काठमाडौं– सरकारले पर्यटक उद्योगको संख्या ९ बाट बढाएर १२ पुर्याएकाे छ। चैत २० गते बसेको मन्त्रिपरिषद्को बैठलले पर्यटन उद्योगको संख्या थप गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले जलक्रिडा, जलयात्रा र डुंगालाई पनि पर्यटन उद्योगमा समावेश गरेको छ। यी ३ वटा क्षेत्रलाई पर्यटन उद्योगमा समावेश गरेसँगै अब पर्यटन उद्योगको संख्या १२ पुगेको छ।
यी हुन १२ पर्यटन उद्योग
१. पर्यटक आवास, मोटेल, होटेल, रिसोर्ट तथा रेष्टुराँ
२. ट्राभल एजेन्सी, टुर अप्रेटर, हिलिङ्ग सेन्टर, क्यासिनो, मसाज स्पा
३. साहसिक पर्यटन स्किइङ्ग, ग्लाइडिङ्ग, वाटर र्याफ्टिङ्ग, हट एयर व्यालुनिङ्ग, क्यानोनिङ, प्यारा सेलिङ्ग, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ्ग, हिमाल आरोहरण र अवलोकन
४. गल्फ कोर्स, पोलो, पोनी ट्रेकिङ्ग, पदयात्रा
५. ग्रामीण पर्यटन, होम स्टे तथा पर्यावरणीय पर्यटन
६. साँस्कृतिक, धार्मिक सभा सम्मेलन तथा खेलकुद पर्यटन
७. मनोरञ्जन पार्क
८. वन्यजन्तु आरक्ष,
९. माउन्टेन फ्लाइट
१०. जलक्रिडा,
११. जलयात्रा
१२. डुंगा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।