतिरक्षा गर्दै गोकुल बाँस्कोटा
64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १७:५२
1140x725

काठमाडौं- पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बस्दै आएका छन्। कुनै पनि सार्वजनकि पद धारण नगरेका उनी यतिबेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सरकारको प्रतिरक्षामा खडा छन्। सरकारले गरेका हरेक कामको समर्थन गर्दै आएका बाँस्कोटाले आफूले भ्रष्टाचारको आरोप लागेलगत्तै राजीनामा दिएको भन्दै अरुलाई नैतिकवान् बन्न भनिरहेका छन्। 

मन्त्रीबाट ८ फागुनमा राजीनामा दिएपछि बाँस्कोटा आफ्नो निवास लोकन्थली फर्किएका छैनन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटा मन्त्री भएपछि मन्त्रीनिवास पुल्चोकमा बस्ने ठाउँ नभएको भन्दै ओली निवास बालकोट गएर बस्न थालेका थिए। उति नै बेला बाँस्कोटाले आफ्नो एक तलामा तीन कोठा मात्रै भएकाले प्रधानमन्त्री निवास बालकोटमा बस्न बाध्य भएको सार्वजनिक गरेका थिए। तर, पूर्वमन्त्री बाँस्कोटाले आफ्नो घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम फिस्फोट गराएपछि बलकोट बस्दै आएको बताए। ‘मेरो लोकन्थलीको घरमा विप्लवहरूले बम बिस्फोट गराएपछि बस्न मिल्ने अवस्था छैन,’ बाँस्कोटाले भने, ‘अहिले मन्त्री हुँदा बसेको ठाउँ बालकोटमै छु। अन्त कहाँ जाउँ?’

समाजिक सञ्जालबाट सरकारको बचाउ 
मन्त्रीबाट हेटपछि बाँस्कोटाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट समेत सरकारको नियमित बचाउ गर्दै आएका छन्। ३० चैतमा बाँस्कोटाले सरकारको बचाउमा उखानको सहारामा राम्रो काम गर्दागर्दै पनि आरोप थोपर्ने काम भएको उल्लेख गरे। ‘मालिक आदेश गर्छ,अण्डा खाजा ल्याउ। उसिनेको अण्डासाथ कामदार आँउछ, अम्लेट बनाउन सकिनस् मालिक भन्छ। अम्लेटसाथ मजदूर आँउछ। मालिक भन्छ, उसिन्न सकिनस्। दुवैसाथ कामदार आँउछ,’ सरकारको संरक्षण गर्दै बाँस्कोटाले थपेका थिए,  ‘आगो हुँदै मालिक भन्छ उसिन्नुपर्नेलाई अम्लेट रअम्लेट बनाउनुपर्ने अण्डालाई उसिनिछस् (सरकारलाई हेर्ने केही आँखाहरु) कोरना।’ 

मालिक आदेश गर्छ,अण्डा खाजा ल्याउ।उसिनेकाे अण्डासाथ कामदार आँउछ,अम्लेट बनाउन सकिनस-मालिक भन्छ।अम्लेटसाथ मजदूर आँउछ।मालिक भन्छ,उसिन्न सकिनस।दुवैसाथ कामदार आँउछ।आगाेहुँदै मालिक भन्छ उसिन्नुपर्नेलाई अम्लेट रअम्लेट बनाउनुपर्ने अण्डालाई उसिनेछस(सरकारलाई हेर्ने केही आँखाहरु)काेरना!!!!

— Gokul Prasad Baskota (@GokulPBaskota) April 12, 2020

यस्तै २८ चैतमा सबै दल समेट्न उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने विषय उठाए लगतै सरकारको बचाउ गर्दै आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको विरोध जनाए। ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्। सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरनाविरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन्,’ सरकारको संरक्षण गर्दै बाँस्काटाले भने, ‘अनिसँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चामै। तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो?’ उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका कुरा खारेज गर्न बाँस्कोटाले सरकारलाई सुझाव दिएका छन्।  

Ncell 2
Ncell 2

तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ काेरना बिरुद्ध अहाेरात्र हातेमालोसाथ कार्यरतछन।अनिसगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्धमाेर्चा मै।तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे?ठाडै खारेज गर,सरकार।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 10, 2020

यस्तै बाँस्कोटाले गत मंगलबार ट्विटरमा सरकारलाई सुझाव दिँदै कोरोनाको प्रकोप बढ्दै गएकाले किसानका लागि मल, बीउ औषधिको समयमै व्यवस्था गर्ने उल्लेख गरे। ‘कोरोनाको लपेटाईबीच प्रमुख अन्नबाली लगाउने समय पनि सुरु हुनै लाग्यो,’ बास्कोटाले लेखेका छन्, ‘मल, बीउँ र ओखतीको बन्दबस्ती समयमै गर्न नसोचे अर्को साल झन् कठिन हुने पो हो कि।’ 

बाँस्कोटाले आफ्नै पार्टीको सरकार भएकाले बचाउ गर्नु आफ्नो कर्तव्य भएका उनले बताएका छन्। ‘अहिले आफ्नै पार्टीको सरकार छ। त्यही पार्टीको केन्द्रीय सदस्य हुँ। अर्को चुनावमा यही पार्टीबाट चुनाव उठ्ने हो,’ बाँस्कोटाले थपे, ‘आफ्नै पार्टीको सरकारको विरोध गर्नेलाई सोध्नुस् किन विरोध गर्नु हुन्छ भनेर। मैले समर्थन गर्नु जायज।’ 

नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आफ्नै बखान 
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड डिल गरेको अडियो सार्वजनिक भएपछि ८ फागुनमा राजीनामा दिएका बाँस्कोटाले आफूले आरोप लाग्ने बित्तिकै नैतिकताका आधारमा राजीनामा दिएको ट्विटरमा बखान गर्दै आएका छन्। आफूले सरकारलाई छानबिन गर्न सजिलो होस् भनि नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आएका छन्। आफूले भ्रष्टाचार नगरेको बारम्बार बताउँदै आएका बाँस्कोटाले २९ चैतमा आफ्नो राजीनामालाई तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र केशबहादुर विष्टसँग तुलना गरेर ट्विटरमा लेखे। 

‘एक जनाले मात्र प्रश्न खडा गर्ना साथ राज्यसंयन्त्रहरूलाई छनबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ बाँस्कोटाको ट्विट छ, ‘सिंहदरवार जल्नासाथ कीर्तिनिधि विष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिए बाहेक कसले मैलेजसरी राजीनामा दिएका छन्?अझ म अनैतिक र भ्रष्ट? बात गर्छन्?’

एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!

— Gokul Prasad Baskota (@GokulPBaskota) April 11, 2020

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १७:५२
  • #Novel Corona Virus
  • #gokulBaskota

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
सम्बन्धित सामग्री
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी नेकपा एमाले कोशी प्रदेश कमिटीको विज्ञान तथा प्रविधि विभागले झापाको बिर्तामोडमा आयोजना गरेको तीनदिने प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको... शनिबार, जेठ २४, २०८२
ओली लक्षित माधवको टिप्पणी : पूर्वाग्रह र बदलाको भावनाले जलिरहेका छन् पार्टीको मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै... शनिबार, जेठ २४, २०८२
नागरिकको समस्या बुझ्न जनता माझ माओवादी केन्द्र पुगेको छ : नेता पोखरेल आज पत्रकारहरुसँग कुरा गर्दै उनले जनताकै समस्या बुझ्नका लागि पार्टीले विभिन्न कार्यक्रम गरेको बताए। उनले भने, “जनताको समस्या बुझ्नका... शनिबार, जेठ २४, २०८२
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्