काठमाडौं- अमेरिकामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ लाख ८८ हजार १ सय ७२ पुगेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित बुधबार बिहानसम्मको तथ्यांक अनुसार, कोरोना संक्रमण पुष्टि हुने देशको सूचीमा अमेरिकामा सबैभन्दा माथि छ।
अमेरिकापछि सूचीमा इटाली अगाडि छ। त्यहाँ १ लाख ५ हजार ७ सय ९२ लाई संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा ९५ हजार ९ सय २३ लाई संक्रमण पुष्टि भएको छ।
सूचीमा चीन चौथो नम्बरमा छ। कोरोना संक्रमणको उद्गम स्थल चीनमा ८२ हजार २ सय ७९ लाई संक्रमण पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।