• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

एक मजदुरको प्रश्न : सरकार म कहाँ जाउँ त? 

‘आफन्त काम नलाग्ने, कस्तो बिरानो सहर?’
ऋग्वेद शर्मा/निमेष जंग राई आइतबार, चैत ३०, २०७६  १६:३६
1140x725

काठमाडौं- यो सहरमा व्यथा बनिरहेका कथाहरू धेरै छन्। दुःखका बेजोहरू त सधैँ हुन्छन् नै तर यो पटक अलि बढी नै पो भइरहेको हो कि। थातबास नभएकाहरू, गासको जोहो नभएकाहरू पनि छन् भन्ने देखिएको छैन कि देख्न आवश्यक छैन? 

लकडाउनले धुलो नउँड्दा सडक जति चम्किएका छन्, लाग्छ यहाँ मानिसहरूको मन उति नै धमिलिएको छ। धुलो मडारिएर धुमिल मन भएका मानिसहरूमा आफन्त पनि काम नलाग्ने गरी सहर विरानो भएको छ। हुन त ‘लकडाउन सरकार’ भएका बेला नागरिकको मन पनि लकडाउनै त होला। होइन भने त एक मजदुरले यस्तो हन्डर खेप्नुपर्ने थिएन। 

शनिबार रातको ९ बजेको हुँदो हो, त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी कक्षअघि एउटा एम्बुलेन्स रोकियो। अस्पतालमा एम्बुलेन्स रोकिनु नौलो त भएन तर माइक्रो बसबाट यात्रु ओर्लिए जस्तै गरी एम्बुलेन्सबाट एक्लो बिरामी ओर्लिंदा दृश्य नमिठो थियो।

उनी बिस्तारै हिँड्दै इमर्जेन्सी कक्षतिर बढे। उनलाई त्यहाँ छाडेको एम्बुलेन्स फर्कियो। इमर्जेन्सी कक्षको ढोकामा पुगेका उनलाई सुरक्षा गार्डले रोके। उनीहरूबीच केही कुराकानी भयो। उनी त्यहीँ रोकिए। 

तीन जनाको मेडिकल टिम ढोकामै आयो। थर्मल गन निधारमा लगाएर ज्वरो नापे। अक्सिजन स्याचुरेसन प्रोप औँलामा चेपेर रगतमा अक्सिजनको मात्रा र मुटुको धड्कन जाँचे। 

हुन त अलिकति पैसा नै भएको भए पनि यतिबेला के गर्न सकिन्थ्यो र!

शनिबार राति त्यसरी एक्लै अस्पतालको इमर्जेन्सीमा आइपुगेका व्यक्ति हुन्– नारायण परियार। 

ज्वरो सामान्य रहेको र अरु सबै ठीक देखिएकाले डाक्टरले ढोकैबाट उनलाई घर गएर आराम गर्न सल्लाह दिए। डाक्टरले एउटा कागजको चिर्कटोमा केही औषधि पनि लेखिदिएका थिए। 

nimb
nimb

डाक्टरले घर जानु भने पनि रातको समय नारायण एक्लै घर कसरी जाने सोचेर पनि सक्ने स्थितिमा थिएनन्। न खल्तीमा पैसा छ, न त कसैलाई फोन गर्न मोबाइल। लगातार खोकिरहेका उनी सन्चो पनि थिएनन्। 

000

गोरखा नाम्जुङका २७ वर्षका नारायणले काभ्रेमा एउटा विद्यालय भवन निर्माणमा मजदुरी गरिरहेको दुई महिना भयो। लकडाउन भएदेखि त काम ठप्प नै छ। काम रोकिएपछि ठेकेदारले पैसा दिएका छैनन्। भएको पैसा पनि सकियो। 

केही दिनदेखि खोकी लागेर अस्वस्थ भइरहेका नारायणलाई चार दिनअघि त ज्वरो पनि देखियो। ज्यान तातेर आएका उनलाई के गर्ने कहाँ जाने भन्ने यकिन थिएन। यो समयमा ज्वरो आइदिँदा सबैको शंका ‘कोरोना लाग्यो’ भन्ने नै भयो। 

कोरोना भाइरस (कोभिड १९) को डरले नै ठेकेदारले एम्बुलेन्स बोलाएर उनलाई काठमाडौं पठाइदिएका थिए। अस्पताल जान भनेर एम्बुलेन्समा चढाइदिए पनि नारायणले खाली खल्ती अस्पताल जाने आँट गर्न सकेनन्। एम्बुलेन्सको पैसा त धन्न ठेकेदारले नै तिरिदिएका थिए। 

जेठीसासूले भित्र पस्नसमेत नदिई पठाएको नारायणको मनले राम्ररी सोच्नसम्म भ्याएको थिएन। आफूलाई भएको के हो भन्ने डर उनको मनमा बढी थियो।

अस्पताल जान एम्बुलेन्समा बसिरहँदा उनलाई काठमाडौंमा भएका आफन्तहरूको याद आयो। कसले सहयोग गर्न सक्ला भन्ने सोचिरहेका उनको दिमागले सिधै अस्पताल जानुभन्दा जेठीसासूकोमा गएर केही सहयोग लिने सोच्यो। एम्बुलेन्स चालकलाई भने, ‘सामाखुसीमा लगेर झारिदिनुस् है।’ 

श्रीमतीको दिदीको कोठा सामाखुसी नै आफू जान मिल्ने सबैभन्दा नजिक र सहयोग मिल्ने ठाउँ ठानेका नारायणले त्यहाँ सहयोग पाएनन्। जेठीसासूले धेरै सोधखोज समेत नगरी ढोकैबाट एम्बुलेन्स बोलाएर त्रिवि शिक्षण अस्पताल पठाइदिएकी थिइन्। काभ्रेबाट खाली हात एक्लै अस्पताल पठाइएका उनलाई अन्ततः एक्लै अस्पताल नगई धर भएन। 

जेठीसासूले भित्र पस्नसमेत नदिई पठाएको नारायणको मनले राम्ररी सोच्नसम्म भ्याएको थिएन। आफूलाई भएको के हो भन्ने डर उनको मनमा बढी थियो। अब के गर्ने भन्ने केही निक्यौलमा पुग्न नपाउँदै एम्बुलेन्स त्रिवि अस्पतालको इमर्जेन्सी अगाडि पुगिसकेको थियो। जहाँ ढोकैमा ज्वरो नापेर डाक्टरले घर गएर आराम गर्न भनिदिएका थिए। 

डाक्टरले केही भएको छैन भन्दा जति खुसी पलाएको थियो, कमजोर शरीर लिएर अब कहाँ जाने भन्ने चिन्ता उति नै थियो। मनमा आएका अनेकौँ प्रश्न लिएर उनी अस्पताल अगाडिकै एउटा बेन्चमा थचक्क बसे। फेरि आफन्तहरूको लामो लिस्ट उनको सम्झनामा आइरहेको थियो। तर कसैलाई फोन गरिहाल्न साथमा मोबाइल पनि छैन। मोबाइल हराएको पनि हप्ता दिन पुग्न लागिसक्यो। 

उनलाई एम्बुलेन्सबाट एक्लै झरेदेखि नै नियालीरहेका केही मानिसहरू नजिक पुगेर प्रश्न गरिरहेका थिए। कहाँ, के, कसोका अनेकौँ प्रश्नको जवाफ उनले झिँझो नमानी दिइरहे। उनको ‘अब म कहाँ जाने, के गर्ने केही थाहा छैन, यहाँ कोही छैन’ भन्ने वाक्यको प्रतिक्रिया के दिने वरपर भएका कसैलाई थाहा थिएन। 

सबै कुरा भएपछि बाजेले भने– ‘यता ल्याएर राख्न त मिल्दैन, कोरोना लागेको हुनसक्छ, अस्पताल नै जानुपर्छ।’

त्यति नै बेला उनलाई याद आयो बाजे नाता पर्ने एकजना पुलिसमा हवल्दार छन्। नारायणलाई गोरखामा रहेकी श्रीमती, ती बाजे पर्ने हवल्दारको मोबाइल नम्बर याद थियो। नजिकै रहेका एक जनाले बाजेलाई फोन गरिदिए। लाउडस्पिकर बनाएरै कुरा भयो। सबै कुरा भएपछि बाजेले भने– ‘यता ल्याएर राख्न त मिल्दैन, कोरोना लागेको हुनसक्छ, अस्पताल नै जानुपर्छ।’

अघिसम्म सोधिखोजी गरिरहेका मानिसहरू पनि बिस्तारै परपर भए। रातको चकमन्न अँध्यारोले छोप्दै जाँदा नारायणको मनमा हुटहुटी उति नै बढिरह्यो। बाजेले त मिल्दैन भनि नै हाले अब के गर्ने त, दोधारको उपाय छैन। 

उनको नजिकै रहेका अर्काले श्रीमतीको नम्बरमा गोरखामा फोन लगाइदिए। घरमा नै रहेका दाइसँग पनि कुरा भयो। दाइले फोनमा भनिरहेका थिए– ‘एम्बुलेन्स खोजेर गोरखा घरमा नै पठाइदिनु न तपाइँहरू मिलेर, आपतमा त्यहाँ सहयोग गर्ने कोही छैन।’ 

‘काठमाडौंमा तपाइँको कोही छ कि’ फोनमा यताबाट गएको आवाजपछि उताबाट दाइले भने– ‘यस्तो रातमा केही सोच्न सम्भव नै भएन। त्यहाँ सानीमा त हुनुहुन्छ, उहाँको नम्बर ...यो हो।’

केही बेरअघि बाजे पर्ने पुलिस हवल्दार र अघि घरमा फोन गरेजस्तै गरी फेरि सानीमालाई फोन गयो। नारायण परियार यहाँ विचल्लीमा हुनुहुन्छ भनेर कुरा गर्दा पहिले त सानीमाले चिन्दिनँ नै भनिन्। 

नारायण आफैले भने- ‘माइला भन्नुभयो भने चिन्नुहुन्छ।’

‘हामी पनि अरुको घरमा बस्छौँ, यहाँ ल्याउन त मिल्दैन, तपाइँहरूले गोरखा पठाइदिनु न। हाम्रोमा घरबेटीले दिँदैन।’ सानीमाको त्यो बोली सुन्दा लाग्यो, ‘फोन लाउडस्पिकर नराखेकै भए हुने।’

तब नारायणको त्यो स्वरपछि सानीमाले नचिन्न त सकिनन् तर बोली चिनेजस्तो पनि हुन सकेन। 

‘हामी पनि अरुको घरमा बस्छौँ, यहाँ ल्याउन त मिल्दैन, तपाइँहरूले गोरखा पठाइदिनु न। हाम्रोमा घरबेटीले दिँदैन।’ सानीमाको त्यो बोली सुन्दा लाग्यो, ‘फोन लाउडस्पिकर नराखेकै भए हुने।’

सम्झनामा काभ्रेबाट एम्बुलेन्स चढाएर पठाइदिने ठेकेदार पनि आएका थिए तर ठेकेदारको पनि त नम्बर याद छैन। दिन बाँकी पैसा पनि बैंकमा छ भन्दै ठेकेदारले दिएन। हुन त अलिकति पैसा नै भएको भए पनि यतिबेला के गर्न सकिन्थ्यो र!

अघिसम्म चिन्तामा रहेका नारायण सबैले परपर गर्दा एकछिन त रिसाए पनि। तर उनको दुःखको साथ रिसले कसरी दिनु। रातको १० नै बजिसक्यो। अस्पतालकै बेन्चमा त कसरी रात काट्नु। त्यसमाथि खोकि तारन्तर लागिरहेको छ। अघि डाक्टरले लेखिदिएको औषधिको कति पर्छ भनेर पसलमा सोध्नसम्म जाने आँट छैन। 

एकजनाको फोनबाट फेरि गोरखामा रहेका दाइसँग नै कुरा भयो। बालाजुमा भाइको कोठामा गएर ताला फुटाएर बस्ने सल्लाह भयो। भाइले ताला लगाएर घर गएको कोठामा ताला फुटाएर पो कसरी बस्नु। 

दाइले नै भाइको घरभेटीसँग फोनमा अनुनय गरे। ताला फुटाएर बस्ने अनुमति मिल्यो। नारायण जसोतसो हिँड्दै टिचिङबाट बालाजु गए। नपुग्दासम्म मनमा अनेक सवालजवाफ चलिरह्यो। आफन्तको असहयोगले नमिठो लागिरह्यो। 

000

नारायणको परिवार गोरखा नाम्जुङमै छन्। आठ कक्षा पढेर छाडेका उनका दाइले वाइरिङको काम सिकेका छन्। गाउँमा त्यही काम गर्छन्। माइला नारायणले त तीन कक्षापछि पढेनन्। घर बनाउने कामतिरै हिँड्न थाले। एसएलसी पास कान्छा झोलामा आयुर्वेदिक औषधि बेच्दै हिँड्ने काम गर्छन्। बालाजुमा ताला फुटाएर माइला बसेको कोठा उसैको हो। 

आइतबार बिहान अलि शान्तिको सास फेर्दै दाइले फोनमा नै सुनाए, ‘धन्न कान्छा भाइको घरबेटी भगवान जस्ता रहेछन् र माइलाले बस्ने ठाउँ पायो। होइन भने त राति कसैले बस्न नि दिएनन्, म कहाँ जाने भनिरहेको थियो, बिचल्ली हुन्थ्यो।’ 

नारायणसँग आइतबार बिहान पनि कुराकानी भयो। कान्छाले ६ किलोजति चामल किनिछाडेर हिँडेको रहेछ। त्यसले केही दिन त पुग्ला, त्यसपछि? 

विपतमा आफन्तले नै सहयोग नगर्दा सहयोगको अरु सहयोगको आश पनि नारायणले सोचेका छैनन्। बरु कामै गर्न पाए हुने हो। 

प्रधानमन्त्रीले कोही भोकै मर्नु पर्दैन भनेर भाषण गरेको पनि नारायणले सुनेका छैनन्। महानगरका बाँदर र कुकुरलाई खानेकुरा बाँड्दै हिँडेका मनकारी मेयर यहीँका हुन् भन्ने पनि उनलाई थाहा छैन। हुन त आफन्त नै काम लागेनन्, सरकार त कहिले आफ्नो छ र!

प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
काठमाडौं महानगरको मतपेटिका राष्ट्रिय सभा गृहमा [तस्बिरहरु]
भोट हाल्न गाउँ फर्किनेको लर्को [तस्बिरहरु]
छोराछोरी बोकेर म्यादीको परीक्षा (तस्बिरहरु)
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीमा कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा शुक्रबार, भदौ १२, २०८३
युएफसी फाइनलमा मर्डोकसँग भिड्दै रवीन्द्र शुक्रबार, भदौ १२, २०८३
बेपत्ता भएका ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता शुक्रबार, भदौ १२, २०८३
मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा धन्यवाद शुक्रबार, भदौ १२, २०८३
चेल्सी लिग कपको तेस्रो चरणमा शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
चीनले भन्यो–नेपालका दुई नदीको दोभानमा बनेको  ‘बाँधयुक्त ताल’ ३ दिनभित्र फुट्न सक्छ बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्