• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

स्वास्थ्यकर्मीमा त्रासको ज्वरो

64x64
डिबी खड्का बिहीबार, चैत २०, २०७६  ०५:३०
1140x725

अतिशय भावुकता नै सही, प्रिय वा प्रियसीको काखमा मर्न पाउनुलाई पनि नेपालीहरु अहोभाग्य ठान्छन्। अधिकांस युवा खाडीमा जानुपर्ने देशमा आत्मीय काखमा बाँच्न पाउने अहोभाग्य त कतिलाई नै छ र? 

दुई दिनअघि बुटवलको क्वारेन्टाइन अस्पतालमा पाल्पाका बाबुराम थापाको मृत्यु भयो। उनकी श्रीमती रीता थापा परिवारको सुखका लागि खाडीमा पसिना बगाएका बिरामी श्रीमानसँग अन्तिम अवस्थामा सँगै रहन पाइनन्। 

अरु समय भएको भए थापाले उपचारका थप सुविधा प्राप्त गर्थे। चाँडै उनको बिरामको निदान हुन्थ्यो वा अझ राम्रो अस्पतालमा रिफर हुन्थे। तर, यो कोरोना त्रासको समय थियो। उनको उच्च ज्वरो र खाडीबाट हालसालै फर्किएको ट्राभल हिस्ट्रीले कोरोनाको शंका गर्नैपर्थ्यो। उनलाई कोरोना बिरामीका लागि बनाइएको कोरोना अस्पतालमा राखियो।

मृत्युपश्चात् कोरोना नभएको ल्याब परीक्षण रिपोर्ट त आयो। तर ुजिउँदाका जन्तीहरु मर्दाका मलामीु  बन्न आएनन्। 

बुटवलस्थित स्वास्थ्यखबर सहकर्मीबाट माथिको खबर पाएको एकछिनमा ट्वीटर स्क्रोल गर्दै गर्दा डा सूर्य पराजुलीको कन्सर्न भेटियो। उनी भन्दै थिए, ‘उचित मापदण्ड र व्यवस्थापन नभएका क्वारेन्टाइन मानव बधशाला नबनुन्।’ माथिको घटनासँग यसलाई लिंक गर्न जरुरी छैन। 

तर, यसरी पनि सोच्नुपर्छ, ‘कतै शंकाले लंका जलाइरहेको त छैन’?

घटनाको लिंक नहोला, घटनाक्रम भने लिंक हुँदै गएका छन्। मंगलबार ४ बजे स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा विकास देवकोटाबाट पनि उस्तै प्रकृतिको अभिव्यक्ति आयो। उनी भन्दै थिए, ‘हरेक अस्पताल फिभर (ज्वरो) को केस भन्नेबित्तिकै डराउने अवस्था छ। त्यो रोकिनुपर्छ। फिभरको बिरामी थप जटिलतामा जान सक्छ र मृत्यु पनि हुन सक्छ। ज्वरो त धेरै रोगको लक्षण हो। तर कोरोनाको डरका कारण अहिले ज्वरो त केबल कोरोनामा मात्र देखिन्छ झैं जस्तो अवस्था सृजना भएको छ।

इमर्जेन्सी सेवा नदिने नगर्नुहोला। कुरा माथिको घटनासँग मिल्दो लाग्न सक्छ, तर त्यससँग यसलाई लिंक गर्न जरुरी छैन। किनभने सरकारले प्रशस्त व्यक्तिगत सुरक्षा कवच पिपिई र स्रोतसाधन उपलब्ध गराउन नसकेको अवस्थाको केस थियो यो। लक्षण र ट्राभल हिस्ट्री दुवै भएका बिरामी र आफूसँग त्यस्ता बिरामी जाँच गर्न सुरक्षा कवच पनि नभएका कारण स्वास्थ्यकर्मी सचेत पनि हुनु नै पथ्र्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार ज्वरो आउने वा खोकी लाग्ने बिरामीहरु सकेसम्म हेर्न नचाहने प्रवृत्ति बढेको छ। त्यस्ता गुनासो मन्त्रालयमा दिनदिनै आइपुग्छन्। त्यसैले प्रवक्ता देवकोटाले सार्वजनिक रुपमा आव्हान गरेका हुन्, ‘हरेक अस्पताल फिभरको केस भन्नेबित्तिकै डराउने अवस्था छ। त्यसो नगर्नुहोला।’ 

यही विषयलाई लिएर पूर्व स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई ट्वीटरमै मेन्सन गरेका छन्। उनले भनेका छन्, ‘अहिले हाम्रो प्राथमिकता कोरोना संक्रमणलाई रोक्नु नै हो। तर अस्पतालको निरन्तर वा आकस्मिक सेवा पाउनु पर्ने अवस्थाका अन्य बिरामीले उपचार नपाउँदा उनीहरूको ज्यान जोखिममा पर्न थाल्यो। यस्तो अपरिहार्य र आकस्मिक स्वास्थ्य सेवा सुचारु गर्ने प्रबन्धको लागि ध्यानाकर्षण गर्दछु।’ गुनासो आएकै कारण थापाले पनि यही विषयमा स्वास्थ्य मन्त्री ढकालको ध्यानाकर्षण गराउनु परेको हो।

कोरोनाका लक्षणहरुमा अहिले प्रमुख ज्वरो आउने र खोकी लाग्ने भनिएको छ। डा ओममूर्ति अनिलले यो विषयमा आएका अध्ययनहरु केलाएर भनेका छन्, ‘‘ज्वरो ४० देखि ९० प्रतिशत लक्षण हो र सुख्खा खोकी ६० प्रतिशत। कतिमा ज्वरो पहिलो लक्षण हुन सक्छ भने कतिमा खोकी। अन्य लक्षणहरुमा जिउ दुख्ने, थकाइ लाग्ने, पखाला चल्ने वा पेट दुख्ने र घाँटी दुख्ने हुन्छ।’ माथिका लक्षण कोरोनामा मात्रै देखिन्छन् त?

निजी अस्पताल र त्यहाँ स्वास्थ्यकर्मीलाई पनि थाहा छ, अन्य रोगमा पनि यस्तै र यिनै लक्षण देखिन्छन्। यस्तै लक्षण भएका अन्य रोगबाट पीडितको यसअघि उपचार गरेर निको पारिएकै हो।

तर बेला त्यस्तै छ, निर्धक्क उपचारमा लागिहाल्न सकिदैन। स्वास्थ्यकर्मीले यस्तो बेला सचेत हुनुपर्छ। यसको अर्थ हरेक ज्वरो आएको बिरामी कोरोनाले ग्रसित ठानेर उपचार गर्नै ज्वरो आउन थाल्यो भने? कोरोनाको ज्वरो त हालसम्म यो देशमा निकै कमलाई छ, कोरोना होला कि भन्ने ज्वरो धेरैमा छ। कति अस्पताल सञ्चालक र त्यहाँका स्वास्थ्यकर्मी त्यो ज्वरोबाट बढी नै ग्रसित हुँदै गएका पो हुन् कि भन्ने पछिल्ला घटनाक्रमले देखाएका छन्। 

यसको अर्थ सवै स्वास्थ्यकर्मीलाई एकै घानमा हालिएको होइन। सीमित व्यक्तिगत सुरक्षा कवच (पिपिई) बाट असीमित सेवा दिइरहेका स्वास्थ्यकर्मी पनि छन्।  उपत्यकामा कसैलाई गाह्रासाह्रो पर्दा सुरुमा सम्झिने वीर अस्पताल हो। त्यहाँ पनि पिपिईको सीमितता छ। 

अस्पतालका वरिष्ठ छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना अनुभव सुनाउँदै थिए, ‘शंकास्पद बिरामीको हेरबिचारका लागि एकजना चिकित्सक निरन्तर खटिन्छन्।' किन यसो गरिएको भने पिपिईको मितव्ययी तरिका हो। लगाएपछि ड्युटी सकिँदा खोलेर घर जाने गर्छन्। पिपिई लगाएपछि त्यसबीचमा धेरै काम मिल्दैन। 

वीर अस्पतालमा पिपिई मितव्ययिताका विषयमा डा ढुंगानासँग फोनमा कुरा गरेको केही समयपछि थाहा लाग्यो, कहीँकतै पीपीईको दुरुपयोग पनि स्वास्थ्यकर्मीबाटै भइरहेको छ। स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्की आफूले प्राप्त गरेको तस्बिर देखाएर भन्दै थिए, ‘एउटाको नमूना लिन ७ जनाले पीपीई लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भयो। ल्याब परीक्षणका लागि एकजनाको नमूना संकलन न त त्यो संख्यामा जनशक्ति जरुरी छ, न त पिपिई।’ त्यसकारण यस्तो बेला विवेक पुर्‍याउनुपर्छ। सुरक्षित भएर उपचार गर्ने अधिकारसँगै सीमित स्रोतसाधनको प्रयोगबाट असीमित काम गर्ने दायित्व स्वास्थ्यकर्मीको हुन्छ। 

आमजन त्रासमा छन्। उनीहरु डराउनुका पछाडि ज्ञानको सीमितता पनि हो। तर, केही स्वास्थ्यकर्मी यतिबेला चाहिनेभन्दा बढी डराएका देखिन्छन्। ज्वरो आएका बिरामीलाई उपचार नै नगरी फर्काउने तहको डरले ल्याउने डरलाग्दो चित्रबारे कल्पना गर्दा पनि मुटु ढक्क हुन्छ। किनभने कोरोना नफैलिनुअघि पनि मान्छेलाई ज्वरो आउँथ्यो। मान्छेहरु अस्पताल आउँथे। अधिकांस अस्पतालमा भीडभाड नै हुन्थ्यो। मान्छेहरुलाई आकस्मिक समस्या आइलाग्थ्यो। आकस्मिक समस्याका लागि नजिकको अस्पताल पुग्नुपर्छ। धेरैको नजिकमा त निजी अस्पताल छन्। किनभने सरकारी अस्पतालको पहुँच सीमित छ। धेरै निजी अस्पतालले त्यस्तो बिरामी लिइरहेको पाइएको छैन। चिकित्सकहरु बिरामी भएको निश्चित समयसम्मको अवधिलाई सुनौलो समय भन्छन्। अर्थात् त्यो समयभित्र आइपुग्दा उनीहरु बिरामी बचाउन सक्छन्। 

उपचार हुने अस्पताल खोज्दै गर्दा  सुनौलो समय घर्कियो भने? यहाँनेर दुईदिनअघि पाटन अस्पतालमा मृत्यु भएका बिरामीको कुरा गरौं। उनको मृत्यु मल्टि अर्ग्यान फेल भएर भएको चिकित्सकले  बताएका छन्। एउटा कारण चाहिँ ढिलो अस्पताल ल्याइपुर्‍याएको भनिएको छ। यदि नजिकको अस्पतालले भर्ना लिन नमानेर पाटन अस्पतालमा पुर्‍याउँदा ढिलो भएको हो भनेरु यो केसमा त्यसो भएको नहोस्। 

कोरोनासँग सचेत हुन जरुरी छ तर डराइहाल्नुपर्ने अवस्थामा नेपालमा आइसकेको छैन। हालसम्म नेपालमा देखिएका संक्रमितको संख्या जम्मा ५ जना हो। ती सवै विदेशबाट आएका हुन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटा भन्छन्, ‘जहाँसम्म संक्रमण फैलिने कुरा छ, त्यो संक्रमितबाट फैलिने हो। संक्रमित चारजनाको परिवार र निकटस्थहरुमा फैलिएको स्वास्थ्य मन्त्रालयले पाएन। दुईजना शतप्रतिशत र दुईजनाको ८० प्रतिशत ट्राभल हिष्ट्रि ट्रेसिङ भइसक्यो।ु उनीहरुका परिवारका सदस्य र सम्पर्कमा पुगेका समाजका सदस्यमा सरेको भए अवस्था डरलाग्दो बन्थ्यो। उनीहरुमा नै नपाइएपछि यतिबेला आतंकित हुनुपर्ने देखिदैन। 

लक्षण ज्वरो आएको वा खोकी लागेको छ भनेपनि उसको ट्राभल हिष्ट्री विदेशको छैन भने उपचार गर्न डराइहाल्नुपर्दैन। सजग भने हरेकसँग हुनुपर्छ। लक्षण मिल्ने हरेकको उपचार कोरोना आशंकामै थाल्नुपर्ने डा ओममूर्ति अनिलले एक भिडियो मार्फत् बताएका छन्। उनको भनाइ छ, ‘ुनिदानका क्रममा कोरोनासँगै अन्य लक्षण मिल्ने  रोगको पनि परीक्षण गरिनुपर्छ।’

कोरोनाको आशंका गरेर किन उपचार थालिहाल्ने? डा अनिलका अनुसार प्रारम्भिक जाँचमा ५० प्रतिशतमा कोरोना नेदखाउन पनि सक्छ। नेपालमा कोरोनाको परीक्षणका लागि बढी प्रयोग भइरहोको पिसिआर प्रविधि शतप्रतिशत एक्युरेट होइन। त्यसो भए के गर्ने त? बिरामीसँग लक्षण कोरोनाकै छन् र अन्य रोग देखिएन भने सिटी स्क्यान गरिनुपर्छ। उनका अनुसार सिटी स्क्यानबाट ९८ प्रतिशतसम्म सही नतिजा प्राप्त हुन सक्छ।

यही सन्दर्भमा डा सञ्जय गेलालले ट्वीटरमा एउटा रिसर्चको निष्कर्ष अपलोड गरेका छन्। ‘द इन्टरनेट बुक अफ क्रिटिकल केयर’ बाट उनले लिएको उक्त रिसर्च चीनको वुहानका १ हजार १४ केसमा भएको रहेछ। ६ सय १ कोरोनाका बिरामीमध्ये ५ सय ८० लाई पिसिआर र सिटी स्क्यान दुवैले पोजेटिभ देखाए तर पिसिआरले पोजेटिभ देखाएका २१ बिरामीको सिटी स्क्यान गर्दा नेगेटिभ रिपोर्ट आयो। यसैगरी ४ सय १३ बिरामीको पिसिआर रिपोर्टमा कोरोना नभएको देखियो। तर तीमध्ये ३ सय ८ जनामा सिटी गर्दा कोरोना भेटियो।  १ सय ६ जनामा मात्रै सिटीमा समेत नेगेटिभ देखियो।

डा गेलाल पनि आइसोलेसनमा रहेका बिरामीको मृत्युसँग यसलाई जोड्दै लेख्छन्, ‘आइसोलेसनकै बिरामी मर्नु, त्यो पनि अल्पायुमा? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका रिपोर्ट गलत छैनन्। प्याथोलोजिष्ट पनि क्षमतावान छन् तर टेस्टकै क्षमताको कुरा हो।’

अहिले विश्वले भन्ने गरेको परीक्षण, फेरि परीक्षण र परीक्षणबाट नतिजा निकाल्ने गरिएको छ त्यहाँ। मुख्य कुरा बाहिरबाट आएकाहरुमा देखिएकाले यो तहको डर त जरुरी छैन। तर उनले भनेजस्तै सचेत भइराख्नुपर्ने चाहिँ देखिन्छ। विदेश ट्राभल हिष्ट्रि भएका लक्षण मिल्ने बिरामीहरुको सिटी स्क्यान समेत गर्दा लाभदायी भने हुने देखिन्छ।

तर, डराएर बिरामीलाई ढोका बाहिरैबाट रिफर गरेको स्वास्थ्य मन्त्रालयको जानकारीमा छ। मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले भन्छन्, ‘एम्बुलेन्स र गाडीले बिरामी लिएर गयो । तर, कोरोनाको आशंकामा बिरामी छुँदै नछोएको भन्ने खबर आएका छन्।’ अधिकांस  निजी अस्पतालका स्वास्थ्यकर्मी त्यसै आतंकित भएर बिरामी हेर्दै नहेरी, उसको बारेमा बुझ्दै नबुझी ज्वरो आएको भन्दै रिफर गरेको पाइयो। 

विश्व कोरोनाले ग्रस्त बनिरहेको समयमा नेपालमा जम्मा पाँच बिरामी छन्। उनीहरु पनि निको हुने क्रममा छन्। त्यसैले यतिबेला चिन्ता कोरोनाको मात्रै होइन, यसको त्रासमा अरु रोगका बिरामीले पाउने कष्टको पनि गर्नुपर्ने हुन्छ। कोरोनासँग लक्षण मिल्दा अन्य रोगको उपचार गर्ने कष्टचाहिँ हरेक अस्पतालले उठाइदिनुपर्छ। हरेकले भन्नुको अर्थ निजीले पनि। ज्यान त मान्छेकै जाने हो, कोरोनाले होस् कि अरु कुनै रोगले।

प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  ०५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
भारतीय स्थल सेनाध्यक्ष सेठद्वारा कमाण्ड तथा स्टाफ कलेजको भ्रमण मंगलबार, भदौ २, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, भदौ २, २०८३
कांग्रेस महाधिवेशनको प्रक्रिया आजबाट सुरु, गगन थापाले भने– ‘अब कार्यतालिका पछ्याउँछौँ’ मंगलबार, भदौ २, २०८३
मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्