• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अमेरिकामा कोरोना अनुभूति

रवि आचार्य मंगलबार, वैशाख २, २०७७  १०:५०
1140x725

पहिलो पटक डिसेम्बर ३१ मा उहिलेको भाइरसले निमोनिया भएको बारेमा समाचार आयो। सो संक्रमण बढ्दै जाँदा १० दिनपछि चीनमा ६१ वर्षीय मानिसको मृत्यु भएको खबर आयो। त्यतिबेला ‘ए त्यस्तो भएछ!’ भन्ने भयो, खासै मतलब भएन। त्यसको १० दिनपछि अमेरिकाको वासिङ्टन राज्यमा सोही रोगबाट मृत्यु भएको खबर पढेपछि पो झसङ्ग भइयो। 

के खालको निमोनिया रहेछ भनेर हेर्न मन लाग्यो। गुगल सर्च गरें। थाहा भयोकोरोना नामको भाइरसले गराएको निमोनिया रहेछ। त्यो हप्ता लगातार चीनमा मर्नेको संख्या बढेको, बन्द गरेको, कर्फ्यु लगाएको जस्ता समाचार पढियो। लाग्यो कि-भयंकर नै भएछ। 

अनि यसो सम्झें-नेपाल त चीनसँग जोडिएको छ। नेपालतिर पनि केही भयो कि भनेर समाचार हेरें। चीनको उहानमा रहेका नेपालीलाई उद्दार गर्न नेपाली जहाज पठाउनेबारे निर्णय हुनलागेको रहेछ। नेपालमा राम्रो निर्णय हुँदै गरेको समाचारले केही सन्तुष्टि भयो। तर यता नौ सय माइल टाढाको वासिङ्टन राज्यबाट हामी बसेको क्यलिफोर्निया राज्यमा त्यो भाइरसको रोग आइपुग्यो भने के होला भन्ने त्रासले मेरो मनमा डेरा जमायो।

जनवरी र फेब्रुअरी महीनामा कोरोना रोगको प्रकोप चीन र युरोपियन मुलुक इटालीमा फैलिरहेको कुरा जानकारीमा आइरह्यो।  त्यो समयमा अमेरिकामा खासै वृद्धि भएन।

फेब्रुअरीको अन्तिम साता, म बसेको राज्य क्यलिफोर्नियामा पहिलो कोरोना भाइरसको संक्रमण देखियो। त्यसपछि सार्‍है डर लाग्न थाल्यो। कति चाँडो यो भाइरस जताततै सरेको भन्ने लाग्यो। यही बीचमा कोभिड-१९ भनेर नामाकरण भएर आयो। मलाई यो नामाकरण भएको देखेर एकदम खुसी लाग्यो। मेरो काममा पनि सबैजनाले कोरोना, कोरोना भनेर कुरा गर्ने गर्थे। कोभिड-१९ भनेको सुन्दा अर्कै कुरा गरेको जस्तो सुनियो। कोभिडको नामाकरण यसरी भएको थियो- को अर्थात् कोरोना, भी अर्थात् भाइरस, र डि अर्थात् डिजिज, १९ अर्थात् २०१९ सालमा सुरु भएको रोग।

जब म बस्ने सहर सान्फ्रान्सिस्कोमा कोभिड-१९ का कारणले मृत्यु भएको सुनियो, म आफैं अत्तालिएको महसुस गरेँ। मेरो अफिसबाट पनि घरै बसेर काम गर्नु, अफिस आउनु पर्दैन भनेर खबर आयो। ल ठिकै छ, घरै बसेर काम गर्न पाइने भयो। एक हप्ता त पुरै घरको घरमै बसें। बाहिर जान आँट पनि आएन। जता हेर्‍यो त्यतै कोभिडै, कोभिडको कुरा छ। अत्यासै लाग्यो। के हुन लाग्या होला जस्तो लाग्यो। अन्योलै अन्योलको बीचमा बाँचेको अनुभूत भयो।
मार्च ११ मा विश्व स्वास्थ्य संठनले कोभिड-१९ प्यान्डेमिक हो भनेर घोषणा गर्‍यो।

ठीक त्यसको दुई दिनपछि अमेरिकी राष्ट्रपतिले पनि आपतकाल घोषणा गरे। अमेरिकाको जनस्वास्थ्य हेर्ने संस्था (सिडिसि) बाट पनि सबैलाई घरै बस्नु, हात साबुन पानी र स्यानिटाइजरले धोई राख्नु, अत्यावश्यक कारणले घरबाट निस्किनु परेमा मास्क र पन्जा लगाएरमात्र निस्किनु, बाहिर जाँदा कम्तिमा पनि ६ फिटको दूरी राख्नु भनेर सन्देश आयो। लाग्यो कि घर बाहिर सामान किन्न जाँदा पनि युद्धमा गएको झैं हुने भयो। सबैजना डराएका छन। खै के खै केजस्तो भयो। एक हप्ता पुरै बित्यो। कामबाट खबर आयो, २०२० जुन महिनाको अन्तिमसम्म घरै बसेर काम गर्ने भनेर। दिक्क लागिरहेका बेला अलिकता भए पनि मन प्रफुल्लित भयो।

घर त बसिने भइयो, अब यो समयलाई कसरी उपयोगीमुलक बनाउन सकिएला भन्नेतिर ध्यान जान थाल्यो। एउटा नयाँ काम गर्ने प्रण गरें-अबदेखि प्रत्येक दिन कम्तिमा पनि नेपाली किताबको एक अंश पढ्ने। त्यही सोचअनुरुप ‘महको म’ भन्ने किताबबाट सुरु गरेको छु। एसएलसी जाँच दिएपछि र खासगरी अमेरिका आएपछि छुटेको नेपाली पढ्ने बानीको पुनर्जागरण भएको छ। यो लेखबाट सुरु भएको नेपालीमा लेख्ने कामलाई पनि अब निरन्तरता दिने योजना बनाउँदैछु। त्यो बाहेक, फुर्सदको समयमा कामसॅंग सम्बन्धित थप सफ्टवेयरहरु चलाउन सिक्ने योजना छ।

nimb
nimb

यो कोरोनाको समस्याले धेरै मानिसहरुलाई मानसिक समस्या नआउला भन्न सकिने अवस्था छैन। म यो मानेमा आफैंलाई भाग्यमानी ठान्छु कि म घरैमा बसेर पनि आफ्नो अफिसको काम गर्न र बैठक भाग लिन सक्छु। यो सुबिधा सबैलाई हुँदैन। अत्यावश्यक सेवामा काम गर्नेहरुलाई आफ्नो ज्यान खतरामा राखेर काम गर्नु परिराखेको हुन्छ।

कोभिड–१९ को डरले सबै घर बसेका छन्। घर बसिरहेका धेरैलाई आफनो जागिर जाने हो कि भन्ने उत्तिकै भय छ। मेरा केही आफन्त र साथीभाइहरुले जागिर गुमाएको थाहा पाउँदा मेरो मन दुखेको छ।  यसो सोच्ने हो भने अमेरिकाजस्तो विश्वको शक्तिशाली देशलाई त यो कोभिड–१९ सॅंग लड्न यस्तो गाह्रो भइरहेको छ, नेपालजस्तो सानो र धेरै कम स्रोतसाधन भएको देशमा यस्तै खाले प्रकोप आइपर्‍यो भने, के अवस्था हुन्छ होला जस्तो लाग्छ।

अहिलेसम्मको प्रकोपको अवस्था हेर्दा, नेपालमा खासै धेरै कोभिड संक्रमण देखिएको छैन। यसले के जनाउँछ भने नेपालले राम्रै सतर्कता अपनाएको छ। तर हामी ढुक्क हुने अवस्था पनि छैन। मैले यसलाई यो मानेमा सकारात्मक रुपमा लिएको छु कि(कोभिडले नेपाललाई माया गरेर पूर्वाधार तयार पार्न समय दिएको हो। यही  समयको उपयोग गरी यदि नेपालले आफ्नो स्वास्थ्य सेवालाई चुस्त-दुरुस्त बनाउन सक्यो भने कोभिड मात्र नभई भविष्य आईपर्ने, यसै किसिमका महामारी लगायतका मानवीय सङ्कटको राम्रो सामना गर्न सक्छ भन्ने मलाई लाग्छ।

अमेरिकामा हामी अहिले अन्योलको बीचबाट गुज्रिरहेका छौ। यो लेख लेखिरहँदा, अहिलेसम्म अमेरिकामा पाचॅं लाखभन्दा बढी कोभिड संक्रमित भईसकेका छन् र २३ हजारभन्दा बढीको कोभिड संक्रमणका कारणले मृत्यु भइसकेको छ। समय बित्दै जाँदा र महामारी अझै फैलँदै गएको यो  अवस्थामा, बाँच्नु भनेकै ठूलो कुरा होला जस्तो छ।  रोग नियन्त्रणमा आइसकेपछि पछि पनि यसले निम्त्याउने आर्थिक र सामाजिक प्रभावहरु त अहिले अनुमानमात्र गर्न सकिन्छ। यो कोभिडको अप्रत्यासित आगमनले जीवनप्रति हेर्ने दृष्टिकोण फरक भएको अनुभूत गर्दैछु।

आशा गरौं-अंग्रेजी नयाँ वर्षसँगै सुरु भएको कोभिड–१९ रोगको महामारी, नेपाली नयाँ वर्षको आगमनसॅंगै विश्वबाटै उन्मूलन हुनेछ।

(हेल्थ डाटा इन्जिनियर आचार्य बहुराष्ट्रिय कम्पनी स्ट्राइकरमा कार्यरत छन्, उनी हेवार्ड क्यालिफोर्नियामा बस्छन्)

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १०:५०
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी
सम्बन्धित सामग्री
महाविपत्तिमा सक्षम सरकारको खोजी अबको प्रश्न सरकार विपत्ति आउनुअघि कति तयार थियो, विपत्ति आउँदा कति सक्षम भयो र विपत्तिपछि नागरिकलाई कति सुरक्षित भविष्य दिन सक्छ भन्... शुक्रबार, भदौ १२, २०८३
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ जनकपुरबाट पत्रकारिता गर्नेमध्ये नेपालीजी जनकपुर, मिथिला र मधेशमा मात्र सीमित थिएनन्/छैनन्। उनी सम्पूर्ण नेपालमा आदरपूर्वक ‘नेपालीजी’... शुक्रबार, भदौ १२, २०८३
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन त्यसैले, भदौ २३ र २४ को आन्दोलन यस्तै कुशासन र बेथिति लगायत थुप्रिएका बिक्रितिहरुको एकीकृत तर सशक्त आवाज थियो । आवाज मार्फत राज्य शक... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा शुक्रबार, भदौ १२, २०८३
खोज तथा उद्धार प्रभावकारी बनाउन सरकारले माग्यो सामग्री सहयोग, यस्तो छ अत्यावश्यक सामग्रीको सूचि शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी नदीमा फेरि बाढी, त्रिशूली नदी तटिय क्षेत्रमा सतर्क रहन अनुरोध शुक्रबार, भदौ १२, २०८३
केरुङमा हिमपहिरोको ‘थ्री डी’ तस्बिर सार्वजनिक, सडक–पुल र भवनमा व्यापक क्षति शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्