• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

परीक्षण गति बढाऊ, अलपत्र परेकालाई उद्धार गर

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २, २०७७  १८:५९
1140x725

कोरोना संक्रमितको बढ्दो संख्यालाई हेरेर कोरोना संक्रमण फैलन सक्ने जोखिम कम गर्न सरकारले तेस्रो पटक लकडाउनको अवधि बढाउँदै बैशाख १५ सम्म पुर्‍याएको छ। नयाँ संक्रमित देखिएलगत्तै शुरु भएको लकडाउन अवधि तेस्रो पटक थपिँदासम्ममा उपचाररत संक्रमितको संख्या नै १६ पुगिसकेको छ। 

विश्वभर कोरोना संक्रमितको संख्या बढेर १९ लाख नाघिसकेको छ। मृतकको संख्या एक लाख २० हजार कटिसकेको छ। खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। भारतमा कोरोना संक्रमितको संख्या ९ हजार निकट पुगिसकेको छ। मृतकको संख्या तीन सय नाघिसकेको छ।

जोखिमको पाटो नेपालसँग सीमा जोडिएका विहार, उत्तर प्रदेश, महाराष्ट्र, उत्तराखण्डमा कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा नेपालसँग लकडाउनको दोस्रो विकल्प देखिएको थिएन। 

नेपालमै पनि पछिल्लो समय फेला परेका संक्रमित आइसोलेसनमा बसेको नदेखिनु र उनीहरू ५ सय हाराहारीको बसोबास रहेको अपार्टमेन्टमा बस्नु अर्को जोखिमको पाटो हो। पुष्टि भएका नयाँ संक्रमितको सम्पर्क सञ्जाल पहिल्याएर उनीहरूमा कोरोना संक्रमण भए/नभएको खुट्याउन समेत केही समय लाग्ने नै छ। यो बेलामा थपिएको लकडाउनको अवधि बुद्धिमतापूर्ण निर्णय नै हो।

कोरोना संक्रमण फैलनबाट रोक्न लकडाउन प्रभावकारी उपाय हो नै। तर यो एक मात्र विकल्प भने होइन। लकडाउनको अवधिमा रोकिएको आवागमनमा जतिसक्दो धेरैको स्वास्थ्य परीक्षण गर्न सके संक्रमित चाँडै पहिल्याएर थप संक्रमण फैलनबाट रोक्न सकिन्छ। तर कोरोना संक्रमितको संख्या जसरी बढिरहेको छ परीक्षण त्यो रूपमा तीव्र गति लिन सकेको देखिएको छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

मंगलबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म सालाखाला १० हजारको मात्र परीक्षण भएको छ। यही तथ्याकंले नै कोरोना संक्रमणको परीक्षणको गति कति सुस्त छ भन्ने देखिन्छ। ल्याबमा हुने परीक्षण दैनिक ५ सयको गतिमा छ। र्‍यापिड डाइग्नोस्टिक किटको परीक्षणको गति पनि सुस्त छ। यसले कोरोना संक्रमित पहिचान गरी तत्काल परिवार र समुदायमा पुग्नबाट रोक्ने काम चुनौतीपूर्ण रहेको पुष्टि हुन्छ।

अहिले जुन कछुवाको गतिमा शंकास्पदमाथि परीक्षण भइरहेको छ यो आधारमा नेपालमा कोरोना भाइरसको संक्रमण फैलने जोखिम लामो समयसम्म रहने पक्का छ। त्यसैले लकडाउन अवधि लम्ब्याएसँगै परीक्षणको गति समेत बढाउनुपर्ने टड्कारो आवश्यकता देखिन्छ।

निम्न आर्थिक अवस्था भएकाहरूको दैनिक जीवनयापन र अलपत्र परेकाहरुको उद्धार लकडाउनको अवधि बढाएसँगै बढेको अर्को चुनौती हो। सरकारले हठात् लकडाउनको घोषणा गर्दा काम गर्न विभिन्न जिल्लामा पुगेकाहरू घर फर्कन पाएनन्। काम गरिरहेको ठाउँमा लामो समय बस्न सम्भव नभएपछि उनीहरू हिँडेरै भएपनि घर फर्कने प्रयासमा छन्। केही नागरिकहरू हप्तौं हिडेरै गाउँ फर्किरहेका छन् भने केही बाटोतिरै अलपत्र छन्। केही सरकारले पहिलो पटक लगाएको लकडाउनको अवधि हेरेर जोहो गरेको खाध्यान्न सक्किएर चुलै बाल्न नसक्ने अवस्थामा पुगेका छन्।

सरकारले जति दाबी गरे पनि कोरोना संक्रमण बाहेकका दीर्घ रोग भएकाहरूले अस्पतालहरुबाट नियमित स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। केही अस्पतालले आकस्मिक कक्ष समेत बन्द गरेर बसेका छन्। यसले कोरोना संक्रमण नभए पनि अन्य रोगको समयमै उपचार नपाउँदा जीवन गुमाउनुपर्ने अवस्था आउने जोखिमपूर्ण अवस्था देखिएको छ।

कोरोना भाइरस फैलनबाट रोक्न सक्रिय हुनुका साथै लकडाउनका कारण अलपत्र परेका र विभिन्न समस्या देखिएका नागरिकको समस्या समाधानको दायित्व पनि राज्यकै हो। लकडाउनमा आवागमन बन्दको नीतिलाई कडाइका साथ लागू गर्ने हो भने पैदल नै गाउँ फर्किरहेकाहरूलाई तत्काल रोकेर उनीहरूलाई अल्पकालीन रुपमा राख्ने स्थानको प्रबन्ध गर्न आवश्यक छ। अल्पकालीन रुपमा कतै राख्न पनि नसक्ने हो भने प्रदेशसँगको समन्वयमा उनीहरूलाई घरसम्म पुग्न सक्ने प्रबन्ध गर्न आवश्यक छ। सवारी चलाउन नदिने तर हिँडेर जान नरोक्ने हो भने ती निरिह नागरिकमाथि राज्यले ठूलो अत्याचार गरेको ठहरिनेछ।

एक जिल्लाबाट अर्को जिल्लामा जान चाहनेहरू हिँडेर जाँदा कोरोना संक्रमण नपुग्ने तर उद्धार गर्दा कोरोना संक्रमण पुग्ने पक्कै होइन नै। 

हो, अहिले लकडाउनको विकल्प छैन। सरकारले तेस्रो पटक बढायो ठिकै छ। तर अब लकडाउन बढाउँदा समस्यामा परेका नागरिकहरूको समस्या समाधान गर्ने र परीक्षणको गति बढाउन पनि सरकार लकडाउन बढाउन प्रतिबद्ध भएझैं यी समस्या समाधानमा पनि तत्काल सक्रिय हुन आवश्यक छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १८:५९
  • #Novel Corona Virus
  • #लकडाउन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ग्यास अभावमा सरकारलाई विक्रेता महासंघको कडा चेतावनी : ‘डिलरलाई पन्छाएर समस्या समाधान हुँदैन’
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
‘झ्याप छौ कि साइँलो दाइ’ सार्वजनिक, निसा सुनार र खेम सेन्चुरीको स्वरमा नयाँ तीज गीत आइतबार, साउन ३१, २०८३
ग्यास अभावमा सरकारलाई विक्रेता महासंघको कडा चेतावनी : ‘डिलरलाई पन्छाएर समस्या समाधान हुँदैन’ आइतबार, साउन ३१, २०८३
चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा आइतबार, साउन ३१, २०८३
निर्णय सुनाउने बेला निधि र महतबीच भयो धकेलाधकेल आइतबार, साउन ३१, २०८३
चिनियाँ कन्टेनर जहाज आर्कटिक हुँदै युरोपतर्फ, ढुवानी समय आधा घट्ने आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
किन भयो देउवा पक्षको भेलाको ब्यानर नै परिवर्तन ? शनिबार, साउन ३०, २०८३
फेरि फेरिँदै स्वास्थ्य मन्त्रालयको नाम, अब के? शनिबार, साउन ३०, २०८३
भारतीय सेनाध्यक्ष काठमाडौँ आउँदै, तर प्रधानमन्त्रीसँग अहिलेसम्म तय छैन भेट ! आइतबार, साउन ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्