काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को संक्रमण सकिएपछि सार्वजनिक सवारीको प्रयोगमा कमी आई निजी सवारी प्रयोगकर्ताहरू बढ्ने अनुमान गरिएको छ। यस्तो अनुमान भारतका दुई ठूला सवारी उत्पादकले गरेका हुन्।
कोरोना भाइरसका कारण कायम गर्नु परेको सोसियल डिस्ट्यानसिङले निजी सवारी प्रयोगकर्ता बढ्ने अनुमान गरिएको हो। भारतको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी उत्पादक हिरो मोटोकर्पका अध्यक्ष पवन मुन्जल र महिन्द्रा एन्ड महिन्द्राका प्रबन्ध निर्देशक पवन गोयन्काले यस्तो बताएको द इकोनोमिक्स टाइम्सले लेखेको छ।
कोरोना भाइरसको महामारी रहुनमजेल मानिसहरूमा सोसियल डिस्ट्यानसिङ बाध्यता हुने र यो लामै समयसम्म कायम रहने देखिएकाले बानीमा विकास हुने उनीहरुको अनुमान छ। जसका कारण सार्वजनिक सवारी प्रयोगकर्ताहरूसमेत सकेसम्म निजी सवारीमै आकर्षित हुनेछन्। यस्तो अवस्थामा सस्ता मोटरसाइकल र इन्ट्रिलेवल कारको बिक्री बढ्ने देखिन्छ।
कोरोना भाइरसकाे नियन्त्रणपछि लकडाउन र सोसियल डिस्ट्यानसिङको मान्यता कामयै रहने र मानिसको दैनिको कोरोना अघिको जस्तो नभई नयाँ लयमा जाने विश्लेषण हुन थालेको छ। यसले गर्दा दैनिक जीवनमा मानिसले सार्वजनिक यातायात प्रयोगलाई अस्वीकार गर्न सक्छ। जसका कारण निजी सवारीको प्रयोग स्वतः बढ्नेछ। तर पनि निजी सवारी खरिद गर्नका लागि जागिरे तथा जागिर गुमेको वा तलब कटौतीमा परेको अवस्थामा निजी सवारी खरिद त्यति सजह नहुन सक्छ।
यो अवस्थामा सस्तो मूल्यका मोटरसाइकल तथा स्कुटर कम आम्दानी हुने धेरैका लागि उपयुक्त यातायातको साधन हुनसक्छ। त्यस्तै कार खरिद गर्याे सोच भएकाहरूलाई पनि साना तथा इन्ट्रिलेवलका कार नै रोजाइमा पर्नेछ। यस्ता कारको मूल्य कम हुने र सञ्चालन खर्च समेत तुलनात्मक रूपमा सस्तो हुन्छ।
कोरोनाले निम्त्याएको सोसियल डिस्ट्यानसिङले मानिसको यात्रा बानीलाई परिवर्तन गर्ने हालैको एक विश्लेषणले देखाएको हिरो मोटोकर्पका अध्यक्ष मन्जुलको भनाइ छ। यो अवस्थामा निजी सवारीको प्रयोग स्वभाविक रूपमा बढ्ने उनको तर्क छ।
हिरोको मुख्य प्रतिस्पर्धी होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डियाले पनि कोरोनापछि मानिसको दैनिकीमा देखिने परिवर्तनले दुईपंग्रे सवारीको व्यापारमा उछाल नै आउने विश्वास लिएको छ। नयाँ अवस्थामा कार तथा एसयुभीको माग/व्यापार भने तुलनात्मक रूपमा गिरावट आउनसक्ने होन्डाले जनाएको छ।
कोरोनाका कारण मानिसमा विकार भएको वर्क फ्रम होम र भर्चुअल मिटिङ गर्ने बानीका कारण उसलाई केही किलोमिटर यात्रा गर्न असहज नहुने तर्क महिन्द्राका प्रवन्ध निर्देशक गोयन्काको छ। त्यसैले सार्वजनिक यातायात प्रतिको मानिसको रूची कोरोना महामारी पछि कम हुने देखिएको उनको भनाइ छ।
विगतमा पनि आर्थिक मन्दी लगत्तै भारतमा इन्ट्रिलेवल कारको माग उल्लेख्य रूपमा बढेको थियो। मानिससँग पैसा अभाव भएपछि महगा र विलाशी कारमा भन्दा सस्तो कसर नै रोजाइमा गरेको देखिन्छ।
पछिल्लो समय भारतमा प्रदूषण मापदण्डमा गरिएको स्तरोन्नतीका कारण इन्ट्रिलेवल सवारीको मूल्य १० देखि १५ प्रतिशत बढेको छ। मानिसलाई कार किन्न कन्भिन्स गराउनै समय लाग्ने, उसँग बजेट न्यून हुने र विश्वसनीय ब्रान्डतर्फ आकर्षित हुने भएकाले कसर व्यापार निक्कै कठिन हुने एक कार बिक्रेताका सिनियर मार्केटिङ म्यानेजरको भनाइ छ।
यसैसाता कारवाले डटकमले गरेको एक अध्ययनमा १० हजार सहभागी मध्ये आधा मानिसले कार किन्न बनाएको योजना अघि नबढाउने बताएका छन्। बाँकी रहेका ५ हजार सहभागी मध्येका ५८ प्रतिशतले कार किन्न छुट्याइएको बजेट घटाउने बराएको कारवाले डटकमले उल्लेख गरेकाे छ।
यसले इन्ट्रिलेवल कार उत्पादन गर्ने मारूती सुजुकी, हुन्डाई मोटर र रेनोलाई तलनात्मक रूपमा फाइदा हुनेछ।
लकडाउन खुलेको केही महिना भत्किएको सप्लाई चेन स्थापित हुन लाग्ने भएकाले त्यो अवधिसम्ममा माग समेत बढ्न थाल्ने अनुमान सवारी उत्पादकहरूको छ।
क्राइसिल रिसर्चका निर्देशक हेटाल गान्धीका अनुसार अहिलेको अवस्थामा अव के हुन्छ भनेर अनुमान गर्न सकिने स्थिति छैन। स्वरोजगार, एसएमइज्, व्यापारीलगायतलाई जिउननै अप्ठ्यारो हुन सक्छ। कोरोनाको असर संगठित क्षेत्रका मजदुरलाई पनि पर्ने देखिएको सो संस्थाले गरेको अध्ययनले देखाएको छ।
तर कृषि क्षेत्रमा लकडाउनको प्रभाव तुलनात्मक रूपमा कम परेकाले ग्रामिण क्षेत्रमा दुईपाङ्ग्रे सवारीको मागमा खासै ठूलो असर नदेखिने गान्धीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।