• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

दार्चुलाका मेयरको गुनासो : संघीय सरकारको यही रबैया रह्यो भने गाह्रो छ

कमला गुरुङ बिहीबार, चैत २७, २०७६  १३:४२
1140x725

काठमाडौं- नेपाल कोरोना महामारीको दोस्रो चरणमा पुगेसँगै जोखिम झनै बढेर गएको छ। कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेको सरकारको भनाई छ। तर अहिलेको समयमा सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको स्थानीय तहका जनप्रतिनिधि भने केन्द्रीय सरकारको तयारीप्रति सन्तुष्ट छैनन्। प्रदेश र केन्द्रीय सरकारले समन्वय नगरेको उनीहरुको गुनासो छ। दार्चुलाको महाकाली नगरपालिका त्यस्तै मध्येको एक हो।

महाकाली नगरपालिका दार्चुलाका मेयर हंसराज भट्टसँग कोरोना नियन्त्रणका लागि भएका तयारी र भारतबाट फर्किएका नेपालीलाई गरिएको व्यवस्थापनका सम्बन्धमा कुराकानी गरेका छौं। प्रस्तुत छ, मेयर भट्टसँग कमला गुरुङले गरेको कुराकानीः

कोरोनाको महामारी नियन्त्रणका लागि यहाँहरुले के कस्तो काम गरिरहनु भएको छ?
अहिले हामीले क्वारेन्टाइन तथा औषधिको व्यवस्थापन गरेका छौं। शंकास्पद व्यक्तिको रेकर्ड राख्ने र राहतका लागि तथ्यांक संकलन लगायतका काम गरिरहेका छौं। 

भारतबाट धेरै संख्यामा नेपालीहरु दार्चुला आए भन्ने सुनिन्छ। खासमा कति नेपालीहरु आएका हुन्? के छ तथ्यांक?
भारतसँग जोडिएको नाका अहिले बन्द छ। सुदूरपश्चिममा महाकाली नगरपालिकाले नेपाल र भारतको सीमा छुट्याएको हो। लकडाउन भएपछि यो नाकामा नेपालीहरु जम्मा भए। उनीहरु नाकामा फसेपछि विगतमा हामीले एक दुई पटक खोलेका पनि थियौं।

चैत ११ गते ७८ र चैत १४ गते ३ सय २७ जनालाई हामीले उद्दार गर्‍यौं। हामीले उनीहरुको उद्दार गर्दा बाहिर नाका खोलिएको भन्ने सन्देश पनि गएको रहेछ। उनीहरु बाजुरा, कैलाली, बैतडी, बझाङ र जाजरकोट जिल्लाका पनि थिए।

भारतमा फसेका कति नेपालीहरु यही नाकामा बसे। उनीहरुले ‘हामीलाई यहाँबाट निकाल नेपाल सरकार’ भनेर पनि नाराबाजी गरे। तर नेपालमा रहेका भारतीय र भारतमा रहेका नेपालीहरु उतैको सरकारले संरक्षण गर्ने सहमति भएपछि नाका खुलेन। अहिलेसम्म १ हजार ६९ जना नेपालीहरु यही नाकामा फसेका छन्।

मंगलबार प्रधानमन्त्रीको सम्बोधनमा २ हजार १ सय ४७ जना नेपाली नाकामा छन् भन्नुभएको थियो। जसमध्ये १ हजार ६९ जना त यही नाकामा छन्। उनीहरुलाई भारतले विभिन्न शिविरमा राखेर खाना बस्न दिने व्यवस्था गरेको छ। तर क्वारेन्टाइनमा राखेको छैन।

पौडिन सक्नेहरु पौडिएर र ट्युब मार्फत आउने क्रम पनि जारी छ। दैनिक २/४ जना आइरहेका छन्। त्यसरी आउने नेपालीहरु कुनकुन जिल्ला र पालिकाका हुन्, हामीले बुझेर पठाउने गरेका छौं। महाकाली नगरपालिकाको स्थानीय भए हामीले क्वारेन्टाइनमा राख्ने गर्छौं।

Ncell 2
Ncell 2
nimb
nimb

महाकाली नगरपालिकामा मात्र कति नेपाली भारतबाट आएका छन्?
भारत र अन्य जिल्लाबाट आएकाहरुको हामीले रेकर्ड राखेका छौं। भारत, काठमाडौं र धनगढीबाट महाकाली नगरपालिकामा अहिलेसम्म २ सय १ जना आएका छन्। जसमध्ये करीब १ सय २५ जना भारतबाट आएका हुन्। उनीहरुमध्ये १ सय ८० जना सेल्फ क्वारेन्टाइन र २१ जना नगरपालिकाको क्वारेन्टाइनमा छन्। उनीहरुका कुनै स्वास्थ्य समस्या भए/नभएको पनि हामीले दैनिक टेलिफोन सम्पर्कबाट बुझिरहेका छौं।

क्वारेन्टाइनका लागि कति शय्याको व्यवस्था गर्नु भएको छ?
हामीले ५० शय्याको क्वारेन्टाइनको व्यवस्था गरेका छौं। तर नदीबाट तैरिएर आएकाहरुलाई हामीले एक दिन सोही क्वारेन्टाइनमा राखेर सम्बन्धित नगरपालिकालाई खबर गर्छौं। त्यो बेलासम्म उनीहरुको खाने र बस्नेको व्यवस्था गर्दै आएका छौं।

क्वारेन्टाइनमा बस्नेहरुको कोरोना परीक्षणका लागि नमूना संकलन कसरी गरिरहनु भएको छ?
हामीले नमूना परीक्षण के मा पठाउने र? स्वाब परीक्षणका लागि जिल्लामा जम्मा चार वटा मात्र पठाएको छ। करीब २ सय जना महाकाली नगरपालिकाकै छ। अन्य नगरपालिकामा हजारौं छन् होला। जे गर्न सकेको छ, अहिले स्थानीय तहले मात्र गरिरहेको छ। संघीय र प्रदेश सरकार टुलुटुलु हेरिरहेको छ। संघीय सरकार भ्रष्टाचारमै लिप्त छ।

भनेपछि अहिलेसम्म यहाँहरुले कोरोनाको परीक्षणका लागि नमूना पठाउनुभएको छैन?
नमूना परीक्षणको व्यवस्थापन गर्न हामीसँग स्रोत नै भएन, कसरी गर्ने कहाँ गर्ने भनेर। संघीय सरकारले चाँडो गर्नुपर्ने, गरेको छैन। त्यसैले हामी कसरी कोरोनाको महामारी नियन्त्रण र रोकथाम गर्ने भन्नेमै लागिरहेका छौं।

Xtrem

Xtrem

कोरोनाको परीक्षणका लागि यहाँहरुले प्रदेश सरकारसँग समन्वय गर्नु भएको छैन?
प्रदेश सरकारसँग हामीले गर्नुपर्ने हो र? प्रदेश र संघीय सरकारलाई गाउँमा के भइरहेको छ भनेर थाहा छैन र? उहाँहरुसँग सिंगो व्यवस्था छ। त्यति अधिकार छ। अहिले त एउटा ठोस निर्णय गरेर उहाँहरुले खरिद गर्नुपर्ने हो, लोभ राख्ने होइन। त्यही भएर उहाँहरुले व्यवस्थापन गर्न सकिरहनु भएको छैन। त्यो समस्यासँग कसरी लड्ने भन्ने कुरा हाम्रो अधिकार बाहिरको कुरा भयो। जसको अधिकार क्षेत्रमा छ, उनीहरु कमाउन लागि परेका छन्। 

कोरोनाको महामारी रोकथाम तथा नियन्त्रणको लागि काम गरिहँदा देखिएको समस्या के के छन्?
अहिले नेपाल सरकार पूर्व तयारीमा लाग्नुपर्ने हो। द्रुत गतिमा जानुपर्ने हो। तर सरकारकै भ्रष्टाचार अनि अनियमितताको कुरा सुन्छौं। एकदम दुःख लाग्छ। हामीहरु फिल्डमा खटिरहेका छौं। स्वास्थ्यकर्मीहरु जोखिम मोलेर काम गरिरहेका छन्।

प्रधानमन्त्रीले सम्बोधनमा हामीसँग १ हजार बढी पिपिई छ भनेको सुन्दा दुःख लाग्छ। किनभने हामीले मंलगबार मात्र २१ थान पिपिई व्यवस्थापन गरेका छौं। यस्ता अत्यावश्यक उपकरणहरु समयमै स्थानीय तहमा पुग्नुपर्छ। सबै ठाउँमा कोरोना परीक्षणको व्यवस्थापन भए र प्रभावकारी रुपमा लकडाउन पालना भए मात्र महामारी रोक्न सकिएला। तर संघीय सरकारको यही रवैया रह्यो भने गाह्रो छ।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १३:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
भारी वर्षाको जोखिमबीच स्वास्थ्य क्षेत्र उच्च सतर्क, स्वास्थ्यकर्मी र र्‍यापिड रेस्पोन्स टिम तयारीमा शुक्रबार, असोज ९, २०८३
अफगानिस्तानले नेपाललाई दियो १०३ रनको लक्ष्य शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्