एजेन्सी- बेलायतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ७ सय ३७ जनाको मृत्यु भएको छ। बेलायतको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागको तथ्यांकअनुसार आइतबार एकै दिन ७ सय ३७ जनाको मृत्यु भएको हो।
आइतबार मृत्यु भएकाहरुको संख्यासँगै बेलायतमा कोरोना भाइरस संक्रमणबाट १० हजार ६ सय १२ जनाको ज्यान गएको सिएनएनले जनाएको छ।
बेलायतमा हालसम्म ८४ हजार २ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने अहिले दैनिक १८ हजारसम्मको कोरोना भाइरस संक्रमणको परीक्षण भइरहेको छ। विभागका अनुसार आइतबारसम्म २ लाख ८२ हजार जनाको परीक्षण भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।