काठमाडौं– नेपाली कामदारहरुको आकर्षक गन्तव्य मुलुक कुवेतमा १४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको दूतावासले जनाएको छ।
यो समाचार तयार पार्दासम्म १४ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको दूतावासकी द्वितीय सचिव जानकी ओझाले नेपाल लाइभलाई बताइन्।
संक्रमितहरु विभिन्न अस्पतालमा उपचाररत छन्। कुवेतमा हालसम्म १ हजार ४ सय ५ जनामा कोरोना संक्रमण भएको छ। ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने उपचारपछि २ सय ६ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।