तुलसीपुर- जिल्ला प्रशासन कार्यालय दाङले कोठा भाडामा लएर बसेका विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई कोठाबाट निस्कन दबाव नदिनका लागि जिल्लाबासीलाई आग्रह गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै जिप्रका दाङले यस्तो संवेदनशील घडीमा आफ्नो घरमा भाडा लिई बसेका कुनैपनि स्वास्थ्यकर्मी तथा विद्यार्थीलाई कोठा खाली गराउन दबाव नदिनका लागि अनुरोध गरेको हो।
सूचनामा भनिएको छ‚ ‘यस्तो संवेदनशील घडीमा आफ्नो घरमा कोठा भाडा लिई बसेका विद्यार्थी तथा स्वास्थ्यकर्मीलाई आफ्नो घरकोठाबाट ननिकाल्नुहुन र कोठा खाली गराउन दबाव कुनै प्रकारको दबाव नदिनुहुन सूचित गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।