• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कोरोना भाइरससँग जुध्न भेन्टिलेटर बनाउन जुटेका विश्वभरका कार उत्पादक!

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १५:३२
1140x725

काठमाडौं- चीनको वुहानमा २०१९ को अत्यन्तमा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले सिंगो विश्व नै आक्रान्त छ। करीब विश्वका सबै देशमा कोरोना देखिइसकेको छ। 

पछिल्लो समय कोरोनाको उत्पत्ति देश चीन कोरोनामुक्त नभएपनि संक्रमण र त्यसबाट हुने मानवीय क्षति नियन्त्रण गर्न सफल देखएको छ। तर युरोपका विभिन्न देश तथा अमेरिकामा अहिले कोरोनाको संक्रमण व्यापक रुपमा फैलिरहेको छ। 
कोरोनाले च्यापेपछि बिरामी सिकिस्त हुने भएकाले उनीहरूलाई भेन्टिलेटरको आवश्यकता पर्छ। कोरोनाको असर देखिएपछि मानिसलाई श्वासप्रश्वास असहज हुन्छ‚ जसले गर्दा बिरामीलाई भेन्टिलेटरको अवश्यकता पर्छ।

अमेरिकामा कोरोनाको संक्रमण बढ्न थालेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कार उत्पादक कम्पनीहरूलाई तत्काल भेन्टिलेटर उत्पादन थाल्न निर्देशन दिएका थिए। ट्रम्पले डेढ साताअघि अमेरिकी दुई गाडी उत्पादक कम्पनीलाई तत्काल भेन्टिलेटर उत्पादन थाल्न निर्देशन दिएका थिए। जतिबेला अमेरिकामा ८३ हजार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। 

जबकी सोमबार बिहानसम्म यो बढेर ३ लाख ३७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै उपचारका लागि आवश्यक भेन्टिलेटरको अभाव नहोस् भनेर गाडी उत्पादकलाई यस्तो बताएका हुन्। ट्रम्पले अमेरिकी गाडी उत्पादक कम्पनी जनरल मोटर्स (जिएम) र फोर्डलाई तत्काल प्लान्ट सुचारू गरेर भेन्टिलेटर उत्पादनमा लाग्न भनेअनुरूप कम्पनीहरूले उत्पादन गरिरहेका छन्। अमेरिकालाई चीनले समेत भेन्टिलेटर सहयोग गरिसकेको छ।

यता भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै भारत सरकारको आग्रहमा कम्पनीले उक्त संख्यामा भेन्टिलेटर बनाउने भएको हो। भारतमा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४ हजारभन्दा बढी रहेको छ। पछिल्ला दिनमा भारतमा संक्रमण बढ्दै गएको छ।

मारूती सुजुकीले भेन्टिलेटरसँगै मास्क तथा अन्य प्रोटेक्टिभ इक्युपमेन्‍ट समेत उत्पादन गर्न सुरू गरेको छ। हाल मारूती सुजुकीलगायत सबैजसो सवारी उत्पादक कम्पनीले कोरोनाका कारण सवारी उत्पादन स्थगित गरेका छन्। 

मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि एजभा हेल्थलेयरसँग समन्वय गरेको छ। एजभाले नियमित रूपमा भेन्टिलेटर उत्पादन गर्दै आएको छ। मारूती र एजभा हेल्थकेयरले संयुक्त रुपमा काम गरे छोटो समयमा ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुने अटोडट एनडिटिभीले लेखेको छ।

यसरी संयुक्त रूपमा भेन्टिलेटर उत्पादन हुँदा मासिक १० हजार थानभन्दा धेरै उत्पादन हुने अनुमान गरिएको छ। भेन्टिलेटरमा प्रयोग हुने प्रविधि, पर्फमेन्सलगायत अन्य विषयमा एजभा हेल्थकेयर जिम्मेवार हुनेछ। त्यस्तै मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि आवश्यक सामग्री, भेन्टिलेटरको गुणस्तर नियन्त्रणसहितको काम गर्नेछ। ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुँदा गुणस्तरमा आउन सक्ने कमजोरीलाई विशेष जोड दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

मारूती सुजुकीका चेयरमेन आरसी भारगभले कोरोना भाइरस (कोभिड १९)संग जुधिरहेको भन्दै अत्यावश्यक सामाग्री उत्पादनमा आफूहरू पनि लाग्ने बताइएका थिए। त्यसैले मारूती सुजुकी भेन्टिलेटरको सम्भावित उत्पादनमा लागेको बताए।

भेन्टिलेटर उत्पादनका लागि आवश्यक पर्ने बजेट, सम्बन्धित निकायबाट लिनुपर्ने अनुमति तथा स्वीकृत मारूती सुजुकीले लिनेछ। यी सबै कुरा कम्पनीले एजभा हेल्थलेयरलाई निःशुल्क उपलब्ध गराउनेछ। त्यस्तै मारूती सुजुकी इन्डिया लिमिटेडको साझेदार कृष्ण मारूती लिमिटेडले मास्क उत्पादन गरेर हरियाणा सरकार र केन्द्र सरकारलाई उपलब्ध गराउनेछ। कम्पनीले उत्पादनको आवश्यक स्वीकृति लिइसकेकाले जतिसक्दो छिटो उत्पादन थाल्ने जनाएको छ।

फ्रेन्च कार उत्पादक पिएसए र रेनो तथा फर्मुला १ का इन्जिनियरहरू समेत स्वास्थ्य सामाग्री उत्पादनमा केन्द्रित भएका छन्। अहिले जुन रूपमा कार उत्पादकहरू भेन्टिलेटर तथा स्वास्थ्य सामाग्री उत्पादनमा लागेका छन् यसले दोस्रो विश्वयुद्धको झझल्को दिएको प्रतिक्रिया दिएका छन्। अहिलेको अवस्थामा अस्पतालहरूमा जडित भेन्टिलेटरले अपुग हुने र नियमित भेन्टिलेटर उत्पादकले ठूलाे संख्यामा उत्पादन गर्न नसक्ने भएकाले कार उत्पादकलाई बनाउन आह्वान गरिएको हो। 

त्यहीअनुरूप कोरोना प्रभावित देशहरूमा रहेका कार उत्पादकले भेन्टिलेटर बनाइरहेका छन्। कोरोनाका कारण कार उत्पादकहरू प्लान्ट बन्द गरेर बसेका थिए। विज्ञहरूले विषम परिस्थितिमा बनाइने भेन्टिलेटर प्रविधिसहित विभिन्न पक्षमा उत्कृष्ट हुनुपर्ने सुझाव दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पिएसए र अटोमोटिभ इक्युपमेन्‍ट सप्लायर भलिओलाई मेको मध्यसम्ममा १० हजार भेन्टिलेटर बनाउन भनेका छन्।

बेलायत बेस्ड फर्मुला-१ ले दैनिक १ हजार स्वास्थ्य सामाग्री बनाउन आफ्नो टिम योग्य रहेको सरकारी निकायलाई बताइसकेको छ। यद्यपि एटोमिक साइन्टिस्टले भने कार उत्पादकले बनाएको मेडिकल सामाग्री त्यति विश्वसनीय नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो। 

तर कार उत्पादकहरुले भने यो संकटको घडीमा सरकारले भने बमोजिम गुणस्तर कायम गर्दै पूर्ण क्षमतामा भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य सामाग्री बनाउन प्रतिबद्ध रहेको बताएका छन्। इटालियन कार उत्पादक समूह फियाट क्राइसलरले पनि भेन्टिलेटर बनाइरहेको छ। इटाली हालसम्म कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित मुलुक हो।

त्यहाँ कोरोनाबाट सोमबारसम्म १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। महामारीको यो अवस्थामा सबै कार उत्पादकलाई सरकारले गरेको आग्रहलाई दायित्वको रूपमा ग्रहण गरेका छन्।  इटालियन कम्पनी पिएसएले सरकारले आग्रह गरेलगत्तै उत्पादन क्षमता बढाएर महामारीविरूद्ध लड्न मास्क तथा अन्य उपकरण उत्पादन केन्द्रित भएको कम्पनीका सिइओ माइक मनलेले बताएका छन्।

अमेरिकी कम्पनी टेस्लाले समेत भेन्टिलेटर बनाउन गरेको सरकारको आग्रहअनुसार काम गरिरहेको जनाएको छ। टेस्लाले भेन्टिलेटरको डिजाइन, आवश्यक मटेरियल्स जुटाएर बनाउन थालिसकेको छ।

भारतीय कम्पनी महिन्द्राले पनि भेन्टिलेटर बनाउन सकिने र त्यसका लागि आवश्यक तयारी गरिसकेको जनाएको छ। बेलायतको भक्सहल, एयरबस र रोल्स रोयसलेपनि राज्यलाई सहयोग गर्न सकिने क्षेत्र पहिचान गरी काम गरिरहेको छ। बेलायतको एनएचएसँग हाल ८ हजार भेन्टिलेटर रहेको र तत्काल कम्तिमा २० हजार भेन्टिलेटर आवश्यक पर्ने अघिल्लो साता नै बताएका थिए। ज्यागुअर ल्याण्ड रोभरसहित रोल्स रोयस, एयरबस र युनिपार्टले १ साताभित्रै आवश्यक स्वास्थ्य उपकरण बनाएका थिए। 

भेन्टिलेटर कोभिड १९ बाट ग्रसित बिरामीलाई अतिआवश्यक हुन्छ। यसले उनीहरूलाई सास फेर्न सहज बनाउँछ। भेन्टिलेटर जीवन र मरणको दोसाँध हो।

(इन्डिपेन्डेन्ट डटकम, द इकोनोमिक्स टाइम्स डटकम लगायत अनलाइनमा प्रकाशित समाचारबाट अनुवाद गरिएको)

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्