एजेन्सी-सेल्फ क्वारेन्टाइनको नियम उलंघन गर्ने एक जनालाई अष्ट्रेलियाको अदालतले जेल सजाय सुनाएको छ। पश्चिमि अष्ट्रेलियाको एक कोर्टले सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको ब्यक्ति विभिन्न कार्यक्रममा सहभागी भएको देखेपछि जेल सजाय तोकेको हो।
क्वारेन्टाइनमा बस्न दिएको निर्देशन अवज्ञा गरेको भन्दै जोनाथन डेभिडलाई कोर्टले ६ महिना १४ दिनको कारावास सजाय सुनाएको हो।
पश्चिमी अष्ट्रेलिया पुलिस फोर्सलाई उदृत गर्दै सिएनएनले उल्लेख गरे अनुसार उनी भिक्टोरिया स्टेटबाट मार्च २८ मा आएका थिए। उनलाई १४ दिन क्वारेन्टाइनमा बस्न भनिएको थियो।
उनी बसेको होटलबाट निस्किएर बाहिर घुम्न गएको देखिएपछि उनीमाथि सरकारी आदेश उलंघन गरेको भन्दै मुद्दा दायर भएको थियो।
प्रहरीले समुदायका अन्य ब्यक्तिलाई जोखिममा पारेको भन्दै उनलाई अप्रिल ५ मा पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।