• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा कवि विप्लव प्रतीक : यो बेला चिन्ता हैन, चिन्तन गर्ने हो

64x64
प्रजु पन्त शनिबार, चैत २२, २०७६  १४:२५
1140x725
विप्लव प्रतिक

लकडाउनको समय छ। बाहिरतिर  खासै होहल्ला छैन। यतिबेला सहर शान्त छ। सडक शान्त छ। अघिपछि पनि काम नपरी खासै बाहिर ननिस्कने कवि विप्लव प्रतीकलाई व्यत्तिगत रुपमा लकडाउनले ठूलो प्रभाव पारेको छैन। तर, उनको मन अघिपछि घर बस्दा जस्तो शान्त छैन।

उनको मन अशान्त भएको छ। गरिबको भोक अनि सरकारको रवैयाले। दिनभरि काम गरेर बिहान बेलुकीको छाक टार्ने मजदुरले खाए खाएनन्, बुझ्न त के सोच्न समेत फुर्सद छैन सरकारलाई। ‘जो मान्छे सरकारमा जान लायक छैन, त्यही मान्छेलाई सरकारमा पुर्‍याइदिएपछि के हुन्छ?,’ विप्लव प्रतीक प्रश्न गर्छन्, ‘काम सिन्को नभाच्ने, मौका परे लुट्ने लोकतान्त्रिक मुलुकमा यस्तो पनि हुन्छ?’

उनको कवि ह्दयले हिजोआज यस्ता कविता फुराउँछन् 
हुनु त वृक्षजस्तो हुनु, 
हाँगाहरुमा पात लिएर 
जो छायाँ दिन्छ बटुवालाई
नत्र के हुनु?

शक्ति बटुली निर्बल चुस्छौ,
धन थुपार्न निर्धन लुट्छौ
जानु छ आखिर रित्तै हात
किन बोक्दछौ श्रापको बोझ?
हुनु त वर्षात् जस्तो हुनु,
जो बादलबाट फुस्किएर 
प्राण दिन्छ धरतीलाई
नत्र के हुनु?

दुनो बाङ्गो छैन है तिम्रो
अझै कति सोझ्याउँछौ?
लोभनदीमा दम्भको डुङ्गा 
कुन किनारा कसरी पुग्छौ? 
हुनु त किरणजस्तो हुनु
घामबाट निस्किएर 
जो न्यानो दिन्छ मनुवालाई
नत्र के हुनु?

उनले यस्ता प्रश्न गर्न थालेको धेरै पहिलेदेखि हो। चिन्तामा हैन चिन्तनमा दिन बिताइरहेका कवि प्रतीकले लकडाउनका दिन कसरी बिताइरहेका छन्। उनकै शब्दमा:

पहिला पनि खासै काम नपरी बाहिर निस्कन्नथें। काम पर्‍यो भने मात्रै हो म बाहिर जाने। बिहान उठ्यो, खाना बनायो खायो, उपलब्धिमूलक होस् या नहोस् लेखपढ्को काम गर्‍यो। अनि दिनको एउटा फिल्म त सधैँ हेर्थे। सानैदेखि मलाई साँझ हिँड्न मन पर्ने। त्यो क्रम अहिलेसम्म पनि जारी छ। यसरी बितिरहेका थिएँ।

अहिलेको अवस्था फरक छ। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउन गरिएको छ। साथीभाइसँग टाढा हुनु परेको छ। नजिकिएर होइन, जति टाढा भयो उति अरुको र आफ्नो सुरक्षा हुने अवस्था छ। त्यसकारण हिजोआज साँझ निस्केको छैन। जे छ, घरमै छ। पहिले म आफूलाई बनमा फूलेको फूल सम्झन्थें, हिजोआज कोठामा फूलेको फूल रहेछु भन्ने ठान्छु। 

Ncell 2
Ncell 2
nimb
nimb

भोलि के लेखिएको छ केही थाहा छैन। कसैलाई पनि केही पनि थाहा छैन भोलिको बारे। अनश्चित भविस्यबारे सोचेर म चिन्तित हुँदिन तर धेरैजसो चिन्तन चाहिँ गर्छु। यो कुनै प्राकृतिक प्रकोप अथवा राजनीतीक कर्फ्यु जस्तो होइन। यो अवस्था कसरी आयोरु किन आयो? कहिलेदेखि आयोरु सोचिरहन्छु। यही सोचाइको बाबजुत पनि नियमित जसो पढिरहने किताब अनि फिल्महरु हेरिरहेको छु। 

भिएस नैपालको किताबहरु, पुरानो रसियन साहित्यहरु, हिन्दूतानी सायरहरु पढिरहेको छु। यही किताब पढ्छु भनेर होइन कि कुन किताबको कुन लाइन मनपर्छ, त्यसैलाई दोहोर्‍याइरहेको छु। अनि केही न केही लेखिरहेको हुन्छु। पढ्न चाहिँ पढिरहेको छु।  खै किन हो रु यो बन्दाबन्दीमा मैले धेरै पुस्तक पढ्न सकिरहेको छैन।

फिल्म पनि दिनको एउटा हेरिरहेको छु।  पहिलेकै अनुपातमा किताब जस्तै धेरै फिल्म पनि हेर्न सकिरहेको छैन। अहिले हेरेको ‘इन्फर्नो’,  म्याडम सिजे वाकरको सिरिजहरु, वार एण्ड पिस, ट्रेन टू बुसान आदि हेरेको छु। 

इनफर्नो फिल्ममा संसारभरका मान्छेहरु भए भनेर एक जनाले सबैलाई मार्न लाग्छ। सिनेमाको नायकले बचाउनतर्फ लाग्छ। अहिले कोरोना भाइरसले विश्वलाई सखाप पारिरहेको छ, यो फिल्म यसैको सिम्बोलिक लाग्छ। 

Xtrem

Xtrem

सिजेको सिरिज कस्मेटिक छ तर यो सिरिजले महिला सशक्तिकरण र जातीय स्वतन्त्रता बारे पनि रैछ। त्यस्तै विस्तारै ‘वार एन्ड पिस’ पनि हेरिरहेको छु। यो त किन युद्ध चाहिँदैन भन्ने बारे भइहाल्यो। युट्युबमा यस्ता फिल्म सिरिजहरु छैनन् सबै नेटफिलिक्सबाट हेरिरहेको छु। 

बेलुकीपख कौशीतिर जान्छु। सडकमा मान्छेको भिड देखेर छक्क पर्छु। यो दसैंमा  जसरी ह्वारह्वार्ती बाहिर निस्कने हो र?  सवै निश्चित दूरी पनि कायम नगरी हिँडेको देख्छु। सरकारका मान्छे त कामै नलाग्ग्ने भए नागरिक सचेत हुनुपर्दैन?

सरकारले पहिल्यै बाह्य आवातजावत बन्द गरिदिएको भए यो अवस्था हाम्रोमा आइपुग्दैन्थयो होला। संसारभरका मानिसलाई रोग लाग्ने हामीलाई नलाग्ने त हुन्न होलारु तथ्यहीन कुरा गरेर सरकारले समय गुजार्‍यो। धन्न लकडाउन चाहिँ गरेछ। तर, हामी नागरिकले पालाना गर्नुपर्‍यो नि धेरैले पालाना गरेको देखेको छैन।

सरकारले नागरिक  चासो लिएको छैन। बजेट केही पठाएको छ तर कसको खल्तीमा छ थाहा छैन। मेरो निम्ती होला तर भुइँमान्छेको अवस्था कस्तो छ रु साग बेचेर खाने मान्छेको हालत के होला?

अहिले सरकारको चाल देखेर छक्क परिरहेको छु। संवेदनशील भइदिएनन्।

प्रहरीले ज्यादती गरेको छ। नागरिकलाई पिटेको छ। पिट्नुको साटो यत्रो ठूलो संगठन छ, घरदैलो गरेर सचेत गराए हुन्न?  गरिबको भान्सा हेरे हुन्नरु घरघर गएर के अप्ठ्यारो छ भनेर बुझे हुँदैन? यति गर्न केले रोकेको छ रु नमूनाको रुपमा काम गर्न सकिन्नरु लाठी लगाउने गरेर हुन्छ?

युद्ध, प्राकृतिक प्रकोप र अहिलेको अवस्थामा फरक हुन्छ। सोसल नेटवर्क बनाएर युवाहरुले काम गर्न सक्छन्। आत्मबाटै महशुस भएर आउनुपर्‍यो। पिपिइको संकलनको लागि सोसल मिडिया मार्फत् काम गर्न सक्छन्। 

कोरोनाको बिपत्तिले संसारमा केही कुराको पनि महत्व छैन भन्ने बुझाएको छ। मानौं मसँग एक लाखको चश्मा छ, २७ लाखको घडी छ। तोलाको तोला सुन छ, त्यो केको लागि रु सबै चिजबस्तु क्षणिक छन्। हामी पनि क्षणिक छौं। यो बेला चिन्ता होइन, चिन्तन गर्ने हो।

प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १४:२५
  • #विप्लव-प्रतिक

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्