लकडाउनको समय छ। बाहिरतिर खासै होहल्ला छैन। यतिबेला सहर शान्त छ। सडक शान्त छ। अघिपछि पनि काम नपरी खासै बाहिर ननिस्कने कवि विप्लव प्रतीकलाई व्यत्तिगत रुपमा लकडाउनले ठूलो प्रभाव पारेको छैन। तर, उनको मन अघिपछि घर बस्दा जस्तो शान्त छैन।
उनको मन अशान्त भएको छ। गरिबको भोक अनि सरकारको रवैयाले। दिनभरि काम गरेर बिहान बेलुकीको छाक टार्ने मजदुरले खाए खाएनन्, बुझ्न त के सोच्न समेत फुर्सद छैन सरकारलाई। ‘जो मान्छे सरकारमा जान लायक छैन, त्यही मान्छेलाई सरकारमा पुर्याइदिएपछि के हुन्छ?,’ विप्लव प्रतीक प्रश्न गर्छन्, ‘काम सिन्को नभाच्ने, मौका परे लुट्ने लोकतान्त्रिक मुलुकमा यस्तो पनि हुन्छ?’
उनको कवि ह्दयले हिजोआज यस्ता कविता फुराउँछन्
हुनु त वृक्षजस्तो हुनु,
हाँगाहरुमा पात लिएर
जो छायाँ दिन्छ बटुवालाई
नत्र के हुनु?
शक्ति बटुली निर्बल चुस्छौ,
धन थुपार्न निर्धन लुट्छौ
जानु छ आखिर रित्तै हात
किन बोक्दछौ श्रापको बोझ?
हुनु त वर्षात् जस्तो हुनु,
जो बादलबाट फुस्किएर
प्राण दिन्छ धरतीलाई
नत्र के हुनु?
दुनो बाङ्गो छैन है तिम्रो
अझै कति सोझ्याउँछौ?
लोभनदीमा दम्भको डुङ्गा
कुन किनारा कसरी पुग्छौ?
हुनु त किरणजस्तो हुनु
घामबाट निस्किएर
जो न्यानो दिन्छ मनुवालाई
नत्र के हुनु?
उनले यस्ता प्रश्न गर्न थालेको धेरै पहिलेदेखि हो। चिन्तामा हैन चिन्तनमा दिन बिताइरहेका कवि प्रतीकले लकडाउनका दिन कसरी बिताइरहेका छन्। उनकै शब्दमा:
पहिला पनि खासै काम नपरी बाहिर निस्कन्नथें। काम पर्यो भने मात्रै हो म बाहिर जाने। बिहान उठ्यो, खाना बनायो खायो, उपलब्धिमूलक होस् या नहोस् लेखपढ्को काम गर्यो। अनि दिनको एउटा फिल्म त सधैँ हेर्थे। सानैदेखि मलाई साँझ हिँड्न मन पर्ने। त्यो क्रम अहिलेसम्म पनि जारी छ। यसरी बितिरहेका थिएँ।
अहिलेको अवस्था फरक छ। कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउन गरिएको छ। साथीभाइसँग टाढा हुनु परेको छ। नजिकिएर होइन, जति टाढा भयो उति अरुको र आफ्नो सुरक्षा हुने अवस्था छ। त्यसकारण हिजोआज साँझ निस्केको छैन। जे छ, घरमै छ। पहिले म आफूलाई बनमा फूलेको फूल सम्झन्थें, हिजोआज कोठामा फूलेको फूल रहेछु भन्ने ठान्छु।
भोलि के लेखिएको छ केही थाहा छैन। कसैलाई पनि केही पनि थाहा छैन भोलिको बारे। अनश्चित भविस्यबारे सोचेर म चिन्तित हुँदिन तर धेरैजसो चिन्तन चाहिँ गर्छु। यो कुनै प्राकृतिक प्रकोप अथवा राजनीतीक कर्फ्यु जस्तो होइन। यो अवस्था कसरी आयोरु किन आयो? कहिलेदेखि आयोरु सोचिरहन्छु। यही सोचाइको बाबजुत पनि नियमित जसो पढिरहने किताब अनि फिल्महरु हेरिरहेको छु।
भिएस नैपालको किताबहरु, पुरानो रसियन साहित्यहरु, हिन्दूतानी सायरहरु पढिरहेको छु। यही किताब पढ्छु भनेर होइन कि कुन किताबको कुन लाइन मनपर्छ, त्यसैलाई दोहोर्याइरहेको छु। अनि केही न केही लेखिरहेको हुन्छु। पढ्न चाहिँ पढिरहेको छु। खै किन हो रु यो बन्दाबन्दीमा मैले धेरै पुस्तक पढ्न सकिरहेको छैन।
फिल्म पनि दिनको एउटा हेरिरहेको छु। पहिलेकै अनुपातमा किताब जस्तै धेरै फिल्म पनि हेर्न सकिरहेको छैन। अहिले हेरेको ‘इन्फर्नो’, म्याडम सिजे वाकरको सिरिजहरु, वार एण्ड पिस, ट्रेन टू बुसान आदि हेरेको छु।
इनफर्नो फिल्ममा संसारभरका मान्छेहरु भए भनेर एक जनाले सबैलाई मार्न लाग्छ। सिनेमाको नायकले बचाउनतर्फ लाग्छ। अहिले कोरोना भाइरसले विश्वलाई सखाप पारिरहेको छ, यो फिल्म यसैको सिम्बोलिक लाग्छ।
सिजेको सिरिज कस्मेटिक छ तर यो सिरिजले महिला सशक्तिकरण र जातीय स्वतन्त्रता बारे पनि रैछ। त्यस्तै विस्तारै ‘वार एन्ड पिस’ पनि हेरिरहेको छु। यो त किन युद्ध चाहिँदैन भन्ने बारे भइहाल्यो। युट्युबमा यस्ता फिल्म सिरिजहरु छैनन् सबै नेटफिलिक्सबाट हेरिरहेको छु।
बेलुकीपख कौशीतिर जान्छु। सडकमा मान्छेको भिड देखेर छक्क पर्छु। यो दसैंमा जसरी ह्वारह्वार्ती बाहिर निस्कने हो र? सवै निश्चित दूरी पनि कायम नगरी हिँडेको देख्छु। सरकारका मान्छे त कामै नलाग्ग्ने भए नागरिक सचेत हुनुपर्दैन?
सरकारले पहिल्यै बाह्य आवातजावत बन्द गरिदिएको भए यो अवस्था हाम्रोमा आइपुग्दैन्थयो होला। संसारभरका मानिसलाई रोग लाग्ने हामीलाई नलाग्ने त हुन्न होलारु तथ्यहीन कुरा गरेर सरकारले समय गुजार्यो। धन्न लकडाउन चाहिँ गरेछ। तर, हामी नागरिकले पालाना गर्नुपर्यो नि धेरैले पालाना गरेको देखेको छैन।
सरकारले नागरिक चासो लिएको छैन। बजेट केही पठाएको छ तर कसको खल्तीमा छ थाहा छैन। मेरो निम्ती होला तर भुइँमान्छेको अवस्था कस्तो छ रु साग बेचेर खाने मान्छेको हालत के होला?
अहिले सरकारको चाल देखेर छक्क परिरहेको छु। संवेदनशील भइदिएनन्।
प्रहरीले ज्यादती गरेको छ। नागरिकलाई पिटेको छ। पिट्नुको साटो यत्रो ठूलो संगठन छ, घरदैलो गरेर सचेत गराए हुन्न? गरिबको भान्सा हेरे हुन्नरु घरघर गएर के अप्ठ्यारो छ भनेर बुझे हुँदैन? यति गर्न केले रोकेको छ रु नमूनाको रुपमा काम गर्न सकिन्नरु लाठी लगाउने गरेर हुन्छ?
युद्ध, प्राकृतिक प्रकोप र अहिलेको अवस्थामा फरक हुन्छ। सोसल नेटवर्क बनाएर युवाहरुले काम गर्न सक्छन्। आत्मबाटै महशुस भएर आउनुपर्यो। पिपिइको संकलनको लागि सोसल मिडिया मार्फत् काम गर्न सक्छन्।
कोरोनाको बिपत्तिले संसारमा केही कुराको पनि महत्व छैन भन्ने बुझाएको छ। मानौं मसँग एक लाखको चश्मा छ, २७ लाखको घडी छ। तोलाको तोला सुन छ, त्यो केको लागि रु सबै चिजबस्तु क्षणिक छन्। हामी पनि क्षणिक छौं। यो बेला चिन्ता होइन, चिन्तन गर्ने हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।