• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कोरोनाको जोखिममा सुदूरपश्चिम : सरकारको आश छाडौं, सतर्क बनौं

केशवी जोशी बिहीबार, चैत २७, २०७६  १२:१४
1140x725

कोरोना महामारीसँग विश्व जुधिरहेको छ। विश्वमा सबल अर्थतन्त्र भएका राष्ट्र चीन, अमेरिका, बेलायत लगायतका युरोपेली मुलुकसमेत यो माहामारीबाट बच्न ठूलो संघर्षमा छन्। छिमेकी राष्ट्र भारतमा यसले ठूलो रुप लिँदै गएको छ। नेपाल पनि कोरोनाको युद्धमैदानमा नै छ। यो अवस्थामा सरकारबाट आम नागरिकले गर्ने अपेक्षाहरूको सूची र सूचक बढेर जान्छ। सरकारका कमीकमजोरी केलाउनुका साथै नागरिकले पनि केकस्ता काममा सहयोग गर्न सक्छन् भन्ने विषयमा पनि ध्यान दिन जरुरी छ। नागरिक सबैभन्दा बढी सतर्क भइदिए यो महामारीसँग जुध्ने बलियो अस्त्र हुन सक्छ।

कामका लागि विदेश गएका नेपाली स्वदेश फर्किएसँगै देशमा संक्रमण फैलन सक्ने विषयले त्रसित बनाएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेश क्षेत्रमा पछिल्लो समय भारतबाट ठूलो संख्याका नेपालीहरू आएको र भारतका धेरै स्थानमा हटस्पट समेत मानिएकाले सुदूरपश्चिममा यसको संक्रमित भित्रिएको हुन सक्ने भएकाले हाइ अलर्ट हुनुपर्ने अवस्था छ। तर पहाडी गाउँहरुमा त्यसको असर अझै महसुस हुनसकेको छैन्। सहर बजारबाट मात्र नभएर भारत, खाडीमुलुक लगाएत विभिन्न कोभिड-१९ संक्रमण भएका देशहरुबाट फर्किएका व्यक्तिहरुको अन्तिम गन्तव्य भनेको गाउँ नै हो। अझ सरकारको लकडाउनको निर्णयसँगै देशका विभिन्न शहरमा रहेको ठूलो जमात आधारभूत आवश्यकता पूर्ति गर्न नसकिने महसुस गरी आफ्नो पुर्ख्यौली गाउँ  पुगेको छ। संक्रमणको जोखिम गाउँमा बढी छ भन्न गाह्रो छैन।

भारतबाट आएका दुई जना र दुबइबाट आएका एक जनामा कोभिड-१९ देखिएको पुष्टि भइसकेको छ। यसलाई सामान्य रुपमा हेरिएको थियो। तर, दुबइबाट आएका व्यक्तिको परिवारको सदस्यमा कोभिड १९ देखिएसँगै स्थिति चिन्ताजनक बनेको छ। पहिलो चरणमा रहेको कोभिड-१९ दोस्रो चरणमा प्रवेश गरेपछि चिन्ताको पारो पनि माथि चढेको छ। समयमा नै सजग हुन सकिएन भने सुदूरपश्चिम कोभिड-१९ को इपिसेन्टर बन्ने पक्का छ।

पछिल्लो समयमा खुला सीमा नाकाबाट नेपाल भित्रिएका २ लाख नेपालीमध्ये करिब १ लाख ५० हजार सुदूरपश्चिम प्रदेशमा मात्रै भित्रिएको अनुमान गरिएको छ। सरकारले सुदूरपश्चिम प्रदेशसंग जोडिएका सीमा नाका बन्द गरे पनि डडेल्धुरा, बैतडी र दार्चुलाको सिमानाबाट माहाकाली नदीमा डुङ्गाबाट र पौडी खेलेर दैनिक ६० भन्दा बढी नेपाली दिनहुँ लुकीछिपी नेपाल भित्रिएका समाचार आइरहेका छन्। स्थानीय सरकारले सशस्त्र प्रहरीलाई उक्त ठाउँमा पठाउने निर्णय गरे पनि कार्यन्वयन फितलो छ। सरकारले दोस्रो मुलुकबाट भित्रिन लगाएको रोक र त्यसका लागि गरेको तयारीले पुग्ने देखिँदैन। खुला सीमाबाट अनधिकृत रुपमा कति आए र कहाँ गए भन्ने एकिन तथ्याङ्क सरकारसँग छैन। त्यसरी आउने नेपालीका लागि के गर्ने? कसरी पत्ता लगाउने? सरकारको तयारी शून्यकै वरिपरि छ।

अन्धविश्वासमा बढी छ। गाउँघरमा सामाजिक कार्य र ब्रतबन्ध, पूजापाठलगायतका जमघट रोकिएका छैनन्।

सुदूरपश्चिम सरकारमा होइन, समग्र प्रदेशबासीले पनि कोभिड १९ पूर्वतयारीबारे सोच्न ढिला भइसकेको छ। बेलैमा उपयुक्त वातावरण बनाउन सकेनौं भने ठूलो चुनौती सामना गर्नुपर्ने निश्चित छ। अहिलेको अवस्था भनेको परीक्षणको हो। यसको दायरा तत्काल विस्तार नगरे रोगको संक्रमण कुन स्तरमा छ भन्ने पत्ता लागउन सकिन्न। यस काममा सरकारलाई दबाब दिने र आफू सजग हुने कर्तव्य सबै नागरिकको हो। तीनै तहका सरकारले समन्वय बढाउनुको विकल्प छैन। परिवेश र अवस्थाबारे सरकारदेखि नागरिकसम्मले अध्ययन गर्न जरुरी छ। 

गाउँमा सूचना
सहर सूचनाको पहुँचमा छ। मानिसमा सजगता बढी छ। घरबाट बाहिर कमै निस्कन्छन्। साबुनपानी र स्थानिटाइजरको प्रयोग बढी छ। गाउँघरमा सूचनाको अभाव छ। अधिकांश मानिस सही सूचना प्राप्त गर्न अरुमा भरपर्नु पर्ने अवस्था छ। संचारमाध्यमको पहुँच कम छ। अन्धविश्वासमा बढी छ। गाउँघरमा सामाजिक कार्य र ब्रतबन्ध, पूजापाठ लगायतका जमघट रोकिएका छैनन्।

क्वारेन्टाइनमा राखिएका आफन्त घर लैजानका लागि बैतडीमा एक समूहले स्वास्थ्यकर्मीलाई कुट्ने अवस्था आयो। यो घटनाले त्यहाँका जनसमुदायको चेतनाको स्तर आँकलन गर्न सकिन्छ। सुदूरपश्चिमको महान् चाड बिशुपर्व अर्थात् नयाँ वर्ष आउन अब केही दिन मात्र बाँकी छ। त्यस समयमा लाग्ने मेला र धार्मिक कार्यहरुमा सहभागी नहुन कडा आदेशको आवश्यकता छ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईं हामी जो जहाँ छौं, त्यहीँबाट आफ्ना परिवारका सदस्यलाई कोभिड-१९ बारेमा बुझाउने कोसिस गरौं। समाजमा भेला हुने वा जम्मा हुने काम बन्द गर्न भनौं। साबुनपानीले हात धुन ध्यान दिन आग्रह गरौं। कोही व्यक्ति भारत वा अन्य देशबाट आएको थाहाँ पाए तुरन्त प्रहरीलाई खबर गरौं। गाउँघरमा सेल्फ क्वारेन्टाइनको आश नगरौं। 

आर्थिक अवस्था
सुदूरपश्चिम (सुप)का पहाडी जिल्लामा सूचना पाएपनि न त हात धुन साबुन पर्याप्त छ, न साबुनले हात धुनका लागि समय नै। के सबैले पटकपटक साबुनपानीले हात धुन सक्लान्? अनि के तिनीहरु साँच्चै स्यानिटराइजर पाउलान्? यी विषय सोचनीय छन्। कति चोटी घरपालुवा जनावरकोपछि लाग्छन्, गनि साध्य हुन्न। अनि के त्यति नै समय उनीहरु हातले कतै न छोई बस्न सक्लान्?

गाउँमा एकान्तबासमा बसेको सुनिएको छैन। आइसोलेसन र क्वारेन्टाइनको महत्व बुझाउन सकिएको छैन।

अहिले गहुँबाली भित्र्याउने समय छ। तराइ जस्तो पहाडी जिल्लामा थ्रेसरको प्रयोग छैन। थ्रेसरको सट्टामा समूहमा काम गरिरहेका छन्। भारतीय नाकाबाट नेपाल भित्रिएकामध्ये अधिकांश पाहाडी जिल्लाका मानिस छन्। के तिनीहरुका परिवार समूहमा काम नगरेर बस्लान्? एकान्तबासमा कति दिन बस्लान्?

गाउँमा एकान्तबासमा बसेको सुनिएको छैन। आइसोलेसन र क्वारेन्टाइनको महत्व बुझाउन सकिएको छैन। बुझेकाले पालना गरेका छैनन्। त्यसका लागि सूचना कसरी प्रवाह गर्ने? स्थानीय सञ्चारमाध्यको भूमिका कस्तो हुने? सरकारी तथा गैरसरकारी संस्थासँग कसरी काम गर्ने जस्ता विषयहरुमा समेत ध्यान जान जरुरी छ।

पूर्वाधार र उपचार
कोभिड-१९ को उच्च जोखिममा सुदूरपश्चिमका पहाडी जिल्ला छन्। उपचारका लागि समेत सहज वातावरण छैन। सामान्य जरो थाहा पाउन  स्वाथ्यचौकी पुग्न अझै पनि एक दिन लाग्छ। पहाडी गाउँमा कोभिड-१९ को संक्रमणले छोयो भने त्यस्ता व्यक्तिलाई कसरी उपचारस्थलसम्म कसरी ल्याउने भनेर तयारी छैन। धेरै ठाउँमा बिरामीलाई बोकेर ल्याउनु पर्ने अवस्था छ। त्यसरी बोकेर ल्याउने व्यक्तिलाई उक्त संक्रमणबाट कसरी बचाउने जस्ता समस्याबारेमा अहिले नै बहस हुनु जरुरी छ।

धेरै गाउँपालिकाले अस्थायी स्वास्थ्यचौकीको व्यवस्था गरेको पनि सुनिएको छ, तर त्यतिले मात्र पर्याप्त हुँदैन। कोभिड-१९ को प्रकोपमा पहाडी जिल्ला परे ती ठाउँबाट बिरामीलाई एम्बुलेन्ससम्म ल्याउन सकिने अवस्थासमेत सोचनीय छ। एकातिर सबै गाउँ र घरमा एम्बुलेन्स जाने बाटो नै छैन भने अर्कातिर स्थानीय सरकारसँग एम्बुलेन्सकै अभाव छ। कति स्वास्थ्यचौकीमा ज्वरो नाप्ने थर्मल गन छैन। यस्तो अवस्थामा कसरी सहजीकरण गर्ने स्थानीय सरकारले तत्काल कदम चालेको खै?

नाम मात्रको क्वारेन्टाइनमा १४ दिन बसेर निस्कनु कोभिड-१९ को संक्रमणबाट मुक्त भएको प्रमाणपत्र त होइन होला, आइसोलेसन वा क्वारेन्टाइनको तयारी के छ?

पहाडी गाउँमा जेष्ठ नागरिकको संख्या बढी छ। आफ्नो विचारमा दृढ हुने यो उमेर समूहका धेरै मानिससँग पछिल्लो समय बाहिरबाट आएका मानिसको जमघट हुन घरबाहिर जानु पर्दैन। वैदेशिक रोजगारी र अध्ययनका लागि घर छोडेकाहरू घर फर्किए भने ढुक्क हुने अवस्था छैन। त्यसमध्ये ६५ वर्षभन्दामाथि र कुनै रोग (दम, वाथ, मधुमेह, मुटु)बाट पीडितलाई कोभिड १९ को संक्रमणको उच्च जोखिम रहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ। यो समूहको सुरक्षाका लागि सरकारले के गरिरहेको छ? सरकारले नगरे पनि जनताले सचेत हुने बेला आएको छ।

सीमापारिका क्वारेन्टाइन
दार्चुलाको सीमा नाका धार्चुलामा १४ दिनका लागि क्वारेन्टिनमा राखिएका १ हजार ६ सय नेपालीको अवस्था चिन्ताजनक छ। उनीहरुलाई राखिएको क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनले तोकेका सामान्य मापदण्ड पनि अपनाइएको छैन। खाँदिएर राखिएका तस्बिर बाहिर आएका छन्। यसले चिन्ता थपेको छ।

हुन त त्यति धेरै संख्यामा रहेका नेपालीलाई व्यवस्थित गर्न सहज पनि होइन तर, कमजोरी ढाकछोप गर्नु अथवा टुलुटुलु हेरेर बस्नु क्षम्य हुँदैन। सुदूरपश्चिम प्रदेश र संघीय सरकारको ठूलो कमजोरी भइसक्यो। अब तिनको व्यवस्थापनमा राज्य के गर्दैछ भन्ने जानकारी पाउन मुस्किल छैन, किनभने राज्यले केही पनि गरेको छैन।

सीमापारि अस्तव्यस्त भएर खाँदिएर बसेका एक जनामा संक्रमण देखियो भने त्यसपछिको चुनौती व्यवस्थापन झन् विकराल छ। नाम मात्रको क्वारेन्टाइनमा १४ दिन बसेर निस्कनु कोभिड-१९ को संक्रमणबाट मुक्त भएको प्रमाणपत्र त होइन होला, आइसोलेसन वा क्वारेन्टाइनको तयारी के छ?

धनगढीमा एक व्यक्तिबाट अर्को व्यक्तिमा भएको संक्रमण १९ दिनपछि मात्र पुष्टि भएको छ। १४ दिनले नपुग्ने यसै पनि प्रमाणित भयो। फेरि त्यता बसाईलाई कसरी क्वारेन्टाइन भन्ने? सरकार गम्भीर हुन जरुरी छ। तर सरकार जति गम्भीर हुन पर्ने हो त्यति गम्भीर छैन। त्यसैले सबै नागरिक स्वतःस्फुर्त रूपमा सचेत भई आपसी सहयोग बिना यो महामारीसँग जुध्ने शक्ति कमजोर हुन्छ। नागरिक सचेत भए यो महामारी परास्त हुन्छ। प्रार्थना गरौं, हामी सबै सुरक्षित रहन रहन सकौं।

प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
जलबायू न्यायका लागि नेपालले के गर्ने ? निष्कर्षमा, नेपालको विकसित राजनीतिक परिदृश्य समकालीन दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण लोकतान्त्रिक विकासहरूमध्ये एक हो। नेपालको... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्