काठमाडौं- जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ।
कार्यालयले सवारी पासको अत्यधिक माग भएको र यसले भिडभाड हुन गई लकडाउन उल्लंघन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको मृत्यु संस्कारमा सहभागी हुने बाहेकका कामका लागि सवारी पास नदिने बताएको हो।
यस्तै बैशाख ३ गते बुधबारदेखि नै यो व्यवस्था लागू भइसकेको समेत सूचनामा उल्लेख छ। प्रशासनले लकडाउनमा अत्यावश्यकीय सवारी साधन सञ्चालनका लागि पास वितरण गर्दै आएको थियो।
गृह मन्त्रालयले मंगलबारदेखि अनलाइनमार्फत ई–पास लिन सक्ने व्यवस्था गरेपछि अत्यधिक माग बढेको र यसले लकडाउनको उल्लंघन हुनसक्ने भन्दै मृत्यु संस्कारमा सहभागी हुन बाहेकको कामका लागि पास वितरण नगर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।