काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकसँग ७ विषयमा साथ मागेका छन्। मंगलबार बिहान टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भारतीय नागरिकसँग ७ विषयमा सहयोग मागेका हुन्।
वृद्धवृद्धालाई विशेष ध्यान: प्रधानमन्त्री मोदीले यस्तो बेलामा आफ्ना घरका वृद्धवृद्धा र विशेष गरी पहिले देखिनै बिरामी रहेकालाई ध्यान दिन आग्रह गरे।
समाजिक दूरीको पूर्ण पालना: एकअर्काबीचको दूरी कायम गर्न पनि मोदीले सम्बोधनका क्रममा आग्रह गरेका छन्। उनले मास्क अनिवार्य रुपमा प्रयोग गर्न आग्रह गरे।
रोग प्रतिरोधात्मक क्षमता बढाऊ: प्रधानमन्त्री मोदीले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउन आर्युवेद मन्त्रालयले जारी गरेकाे निर्देशका पालन गर्न आग्रह गरेका छन्।
मोबाइल एपको प्रयोग: कोरोना संक्रमण रोक्नका लागि सहयोग गर्न ‘आरोग्य सेतु’ मोबाइल एप डाउनलोड गरेर प्रयोग गर्न माेदीले नागरिकसँग आग्रह गरे।
गरिबको रेखदेख: प्रधानमन्त्री माेदीले सकेसम्म गरिब परिवारलाई सहयोग गर्न आग्रह गरेका छन्।
रोजगारीबाट ननिकालौं: मोदीले आफ्नो व्यवसाय र उद्योगमा काम गर्नेप्रति संवेदना देखाउन र कसैलाई पनि रोजगारीबाट ननिकाल्न आग्रह गरे।
कोरोना योद्धाको सम्मान: मोदीले चिकित्सक, नर्स, सफाइ कर्मचारी र प्रहरीलाई कोरोना योद्धा भन्दै उनीहरुको सम्मान गर्न नागरिकहरु समक्ष आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।