काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब काेराेना काेषलाई दिने भएका छन्।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई फैलिन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि प्रदेशले स्थापना गरेको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसदहरुले १५ दिनको तलब दिने भएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेशमा रीता माझी, रिना गुरुङ्ग, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही रहेका छन्। उनीहरुले आ-आफ्नो प्रदेशअन्तर्गत खुलेको कोरोना कोषमा रकम जम्मा गर्ने भएका राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।