काठमाडौं- नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले नियुक्ति पत्र बुझेका छन्।
अर्थ मन्त्रालयले सोमबार नै अधिकारीलाई नियुक्ति पत्र दिएको हो। अधिकारीको सपथ मंगलबार बिहान ११:३० बजेका लागि तोकिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अधिकारीलाई सपथ दिलाउनेछन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी ५ वर्षका लागि केन्द्रीय बैंक नेतृत्व गर्ने जिम्मेवारी दिएको थियो।
अर्थमन्त्री नेतृत्वको गभर्नर छनौट समितिले अधिकारीसँग पूर्वसचिव केशव भट्टराई र कायममुकायम गभर्नर चिन्तामणि शिवाकोटीको नाम गभर्नरका लागि सिफारिस गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।