एजेन्सी- चीनमा कोरोना भाइरसका ९९ नयाँ संक्रमित फेला परेका छन्। एक साताभित्र यो संख्यामा नयाँ बिरामी फेला परका हुन्। स्वास्थ्य अधिकारीका अनुसार चीनमा हाल कोरोना संक्रमितको संख्या ८१ हजार पुगेको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म कुल १२ सय ८० कोरोना भाइरस संक्रमित बाहिरबाट आएका मानिसमा पुष्टि भएको हो। यसरी आएका मध्ये ४ सय ८१ जना निको भएका छन् भने ७ सय ९९ जनाको उपचार भइरहेको छ।
उपचाररत रहेकामध्ये ३६ जनाको अवस्था गम्भीर रहेको छ। गत शनिबार ९९ जना कोरोना संक्रमित भेटिएका थिए। तीमध्ये ९७ जना बाहिरबाट आएका मानिसहरु छन्। चीनको वुहानमा कोरोना संक्रमणमा कमी आएपछि जारी लकडाउन खोलिएको थियो।
लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेपछि चिनियाँ अधिकारीहरु चिन्तित भएका छन्। शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मि फेंगले मानिसहरुलाई समूहमा भेला नहुन र बचाउको तरिका अवलम्बन गरिरहन आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।