न्यूयोर्क- टाउको जोडिएका दुई जुम्ल्याहालाई छुट्ट्याउने अमेरिकी न्यूरोसर्जन डाक्टर जेम्स टि गुडरिचको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
सोमबार कोरोना भाइरसको संक्रमणबाट उनको मृत्यु भएको मोन्टेफियर हेल्थ सिस्टमले ट्वीटमार्फत उल्लेख गरेको छ।
सन् २०१६ मा २७ घण्टा लामो शल्यक्रियापछि टाउको जोडिएका दुई जुम्ल्याहा सन्तानलाई छुट्ट्याएका डा गुडरिचको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।