• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कोरोना भाइरससँग जुध्न भेन्टिलेटर बनाउन जुटेका विश्वभरका कार उत्पादक!

64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १५:३२
1140x725

काठमाडौं- चीनको वुहानमा २०१९ को अत्यन्तमा उत्पत्ति भएको कोरोना भाइरस (कोभिड १९) का कारण अहिले सिंगो विश्व नै आक्रान्त छ। करीब विश्वका सबै देशमा कोरोना देखिइसकेको छ। 

पछिल्लो समय कोरोनाको उत्पत्ति देश चीन कोरोनामुक्त नभएपनि संक्रमण र त्यसबाट हुने मानवीय क्षति नियन्त्रण गर्न सफल देखएको छ। तर युरोपका विभिन्न देश तथा अमेरिकामा अहिले कोरोनाको संक्रमण व्यापक रुपमा फैलिरहेको छ। 
कोरोनाले च्यापेपछि बिरामी सिकिस्त हुने भएकाले उनीहरूलाई भेन्टिलेटरको आवश्यकता पर्छ। कोरोनाको असर देखिएपछि मानिसलाई श्वासप्रश्वास असहज हुन्छ‚ जसले गर्दा बिरामीलाई भेन्टिलेटरको अवश्यकता पर्छ।

अमेरिकामा कोरोनाको संक्रमण बढ्न थालेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले कार उत्पादक कम्पनीहरूलाई तत्काल भेन्टिलेटर उत्पादन थाल्न निर्देशन दिएका थिए। ट्रम्पले डेढ साताअघि अमेरिकी दुई गाडी उत्पादक कम्पनीलाई तत्काल भेन्टिलेटर उत्पादन थाल्न निर्देशन दिएका थिए। जतिबेला अमेरिकामा ८३ हजार जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। 

जबकी सोमबार बिहानसम्म यो बढेर ३ लाख ३७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै उपचारका लागि आवश्यक भेन्टिलेटरको अभाव नहोस् भनेर गाडी उत्पादकलाई यस्तो बताएका हुन्। ट्रम्पले अमेरिकी गाडी उत्पादक कम्पनी जनरल मोटर्स (जिएम) र फोर्डलाई तत्काल प्लान्ट सुचारू गरेर भेन्टिलेटर उत्पादनमा लाग्न भनेअनुरूप कम्पनीहरूले उत्पादन गरिरहेका छन्। अमेरिकालाई चीनले समेत भेन्टिलेटर सहयोग गरिसकेको छ।

यता भारतको सबैभन्दा ठूलो कार उत्पादक मारूती सुजुकीले मासिक १० हजार भेन्टिलेटर उत्पादन गर्ने भएको छ। कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै भारत सरकारको आग्रहमा कम्पनीले उक्त संख्यामा भेन्टिलेटर बनाउने भएको हो। भारतमा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४ हजारभन्दा बढी रहेको छ। पछिल्ला दिनमा भारतमा संक्रमण बढ्दै गएको छ।

मारूती सुजुकीले भेन्टिलेटरसँगै मास्क तथा अन्य प्रोटेक्टिभ इक्युपमेन्‍ट समेत उत्पादन गर्न सुरू गरेको छ। हाल मारूती सुजुकीलगायत सबैजसो सवारी उत्पादक कम्पनीले कोरोनाका कारण सवारी उत्पादन स्थगित गरेका छन्। 

मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि एजभा हेल्थलेयरसँग समन्वय गरेको छ। एजभाले नियमित रूपमा भेन्टिलेटर उत्पादन गर्दै आएको छ। मारूती र एजभा हेल्थकेयरले संयुक्त रुपमा काम गरे छोटो समयमा ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुने अटोडट एनडिटिभीले लेखेको छ।

यसरी संयुक्त रूपमा भेन्टिलेटर उत्पादन हुँदा मासिक १० हजार थानभन्दा धेरै उत्पादन हुने अनुमान गरिएको छ। भेन्टिलेटरमा प्रयोग हुने प्रविधि, पर्फमेन्सलगायत अन्य विषयमा एजभा हेल्थकेयर जिम्मेवार हुनेछ। त्यस्तै मारूती सुजुकीले भेन्टिलेटर उत्पादनका लागि आवश्यक सामग्री, भेन्टिलेटरको गुणस्तर नियन्त्रणसहितको काम गर्नेछ। ठूलो संख्यामा भेन्टिलेटर उत्पादन हुँदा गुणस्तरमा आउन सक्ने कमजोरीलाई विशेष जोड दिइएको छ।

Ncell 2
Ncell 2

मारूती सुजुकीका चेयरमेन आरसी भारगभले कोरोना भाइरस (कोभिड १९)संग जुधिरहेको भन्दै अत्यावश्यक सामाग्री उत्पादनमा आफूहरू पनि लाग्ने बताइएका थिए। त्यसैले मारूती सुजुकी भेन्टिलेटरको सम्भावित उत्पादनमा लागेको बताए।

भेन्टिलेटर उत्पादनका लागि आवश्यक पर्ने बजेट, सम्बन्धित निकायबाट लिनुपर्ने अनुमति तथा स्वीकृत मारूती सुजुकीले लिनेछ। यी सबै कुरा कम्पनीले एजभा हेल्थलेयरलाई निःशुल्क उपलब्ध गराउनेछ। त्यस्तै मारूती सुजुकी इन्डिया लिमिटेडको साझेदार कृष्ण मारूती लिमिटेडले मास्क उत्पादन गरेर हरियाणा सरकार र केन्द्र सरकारलाई उपलब्ध गराउनेछ। कम्पनीले उत्पादनको आवश्यक स्वीकृति लिइसकेकाले जतिसक्दो छिटो उत्पादन थाल्ने जनाएको छ।

फ्रेन्च कार उत्पादक पिएसए र रेनो तथा फर्मुला १ का इन्जिनियरहरू समेत स्वास्थ्य सामाग्री उत्पादनमा केन्द्रित भएका छन्। अहिले जुन रूपमा कार उत्पादकहरू भेन्टिलेटर तथा स्वास्थ्य सामाग्री उत्पादनमा लागेका छन् यसले दोस्रो विश्वयुद्धको झझल्को दिएको प्रतिक्रिया दिएका छन्। अहिलेको अवस्थामा अस्पतालहरूमा जडित भेन्टिलेटरले अपुग हुने र नियमित भेन्टिलेटर उत्पादकले ठूलाे संख्यामा उत्पादन गर्न नसक्ने भएकाले कार उत्पादकलाई बनाउन आह्वान गरिएको हो। 

त्यहीअनुरूप कोरोना प्रभावित देशहरूमा रहेका कार उत्पादकले भेन्टिलेटर बनाइरहेका छन्। कोरोनाका कारण कार उत्पादकहरू प्लान्ट बन्द गरेर बसेका थिए। विज्ञहरूले विषम परिस्थितिमा बनाइने भेन्टिलेटर प्रविधिसहित विभिन्न पक्षमा उत्कृष्ट हुनुपर्ने सुझाव दिएका छन्।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले पिएसए र अटोमोटिभ इक्युपमेन्‍ट सप्लायर भलिओलाई मेको मध्यसम्ममा १० हजार भेन्टिलेटर बनाउन भनेका छन्।

बेलायत बेस्ड फर्मुला-१ ले दैनिक १ हजार स्वास्थ्य सामाग्री बनाउन आफ्नो टिम योग्य रहेको सरकारी निकायलाई बताइसकेको छ। यद्यपि एटोमिक साइन्टिस्टले भने कार उत्पादकले बनाएको मेडिकल सामाग्री त्यति विश्वसनीय नहुने भन्दै विज्ञप्ति जारी गरेको थियो। 

तर कार उत्पादकहरुले भने यो संकटको घडीमा सरकारले भने बमोजिम गुणस्तर कायम गर्दै पूर्ण क्षमतामा भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य सामाग्री बनाउन प्रतिबद्ध रहेको बताएका छन्। इटालियन कार उत्पादक समूह फियाट क्राइसलरले पनि भेन्टिलेटर बनाइरहेको छ। इटाली हालसम्म कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित मुलुक हो।

त्यहाँ कोरोनाबाट सोमबारसम्म १५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। महामारीको यो अवस्थामा सबै कार उत्पादकलाई सरकारले गरेको आग्रहलाई दायित्वको रूपमा ग्रहण गरेका छन्।  इटालियन कम्पनी पिएसएले सरकारले आग्रह गरेलगत्तै उत्पादन क्षमता बढाएर महामारीविरूद्ध लड्न मास्क तथा अन्य उपकरण उत्पादन केन्द्रित भएको कम्पनीका सिइओ माइक मनलेले बताएका छन्।

अमेरिकी कम्पनी टेस्लाले समेत भेन्टिलेटर बनाउन गरेको सरकारको आग्रहअनुसार काम गरिरहेको जनाएको छ। टेस्लाले भेन्टिलेटरको डिजाइन, आवश्यक मटेरियल्स जुटाएर बनाउन थालिसकेको छ।

भारतीय कम्पनी महिन्द्राले पनि भेन्टिलेटर बनाउन सकिने र त्यसका लागि आवश्यक तयारी गरिसकेको जनाएको छ। बेलायतको भक्सहल, एयरबस र रोल्स रोयसलेपनि राज्यलाई सहयोग गर्न सकिने क्षेत्र पहिचान गरी काम गरिरहेको छ। बेलायतको एनएचएसँग हाल ८ हजार भेन्टिलेटर रहेको र तत्काल कम्तिमा २० हजार भेन्टिलेटर आवश्यक पर्ने अघिल्लो साता नै बताएका थिए। ज्यागुअर ल्याण्ड रोभरसहित रोल्स रोयस, एयरबस र युनिपार्टले १ साताभित्रै आवश्यक स्वास्थ्य उपकरण बनाएका थिए। 

भेन्टिलेटर कोभिड १९ बाट ग्रसित बिरामीलाई अतिआवश्यक हुन्छ। यसले उनीहरूलाई सास फेर्न सहज बनाउँछ। भेन्टिलेटर जीवन र मरणको दोसाँध हो।

(इन्डिपेन्डेन्ट डटकम, द इकोनोमिक्स टाइम्स डटकम लगायत अनलाइनमा प्रकाशित समाचारबाट अनुवाद गरिएको)

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक
सम्बन्धित सामग्री
यामाहाले गर्यो विशेष अफरहरू सहितको ‘यामाहा मेगा सर्भिस क्याम्प’ क्याम्प यहि फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना भएको छ । जसमा देशभरका यामाहा चालकहरूका लागि एक रोमा... मंगलबार, फागुन २०, २०८१
चारपाङ्ग्रे सवारीको आयातमा कमी, दुई पाङ्ग्रेको वृद्धि चालु आवको भदौ मसान्तसम्ममा वीरगञ्ज नाका हुँदै रु ४२ करोड ४० लाख दुई हजार मूल्यपर्ने दुई सय ३० वटा जिप, कार र भ्यान आयात भएको छ। आव २... बुधबार, असोज ९, २०८१
नाडा अटो सो: 'ब्रम्बी' गाडीमा विशेष छुट, डाक्टर र स्वास्थ्यकर्मीलाई थप अफर बीएडब्लुले बजारमा ल्याएको ब्रम्बी विद्युतीय गाडीमा नाडा ओटो सो अवधिभर गाडी बुकिङ गर्ने सबैलाई छुटको अवसर दिइएको छ। यसका साथै नेपाली... शुक्रबार, भदौ १४, २०८१
ताजा समाचारसबै
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै आइतबार, कात्तिक २, २०८२
गृहमन्त्रीले बोलाए सुरक्षा समितिको बैठक आइतबार, कात्तिक २, २०८२
तिहारमा कस्तो होला मौसम ? आइतबार, कात्तिक २, २०८२
आज काग तिहार आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा शनिबार, कात्तिक १, २०८२
पेट्रोलियम पाइपलाइनबाट आयो साढे ६ अर्ब लिटर इन्धन शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्