नयाँ दिल्ली- महाराष्ट्र सरकारले राज्यभरी ३० अप्रिलसम्म लकडाउन बढाउने सूचना जारी गरेको थियो। यसअघि ओडिसा,पञ्जाव तेलंगाना र पश्चिम बंगालले लकडाउन बढाउने निर्णय गरिसकेको छ। लमिलनाढुपनि ३० अप्रिलसम्म लकडाउन पुर्याएको छ।
महामारी कानुन अन्तर्गत केन्द्र सरकारले यसअघि २५ मार्चदेखि १४ अप्रिलसम्म लकडाउनको सूचना जारी गरेका थिए। यस अवधीमा कोरोना भाइरसका बिरामी घट्नु पर्नेमा झन् बढेपछि लकडाउन थप्ने निर्णयमा सरकार पुगेको हो।
यी राज्यमा बढ्यो लकडाउन
सबैभन्दा पहिलो पंजाले लकडाउन बढाउने निर्णय गरेको थियो। लकडाउन हटाउनेभन्दा थप्नु उपयुक्त भएको भन्दै पञ्जाव सरकारले यस्तो निर्णय गरेको थियो। पश्चिम बंगाल दोस्रो राज्य थियो‚ जसले लकडाउनलाई ३० अप्रिलसम्म पुर्याएको थियो। अन्य राज्यमा पनि लकडाउन बढाउने माग भइरहेको छ।
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा सबै राज्यका मुख्यमन्त्रीले लकडाउन थप गर्नुपर्ने राय दिएका थिए।
भोली देशबासीको नाममा सम्बोधन गर्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोली देशबासीको नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। बिहान १० बजे उनले लकडाउन थप गर्ने निर्णय समेत गर्ने तयारी गरेका छन्। यसअघि घोषणा गरेको २१ दिन लामो लकडाउन मंगलबार समाप्त हुँदैछ। यसअघि प्रधानमन्त्री मोदीले १९ मार्च र २४ मार्चमा सम्बोधन गरेका थिए। कोरोना संक्रमणपछि उनी तेस्रो पटक देशबासीको नाममा सम्बोधन गर्दैछन्।
दिल्लीको तरकारी होलेसेलमा जोर बिजोर लागू
आजादपुर मन्डीमा सामाजिक दुरी कायम गराउनका लागि जोर बिजोरको नियम लागू गरेको छ। पसल र अत्यावश्यक वस्तुका लागि यस्तो नियम लागू गर्न लागिएको हो।
यसका लागि दिल्ली सरकारले ७ नोडल अफिसर नियुक्त गरेको छ। तरकारी ओसार्ने र खाद्यान्न ल्याउने सवारी साधनमा पनि यो नियम लागू हुने राज्य सरकारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।