हेटौंडा- हेटौंडा उपमहानगरपालिका- ६ मा मंगलबार श्रमिक र विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ। हेटौंडा- ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईलगायत वडासदस्यहरूसहितले पुतलीबजार, लाहुरेटोल, चौघडामा गरी २० परिवारलाई खाद्यान्न वितरण गरेका हुन्।
प्रयास टोल विकास संस्था अन्तर्गत रहेका दैनिक ज्याला गरी छाक टार्ने, विपन्न परिवार, डेरा गरी बसेर घर जान नसकेका एक विद्याथीलाई र चौघडामा एक परिवारलाई खाद्यान्न वितरण गरेको वडा सदस्य राजकुमार बास्तोलाले बताए।
वडा अध्यक्ष चौलागाईले दाताहरुबाट प्राप्त सहयोग र व्यक्तिगत लगानीमा टोल विकास संस्थाहरुले बुझाएको विवरणको आधारमा खाद्यान्न वितरण थालिएको जानकारी दिए। ६ नम्बर वडामा यसअघि नेपाली कांग्रेसले रामनगर र चुच्चेखोलामा खाद्यान्न सामाग्री वितरण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।