एजेन्सी- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ। सरकारी प्रवक्ताले प्रधानमन्त्री जोनसनको रिर्पोट नेगेटिभ आएको बताए।
उनी अहिले आराम गरिरहेका छन्। जोनसन कोरोना पोजेटिभ आएपछि घरमै आइसोलेसनमा बसेका थिए। तर उनलाई समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो। एक साता अस्पताल बसाइपछि उनी हिजोमात्र डिस्चार्ज भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।