भैरहवा- लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले प्रदेश ५ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने घोषणा गरेको छ। संघले कोषमा एक लाख एघार एक सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।
संघले जिल्ला विपद् व्यवस्थापन समिति रुपन्देहीलाई ५१ हजार १ सय ११ रुपैयाँ बराबरको राहत सामाग्री सहयोग गर्न समेत लागेको संघका महासचिव अजय कुमार गुप्ताले बताए।
संघका अध्यक्ष थानेश्वर घिमिरेले प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीमार्फत् प्रदेश सरकारलाई तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलाई सहयोग गर्ने जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।