samsung samsung
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत ६, २०८२ Fri, Mar 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली निवासबाट सरकारको प्रतिरक्षा गर्दै गोकुल बाँस्कोटा

64x64
नेपाल लाइभ बुधबार, वैशाख ३, २०७७  १७:५२
1140x725

काठमाडौं- पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा बस्दै आएका छन्। कुनै पनि सार्वजनकि पद धारण नगरेका उनी यतिबेला सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सरकारको प्रतिरक्षामा खडा छन्। सरकारले गरेका हरेक कामको समर्थन गर्दै आएका बाँस्कोटाले आफूले भ्रष्टाचारको आरोप लागेलगत्तै राजीनामा दिएको भन्दै अरुलाई नैतिकवान् बन्न भनिरहेका छन्। 

मन्त्रीबाट ८ फागुनमा राजीनामा दिएपछि बाँस्कोटा आफ्नो निवास लोकन्थली फर्किएका छैनन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेका बाँस्कोटा मन्त्री भएपछि मन्त्रीनिवास पुल्चोकमा बस्ने ठाउँ नभएको भन्दै ओली निवास बालकोट गएर बस्न थालेका थिए। उति नै बेला बाँस्कोटाले आफ्नो एक तलामा तीन कोठा मात्रै भएकाले प्रधानमन्त्री निवास बालकोटमा बस्न बाध्य भएको सार्वजनिक गरेका थिए। तर, पूर्वमन्त्री बाँस्कोटाले आफ्नो घरमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बम फिस्फोट गराएपछि बलकोट बस्दै आएको बताए। ‘मेरो लोकन्थलीको घरमा विप्लवहरूले बम बिस्फोट गराएपछि बस्न मिल्ने अवस्था छैन,’ बाँस्कोटाले भने, ‘अहिले मन्त्री हुँदा बसेको ठाउँ बालकोटमै छु। अन्त कहाँ जाउँ?’

समाजिक सञ्जालबाट सरकारको बचाउ 
मन्त्रीबाट हेटपछि बाँस्कोटाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट समेत सरकारको नियमित बचाउ गर्दै आएका छन्। ३० चैतमा बाँस्कोटाले सरकारको बचाउमा उखानको सहारामा राम्रो काम गर्दागर्दै पनि आरोप थोपर्ने काम भएको उल्लेख गरे। ‘मालिक आदेश गर्छ,अण्डा खाजा ल्याउ। उसिनेको अण्डासाथ कामदार आँउछ, अम्लेट बनाउन सकिनस् मालिक भन्छ। अम्लेटसाथ मजदूर आँउछ। मालिक भन्छ, उसिन्न सकिनस्। दुवैसाथ कामदार आँउछ,’ सरकारको संरक्षण गर्दै बाँस्कोटाले थपेका थिए,  ‘आगो हुँदै मालिक भन्छ उसिन्नुपर्नेलाई अम्लेट रअम्लेट बनाउनुपर्ने अण्डालाई उसिनिछस् (सरकारलाई हेर्ने केही आँखाहरु) कोरना।’ 

मालिक आदेश गर्छ,अण्डा खाजा ल्याउ।उसिनेकाे अण्डासाथ कामदार आँउछ,अम्लेट बनाउन सकिनस-मालिक भन्छ।अम्लेटसाथ मजदूर आँउछ।मालिक भन्छ,उसिन्न सकिनस।दुवैसाथ कामदार आँउछ।आगाेहुँदै मालिक भन्छ उसिन्नुपर्नेलाई अम्लेट रअम्लेट बनाउनुपर्ने अण्डालाई उसिनेछस(सरकारलाई हेर्ने केही आँखाहरु)काेरना!!!!

— Gokul Prasad Baskota (@GokulPBaskota) April 12, 2020

यस्तै २८ चैतमा सबै दल समेट्न उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने विषय उठाए लगतै सरकारको बचाउ गर्दै आफ्नै पार्टीका अध्यक्ष प्रचण्डको विरोध जनाए। ‘तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन्। सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ कोरनाविरुद्ध अहोरात्र हातेमालोसाथ कार्यरत छन्,’ सरकारको संरक्षण गर्दै बाँस्काटाले भने, ‘अनिसँगै स्वास्थ्यकर्मी, सेना, पुलिस, कर्मचारी र नागरिक युद्धमोर्चामै। तब संविधानले नचिन्ने उच्चस्तरीय सर्वदलीय संयन्त्र के सेकाउन चाहियो?’ उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका कुरा खारेज गर्न बाँस्कोटाले सरकारलाई सुझाव दिएका छन्।  

Ncell 2
Ncell 2

तलदेखि माथिसम्म नै जननिर्वाचित सरकार छन।सत्तापक्ष र प्रतिपक्ष सबै त्यहाँ काेरना बिरुद्ध अहाेरात्र हातेमालोसाथ कार्यरतछन।अनिसगै स्वास्थ्यकर्मी,सेना,पुलिस,कर्मचारी र नागरिक युद्धमाेर्चा मै।तब संबिधानले नचिन्ने उच्चस्तरीय सर्वदलिय संयन्त्र के सेकाउन चाहियाे?ठाडै खारेज गर,सरकार।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 10, 2020

यस्तै बाँस्कोटाले गत मंगलबार ट्विटरमा सरकारलाई सुझाव दिँदै कोरोनाको प्रकोप बढ्दै गएकाले किसानका लागि मल, बीउ औषधिको समयमै व्यवस्था गर्ने उल्लेख गरे। ‘कोरोनाको लपेटाईबीच प्रमुख अन्नबाली लगाउने समय पनि सुरु हुनै लाग्यो,’ बास्कोटाले लेखेका छन्, ‘मल, बीउँ र ओखतीको बन्दबस्ती समयमै गर्न नसोचे अर्को साल झन् कठिन हुने पो हो कि।’ 

बाँस्कोटाले आफ्नै पार्टीको सरकार भएकाले बचाउ गर्नु आफ्नो कर्तव्य भएका उनले बताएका छन्। ‘अहिले आफ्नै पार्टीको सरकार छ। त्यही पार्टीको केन्द्रीय सदस्य हुँ। अर्को चुनावमा यही पार्टीबाट चुनाव उठ्ने हो,’ बाँस्कोटाले थपे, ‘आफ्नै पार्टीको सरकारको विरोध गर्नेलाई सोध्नुस् किन विरोध गर्नु हुन्छ भनेर। मैले समर्थन गर्नु जायज।’ 

नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आफ्नै बखान 
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड डिल गरेको अडियो सार्वजनिक भएपछि ८ फागुनमा राजीनामा दिएका बाँस्कोटाले आफूले आरोप लाग्ने बित्तिकै नैतिकताका आधारमा राजीनामा दिएको ट्विटरमा बखान गर्दै आएका छन्। आफूले सरकारलाई छानबिन गर्न सजिलो होस् भनि नैतिकताका आधारमा राजीनामा दिएको भन्दै आएका छन्। आफूले भ्रष्टाचार नगरेको बारम्बार बताउँदै आएका बाँस्कोटाले २९ चैतमा आफ्नो राजीनामालाई तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्ट र केशबहादुर विष्टसँग तुलना गरेर ट्विटरमा लेखे। 

‘एक जनाले मात्र प्रश्न खडा गर्ना साथ राज्यसंयन्त्रहरूलाई छनबिन गर्न सहयोग पुगोस् भनेर राजीनामा दिएँ,’ बाँस्कोटाको ट्विट छ, ‘सिंहदरवार जल्नासाथ कीर्तिनिधि विष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर विष्टले राजीनामा दिए बाहेक कसले मैलेजसरी राजीनामा दिएका छन्?अझ म अनैतिक र भ्रष्ट? बात गर्छन्?’

एक जनाले मात्र प्रश्नखडा गर्नासाथ राज्यसंयन्त्रहरुलाई छनविन गर्न सहयाेग पुगाेस भनेर राजीनामा दिएँ।सिंहदरवार जल्नासाथ कृतिनिधी बिष्ट र रगंशालामा दुर्घटना हुनासाथ केशरबहादुर बिष्टले राजीनामा दिए बाहेक कस्ले मैले जसरी राजीनामा दिएका छन?अझ म अनैतिक र भ्रष्ट?बात गर्छन!

— Gokul Prasad Baskota (@GokulPBaskota) April 11, 2020

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १७:५२
  • #Novel Corona Virus
  • #gokulBaskota

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान
जनकपुर पुगेर प्रधानमन्त्रीले गरिन् जानकीको दर्शन
सम्बन्धित सामग्री
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली राजीनामा दिएका गगन बैठकमा सहभागी छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ । शुक्रबार, चैत ६, २०८२
‘नेकपा धुलो टक्टकाएर फेरि उठ्छ’ : वर्षमान पुन आफूहरू रूपान्तरण र सुशासनको एजेन्डा लिएर निर्वाचनमा जाँदा पनि जनताले आफूहरूलाई समेत पुरानै राजनीतिक शक्तिको कोटीमा राखेर मत दिएको स्... शुक्रबार, चैत ६, २०८२
जेन-जी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते विविध कारणले वर्गीकरण लागि उपस्थित हुन नसकनी छुट भएका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते हुने प्रशासनको सूचनामा उल्लेख छ । शुक्रबार, चैत ६, २०८२
ताजा समाचारसबै
कांग्रेस बैठक सुरु, गगन उपस्थित नहुदा सभापतिको कुर्सी खाली शुक्रबार, चैत ६, २०८२
संयुक्त राष्ट्रसङ्घद्वारा मध्यपूर्वमा तनाव कम गर्न आह्वान शुक्रबार, चैत ६, २०८२
जनकपुर पुगेर प्रधानमन्त्रीले गरिन् जानकीको दर्शन शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनाल मन्त्रालयका काममा सहभागी नहुने शुक्रबार, चैत ६, २०८२
इरान युद्धमा मर्नेको सङ्ख्या ३१०० नाघ्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शुक्रबार भारी वर्षा र हावाहुरीको सम्भावना, सचेत रहन मौसम विभागको आग्रह बिहीबार, चैत ५, २०८२
बालेनले प्रधानमन्त्रीको शपथ १३ गते लिने बिहीबार, चैत ५, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
यी ६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना बिहीबार, चैत ५, २०८२
सुनको मूल्य ७ हजार ८ सयले घट्यो शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्